बागलुङ, २३ कार्तिक – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेस क्षेत्र नं. १ बागलुङले बुधबार बरेङ गाउँपालिकाको बाटाकाचौरमा घरदैलो तथा चुनावी सभा सम्पन्न गरेको छ । चुनावी सभालाई सम्बोधन गर्दै बागलुङ क्षेत्र नंं १ प्रतिनिधि सभाका उम्मेदवार सहकारी तथा गरिबी निवारण राज्यमन्त्री चम्पा देवी खड्काले देशमा दिगो शान्ति र समृद्धीका लागि नेपाली काँग्रेसलाई भोट दिनका लागि जनता सँग आग्रह गरेकी छन । उनले यस क्षेत्रमा हरेक विकासका पुर्वधारलाई आफुले केन्द्र देखीनै पहल थाल्ने बताईन । त्यसै गरी क्षेत्र नं. १ प्रदेश २ का उम्मेदवार निर्वतमान सांसद प्रकाश शर्मा पौडेल शान्तिपुर देखी बरेङ सम्मको बाटोलाई स्तोरन्नतीको लागि आफुले पहिलो प्राथमिकतामा राखेको बताए । पौडेलले यस क्षेत्रमा व्यवसायिक तथा प्राविधिक शिक्षाको आवश्यक रहेकोले त्यसका लागि आफुले सक्दो प्रयोस गर्ने बताए । त्यसैगरी काँग्रेसका पुर्व पार्टि सभापति एवं समानुपातिकका उम्मेदवार मणिभद्र शर्मा कंडेलले मुलुमा गणतन्त्र स्थायित्वका लागि नेपाली काँग्रेसलाई बिजयी गराउनु पर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस बागलुङका जिल्ला सचिव तथा प्रचार प्रसार मुल संयोजक समितिका संयोजक नवराज पौडेल, पुर्व उपसभापति एवं महासमिति सदस्य जगदिशचन्द्र उपाध्याय, महासमिति सदस्य भिम श्रीष, काँग्रेसका जिल्ला सदस्य तथा क्षेत्र नं. १ प्रदेश २ का प्रचार प्रसार संयोजक हरि आचार्य, जिल्ला सदस्य पदम पुन, क्षेत्रीय सभापति नारायण शर्मा पांैडेल, चिरञ्जीवी गौतम, नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष डिल्लीराम सुवेदी, महिला संघका केन्द्रिय सदस्य पार्वती आचार्य, जिल्ला अध्यक्ष शकुन्तला शर्मा, नेपाल तरुण दल बागलुङका अध्यक्ष उमकान्त शर्मा बाबु नेपाल शिक्षक संघका पुर्व सचिव भुवानी प्रसाद कंडेल, भुपु सैनिक संघका केन्द्रिय सदस्य हरि बहादुर भण्डारी, नेपाल सास्कृतिक संघका केन्द्रिय सदस्य पुर्ण बहादुर पौडेल, बाटाकाचौरका पुर्व पार्टि सभापति तेजेन्द्र बहादुर न्यौपाने, लगायतले बोलेका थिए ।
कार्यक्रम बाटाकाचौरका सभापति कर्ण बहादुर थापको अध्यक्षता, पुर्व सदस्य तुलसी पौडेलको स्वागत र बाबुलाल पौडेललको संचालनमा सम्पन्न भएको थियो ।