बागलुङ, ५ मंसिर– प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नजिकिदै गर्दा नेपाली काग्रेसकाले चुनावी अभियान निरन्तरता दिएको छ । नेपाली काग्रेसको तर्फबाट प्रतिनिधि सभा तथा प्रदेश सभाको क्षेत्र न १ का उम्मेदवारहरुले बानपा ३ को काभ्रे, ६ वडाको राम्चे,७ को कालीमाटी, तितौरे लगाएका स्थानमा घरदैलो एवं चुनावी अभियान सम्पन्न गरेको छ । ्घरदैलो कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार एवं राज्यमन्त्री चम्पादेवी खड्काले पुर्वाधार निमार्ण,सडक,खानेपानी र आर्थिक समृद्धिको लागि आफनो भुमिका महत्वपुर्ण हुने बताईन् । उनले गाउ,समाज,जिल्ला अनि मात्र मुलुकले काचुली फेर्ने हुदा पहिला टोल देखि नै विकास गर्ने तयारीका साथ आफनो उम्मेदवारीका साथ जुटेको बताईन । यस अगाडि पुरा हुन नसकेका कामलाई सम्पन्न गर्न रुखमा मतदान गरि विजयी गराउन उहाले सबैसग आग्रह गरिन् ।
सोही क्रममा प्रदेश सभा क्षेत्र न १ क का उम्मेदवार एवं नेपाली काग्रेसका सभापति दिपेन्द्रबहादुर थापाले काग्रेस भए सम्म कसैले पनि कुनै किसिमको समस्या झेल्नुनपर्ने भएकोले आफुलाई मतदान गरि विजयी गाराउन आग्रह गरेका थिए। समग्र जिल्ला र क्षेत्रको विकासको लागि आफनो उम्मेदावरीका साथ मैदानमा उत्रिएको जित सुनिश्चित भएको समेत उनले बताए । घरदैलो एवं कोणसभामा नेपाली काग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार कोपिला बोहोरा, महाधिबेशन प्रतिनिधि अम्मरबहादुर कार्की, क्षेत्रीय सभापति चिरन्जिवी गौतम, नेविसघंका जिल्ला अध्यक्ष खडक थापा, रविलाल बिक लगाएले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काग्रेसको जितको बलियो आधार बन्दै गएको बताएका थिए ।नेपाली काग्रेस क्षेत्र नं १ चुनावी घरदैलो तथा कोणसभा जिल्लाको जैमिनी नगरपालिका—१ कुश्मीसेरामा सम्पन्न भएको छ ।
कार्यक्रममा क्षेत्र नं १ को २ का प्रदेश सभा उम्मेद्वार प्रकाश शर्मा पौडेलले विकास र समृद्ध नगरका लागि नेपाली काग्रेसको जित अनिवार्य भएको बताएका छन । त्यस्तै उनले जैमिनी नगरपालिकाको समग्र विकासमा आफु सदैव लागेको भन्दै अवको बाँकी विकासका लागि यहाँका जनताले मत दिएर जिताउनुपर्ने बताए । सो अवसरमा नेपाली काग्रेसका क्षेत्रीय सचिव विष्णु आचार्य, क्षेत्रीय सदस्यहरु तेजप्रसाद शर्मा, सुमन भूषाल, जैमिनी नगरपालिका—१ अध्यक्ष भूपेन्द् थापा, तरुण दलका रुद्र शर्मा, जिल्ला सदस्य राजु सुवेदी, एकराज रिजाल, हरिप्रसाद शर्मा लगायतले बोलेका थिए । यसैवीच जैमिनी नगरपालिका—१ कुश्मीसेराको बासटारी, जैमिनीघाटमा घरदैलो तथा कोणसभा सम्पन्न भएको छ । नेपाली काग्रेस नगर सभापति काशीराम आचार्यको अध्यक्षता र संचालन सदस्य चुडामणी शर्माले गरेका थिए ।