मेघराज पाण्डेय
बागलुङ
यिनै काली गंगा कलकल गरी बग छिन सदा
तपोवन हो हाम्रो अधि श्रmृषि मुनी आश्रम छदा
गरे यिनैको तटमा रघुगण, भरतले तप पनि
पुलस्तीको आश्रम यही नजिकमा पर्दछ भनी ।१।
विशेषता यिनको छ नदीहरु महां विश्व भरमा
सदै शालिग्रामले यिनी जननीको काख भरदा
उनै काला काला जगत प्रतिपाल यिनी शिला
पुजिन्छन् संसार मै उनइ हरिका बैभव कला ।२।
यिनै वारीपारी गनी नसकिने तिर्थहरु छन्
यही साधु बस्दा अनि त महिमा बढ्दछ त झन
यहाँका मानिसले अधि कुन ठुलो तौ तप गरे
मिल्यो यही जन्म यही जलपिइ लौ अनि मरे ।३।
कसोरी भन्नु खै यिनी ठुली नदीको म गरिमा
बगाइ सुन हिड्ने यिनी नदी संसार भरमा
यही मुक्तिनाथ हो यिनइ नदीको उद्गम थलो
गइ स्नानदानगर्दा सकलजनको हुन्छ नि भलो ।४।
उपर मुक्तिनाथ तलतिर प¥यो कागवेनी पनि
पुगी स्नानदान गर्छन सकल पुराखा तर्छन भनि
अरु कोशी रोशी यिनि त बुझी लयौ चक्र नदी हुन
यिनैको दाजोमा भवजलधिमा लौ अरु छ कुन ।५।