कृष्ण प्रसाद शर्मा
आफ्नै बा’को जाली तमसुक च्यातेर सामन्ती शासन ढाल्न भनेर कम्युनिष्ट बनेका मसालका नेता चित्र बहादुर के.सीको भाषण भर्खर बाग्लुगबासीले सुने । लामो राजनीतिक यात्रामा एकपटक मन्त्री खाएका चित्र बहादुरले मन्त्री भएपछि भोगेका अनुभवमा मन्त्री क्वाटरको तातो पानीको बयान निकै गरेका थिए । यसको अर्थ उनले हरेक दिन तातो पानीले नुहाउनु पनि सुविधा सम्पन्न सोचे जसबाट थाहा हुन्छ उनको जीवन कति साधारण रुपमा चलेको छ भन्ने । साधारण पाराले बोल्ने । लोभ लालचा नभएका । मन्त्री हुँदा पनि नान हानी रहेको छोरालाई क्वारटमा राखेनन् । बरु विदेश श्रम गर्न पठाए । छोरालाई लाभको पद पनि दिलाएन । हो उनी नै थिए नेपालमा नेता भईकन हरेक दिन टेम्पो चढेर सिंहदरबार आउने जाने पहिलो कम्युनिष्ट नेता । अरु पनि छन् तर टेम्पो प्रमुख सवारीको साधन भएका उनी जस्ता अरु थिएनन् । उनले टेम्पो चढेको फोटो सामाजिक संजालमा राख्दा धेरैले सम्मान व्यक्त गर्थे र गर्छन । राजधानीमै अर्का एमालेका नेता लालबाबु पण्डित जो साधारण जीवन शैली भएका छन् । एकपटक सामान्य प्रशासन मन्त्री भई सकेका उनको आफ्नो निजी सवारी साधन छैन । एउटा साईकल छ । तराईमा जाँदा त्यही चढ्छन् । आफ्नो कार्यकालमा राम्रो गरेका लालबाबु पण्डित धेरैका प्यारा छन् । उनी राष्ट्रका सम्मानित व्यक्ति पनि हुन् ।
अब मुल बिषयामा प्रेवश गरौं । नयाँ दलका रुपमा परिचित विवेकशील साझाका नेता उज्वल थापाले टेम्पोमा खिचेर राखेको तस्विर अहिले धेरैलाई आलोचनका लागि खुराक बनेको छ । सामाजिक संजालमा सक्कली र नक्कली भनेर लालबाबु र उज्वल चढेका दुई तस्वीर राखेर गाली गलौज समेत गरेका छन् । यसका साथै कतिपयले आफ्नो नेता लालबाबु पण्डित चढेको टेम्पोमा चढेर राष्ट्रबादी बन्न खोजेको भनेर पनि आक्रोस पोखेका छन् । रवीन्द्र मिश्रको साझा पार्टि नखुल्दै खुलेको विवेकशील पार्टिले आफ्ना हरेक कार्यक्रममा रिक्सा र टेम्पो नै बढी प्रयोग ल्याउँदै आएका थिए । र उनीहरू यो चुनावमा पनि टेम्पो मै चुनाव प्रचार गरिरहेका छन् साझासँग मिलेपछि पनि । यो कुरा धेरैलाई थाहा पनि होला तर अहिले राजधानीमा यो विवेकशील साझाको चर्चा बढिरहेको हुँदा अब कसरी यो माहोल भंग गर्ने भनेर पनि यसलाई बढी उचालेका हुन सक्छन् ।
चुनाव प्रचारमा बाग्लुङमा प्रकाश पौडेलले दाई हालेको, ललितपुरमा नवराज शिलवाल र झापामा विश्व प्रकाशले धान काटेको र कतै नेताले जोतेका त कोदो चुटेका तस्वीर आईरहेका छन् । यसै बीच यो तस्बिर आएको हुँदा मान्छेलाई लाग्न सक्छ यो पनि माथीका नाटकका एक दृष्य होला भनेर । तर खासमा यो विवेकशील साझाले आफ्नो स्थापना कालदेखी नै फरक रुपमा आफ्नो विरोध र समर्थनका तरीका प्रयोगमा ल्याएको छ । यस तस्वीरबारे कटाक्ष गर्नेहरूले बुझ्नु पर्छ यात्रामा हुने अन्तिम यात्री एक्लो हुन्छ त्यो साधनमा आएको भए साधन स्थीर हुन्छ । यति सामान्य कुरा समेत नबुझेर अहिले राजनीतिक हिलो छ्यापी रहेका छन् । बस्तुको निर्माणमा ट्रेडमार्क हुन्छ तर यसको उपयोगमा ट्रडेमार्क हुँदैन । लालबाबुले प्रयोग गरेको अरुले किन प्रयोग गर्ने प्रश्न कुनैले गर्छ भने चित्र बहादुर शुरुमा चढ्थे लालबाबु किन चढे भनेर जबाफ देला तर यी दुबै बेठीक हुन । टेम्पो चढने हरेक व्यक्तिमा उसको जीवनको भोगाई पाईन्छ । कुनै पार्टि विशेषले यो टेम्पोमा सर्वसाधारणको आत्मा देखेर उसको जीवनशैलीमा ल्याउँछ भने निन्दा होईन बरू उच्च सम्मान नै गर्नुपर्छ । तस्वीर, चढ्दा खिच्यो की झर्दा खिच्यो त्यसको अर्थ नखोज्दा राम्रो । कम्युनिष्ट नेता चित्र बहादुर र लालबाबु पण्डित केवल यी दुई चढ्दा त जनताले सम्मान ठान्छ भने अरु पनि साधारण जीवन शैलीसहित आएमा हामीले सम्मानै गर्नुपर्छ ।
हामी युरुग्वेका भूपू राष्ट्रपति जोशे मुसिकाबारे पत्रिकामा आउँदा खुवै श्यर गर्छौ की उनी विश्वकै गरीब राष्ट्रपति हुन भनेर तर आफ्नो नेतालाई कसैले प्रेरित त परै जाओस् उल्टै निन्दा गर्छौ । राजालाई भेट्न जाँदा साईकल चढेर गएका नेदरल्याण्डका प्रधानमन्त्रीको फोटो देखे यस्तो हुनुपर्छ नेता भनेर त लेख्छौ तर साईकल सिटी बनाउन कसैले दबाब दिदैनौ । हामी डेभिड क्यारुन ट्रेनमा हिडेको देखेर राम्रो मान्छौ तर आफ्नैलाई प्रेरित गर्दैनौ साधारण बन्न । देखावटी र आन्तरिक हामीमा पनि दुई कुरा छन् । नेपाल जस्तो देशमा सभ्य र सुसंस्कृत समाज निर्माणका लागी देशमा रहेका साठी प्रतिशत कम्युनिष्टले आफ्नो नीति र सिद्धान्तलाई व्यवहारमा रुपान्तरण गर्न सके कसैले चढेको टेम्पो आफ्नो नेताले चढेको थियो भनेर दाबी गरिरहनु पर्ने थिएन । यति कुरा सबैमा याद रहोस्, टेम्पोको ट्रेडमार्क कुनै पाटिकक विशेषको होईन, आम नेपालीको हो ।