विश्व शौचालय दिवस आइतबार विभिन्न कार्यक्रम गरी मनाईएको छ । दिवसको अवसरमा बिभिन्न खालका चेतना मुलक कार्यक्रमहरु सञ्चालन भए जुन सर्वसाधारणलाइ शौचालयको प्रयोग गर्ने बानीको बिकास गराउन सहयोगी छ । शौचलय प्रयोग गर्दा हुने फाइदा÷बेफाइदाको बिषयमा जनस्तरमा जानकारी गराउनको लागि यस्ता क्रियाकलाप पहिला देखिनै गरिनु पथ्र्यो । शौचालयसँगै जोडिएर आउने सरसफाइको बिषयलाइ समेत मध्यनजर गरेर यस्ता अवसरमा चेतनामुलक कार्यक्रमहरु सम्पन्न गर्न जरुरी छ । यतिबेला देशलाईनै पूर्ण सरसफाईको अभियानमा लैजाने क्रम शुरु भएको छ । फोहोर पानीको व्यवस्थापन र उचित प्रयोग चर्फीमा प्रयोग गरे हुन्छ सदुपयोग भन्ने उक्तिलाई नारा बनाएकोले यो दिवशले ग्रामीण क्षेत्रका बासिन्दा देखि शहरमा बसेर पनि सरसफाईलाई ध्यान नदिने नागरिक सम्म थप सन्देश दिने देखिन्छ ।
यो दिवसले सोचेको जस्तै तल्लो तहमा चेतनाको बिस्तार गर्न सक्यो वा सकेन भन्ने कुरा अझै अनुत्तरित छ । हुनपनि एक पटक दिवश मनाएर मात्र त्यो समस्या समाधान हुने भने होइन । बरु यो अभियानमा सरकारी तथा गैह्रसरकारी संस्थाका निरन्तरका गतिबिधिमा पनि यस्ता सन्देश जोडेर लैजानुपर्ने देखिन्छ । कार्यक्रम सफल भएको वा लक्ष प्राप्ति भएका प्रतिबेदनहरु बने बजेट सकियो र यस बर्षका लागि सबै कार्यक्रम पनि सकिएका हुन् भने त्यो राम्रो सन्देश हुन सक्दैन । नाराको मर्म अनुसारको प्रतिफलका । पाउनका लागि लक्षित समुदाय सफल भएको वा नभएकोमा भने हामी चनाखो हुनै पर्छ । सर्वसाधारण नागरिक जुन तहको शिक्षा र चेतनाको यस्ता नारामा पहुँच राख्ने बन्नुपर्छकी उनीहरु बेखवर जस्तै बन्ने अवस्था कहिले पनि नआओस् । जसका लागि कार्यक्रम तय गरिन्छन्, उनीहरुनै थाहा नपाउने अवस्था अहिले पनि हाम्रोमा विद्यमान छ ।
जिल्ला सदरमुकाम र स्थानीय तहका केन्द्रहरुमा भएका कार्यक्रम र बनेका प्रतिबेदनले बजेटको दुरुपयोग बाहेक केही हुन सक्दैन । यस्ता खालका नेतना मुलक कार्यक्रमहरु जनस्तरमा निरन्तर रुपमा लैजानु पर्छ भन्ने मान्यता अव सरोकारवालाहरुमा हुन जरुरी छ । यदि यसो गरएन भने यस बर्ष सफल भयो भनेर बनेका प्रतिबेदनहरु अर्को बर्षका लागी कार्यक्रम बनाउँदा बाधक बन्न सक्छन त्यो मात्रै होइन कार्यक्रममा सहभागी गराइने भनिएको क्षेत्र वा बर्ग चरम अवहेलनाको पात्र बन्छन जुन हाम्रो समाजमा हुँदै आएका छन् । नारमा भनीएको जस्तै फोहोर पानिको उपयोग शौचालयमा सदुपायोग गर्ने हो भने त्यसको ब्यबहारिकताको लागी एक दिन गरीने सभा र सम्मेलन तथा बिचार प्रस्तुतिकरणले काम गर्दैन । आम जनताको सहभागिता भएका अभियानले मात्र मुर्त रुप पाउने भएकोले समयमै सबैले सोचेर वास्तविक आवस्यकता भएका समुदायको सहभागितामा अभियान चल्नुपर्ने आवस्यकता टटकारो छ । यसबाट देखाउने दाँत बनेका कार्यक्रमहरु सर्वसाधारणको पहुँचमा पु¥याउने अभियान आजैबाट शुरु हुन जरुरी छ । किनकी बजेट माग्ने र स्वाहा पार्ने बाटो मात्र गरेर समाजमा केही फाईदा पुग्दैन ।सार्वजनिक सरोकारका बिषयमा कार्यक्रमहरु तय गर्दा उपलव्धिको आँकलन र मुल्याङ्कन गरेरमात्र तय गरौं । प्रभावीत क्षेत्रलेनै पत्तो नपाउने गरी उनिहरुको नाम बेचेर बनाईएका कार्यक्रमहरुको बिपक्षमा जनमत खडा रहौं । देश बिकास र समसामयीक परिस्थिति सँगको अनुकुलनका लागी सबै पक्ष जिम्मेबार बन्नु पर्छ ।
Previous Articleनिरन्तर अभियानमा कांग्रेस
Next Article २०७४ मंसिर ५ गते मंगलबारको राशिफल