एजेन्सी– हामीकहाँ यौनजन्य विषयलाई ‘छाडा’ भनिन्छ । त्यही कारण यस विषयमा खुला छलफल गर्नु, बहस गर्नु, सोधीखोजी गर्नु हच्किने गरिन्छ । यौनको विषय उप्काउनसाथ हामी लज्जावती झार झै खुम्चन्छौं । यौन, सृष्टिकै अभिन्न पाटो हो । तर, हामीले यसको विकृत र कुरुप पक्ष मात्र देख्ने गर्छौ । त्यसैले यौन भन्नसाथ हाम्रो मुख रातोपिरो हुन्छ । यस्तो अवस्थामा अभिभावक र उनका बालबच्चाबिच यौनको चर्चा हुने कुरै भएन । तर, जरुरी चाहि के छ भने यौनको विषयमा खुला बहस हुनुपर्छ । खासगरी अभिभावकले आफ्ना बच्चालाई यौन सम्बन्धि उचित शिक्षा दिनैपर्छ । यसले बालबच्चामा हुने कौतुहलता त मेटिन्छ नै, उनीहरुले यौनलाई भिन्न र फराकिलो कोणबाट ग्रहण गर्न सक्षम हुन्छन् । त्यसो भए कसरी दिने त छोराछोरीलाई यौन शिक्षा ? एक बच्चीले आमालाई अचानक सोधिन, ‘अर्गाज्म भनेको के हो ?’ त्यहाँ एक असहज प्रकारको सन्नाटा छायो । बच्ची सानै थिइन् र उनका बुबाआमालाई शंशय थियो कि उनलाई अर्गाज्मका विषयमा जानकारी गराउने बेला भएको छ कि छैन ? उनीहरुले आपसमा सल्लाह गरेर छोरीलाई सहि जानकारी दिने निर्णय लिए ताकि बाहिरबाट उनले यस विषयमा भ्रमपूर्ण कुराहरु नसुनुन् । बच्चीकी आमा भन्छिन्, ‘हामीले अर्को दिन उनलाई आफूसामुन्ने राख्यौं र सेक्स भनेको के हो ?
यो कसरी हुन्छ ? यो कस्तो अवस्थामा गैरकानूनी हुन्छ ? भन्ने लगायतका विषयमा सविस्तार व्याख्या गरायौं । छोरीले सबै कुरा बुझिनन् तर, आधारभूत कुरा आवश्य थाहा पाइन् ।’ उनको यो अनुभवबाट हामी आफ्ना छोराछोरीसँग यौनको विषयमा कुरा गर्दा ध्यानमा राख्नुपर्ने कुराहरु सम्झाउँदैछौं । चाँडै सुरु गरौं अधिकांस अभिभावकहरु यौनको विषयमा छोराछोरीलाई सानैमा जानकारी गराउने कुरा सुन्दा जिब्रो टोक्छन् । एक मनोविज्ञ भन्छिन्, ‘प्रविधिको यो युगमा फिंगर टिप्सको भरमा सबै जानकारीहरु प्राप्त गर्न सकिने भएकाले आजका बच्चाहरु एकदम स्मार्ट छन् । तर, यस माध्यमबाट प्राप्त हुने कतिपय जानकारीहरु गलत र भ्रामक पनि हुन्छन् । त्यसैले बाबुआमाले आफ्ना बच्चा हुर्केपछि उनीहरुलाई सबैभन्दा पहिले पुरुष र महिलाका प्रजनन प्रणालीको विषयमा विस्तृत जानकारी दिनुपर्छ । यौनका अन्य आयामहरुबारे चरणवद्धरुपमा बताउनुपर्छ ।’
प्रश्न किन पर्खने ? आफ्ना बच्चाहरुलाई यौन शिक्षा दिने सन्दर्भमा बुबाआमाले उनीहरुको प्रश्नको प्रतिक्षा गर्नु आवश्यक छैन । बच्चाहरुले मनमा लागेको जिज्ञासा बाबुआमालाई सोध्न डराएका वा धकाएका हुन सक्छन् । त्यसैले बाबुआमा आफैंले अघि सरेर उनीहरुलाई सुसुचित गर्नुपर्छ । एक गृहणी भन्छिन्, ‘धेरै दिनदेखि म नोटिस गरिरहेकी थिएँ कि मेरो छोरा टिभीमा वयस्क च्यानलहरु खोजी खोजी हेर्ने गथ्र्यो । मैले ठाडो हस्तक्षप गरेर उसलाई रोक्न चाहिनँ । मैले यसो गरेको भए उ इन्टरनेटको सहारा लिन पुग्थ्यो । बरु मैले उसलाई आफूसँग राखर यौन शिक्षा दिएँ । सुरु–सुरुमा दुवैलाई असहज भयो, तर बिस्तारै सहज बन्दै गयौं ।’ आँकडा पनि देखाउने
१३÷१४ वर्षको उमेरमा शरीरका हर्मोन्स सक्रिय हुन्छ र छोराछोरीमा विपरित लिंगीप्रति झुकाव बढ्न थाल्छ । यस्तोमा उनीहरुलाई विपरित लिंगीसँग हिमचिम गर्न नदिनु कुनै बुद्धिमानीको कुरा होइन । यसको साटो आफ्ना छोराछोरीलाई कानूनले तोकेको उमेरका विषयमा बताउनुपर्छ ।
Previous Articleगाउँ गाउँमा कांग्रेसको चुनावी सभा सम्पन्न
Next Article प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखःएक बहस