शरीरमा रातो कोशिका अर्थात हेमोग्लोविनको कमीलाई रगतको कमी अर्थात एनिमिया भन्ने गरिन्छ । शरीरका प्रत्येक कोषिकालाई अक्सिजनको कमी हुन्छ र त्यसको पूर्ति गर्ने काम हेमोग्लोविनले गर्छ । शरीरमा रगतको कमी विभिन्न कारणले हुने गर्दछ ।
–शरीरमा रगतको कमी (एनिमिया) हुनुको कारण ?ः विभिन्न कारणले गर्दा शरीरमा रगतको कमी हुने गर्दछ । त्यसमध्ये एनिमिया हुनुको विभिन्न कारण हुने गर्दछ । शरीरमा भिटामिन बी १२, फोलिक एसिड तथा आइरनले रगतको निर्माण गर्दछ । यी तत्व खानाबाट पाइन्छ । खानपान सही नहुदाँ रगत कम हने गर्छ । नेपालमा जनसंख्यामा रक्तअल्पताको समस्या देखिनु भनेको खानपान सही नहुनु हो । खानपानको कमीकै कारण न्युट्रिसनल एनिमिया हुने गर्छ । न्युट्रिसनल एनिमिया सबैभन्दा धेरै पाँच वर्ष मुनीका बालबालिकामा देखिने गर्छ । त्यस्तै, नौ वर्षदेखि पन्ध्र वर्ष उमेर समूहका किशोरकिशोरी तथा गर्भवतीमा देखिने गर्छ ।
–न्युट्रिसनल एनिमियाको लक्षणः न्युट्रिसनल एनिमियाको विभिन्न लक्षण हुने गर्छ । चक्कर लाग्ने, थकान महसुस हुने, सास फुल्ने, एकाग्रतामा समस्या, अनुहार सेतो देखिने, बच्चाको व्यक्तित्व विकासमा समस्या , तौल तथा उचाई कम हुने , हालखुट्टा झमझमाउने लगायतका समस्या हुने गर्छ । त्यस्तै, गर्भवती महिलाबाट जन्मने शिशु कम तौलको बच्चा जन्मने समस्या हुन्छ ।
–शरीरमा रगतको कमी (रक्तअल्पत्रा) भएमा ?ः शरीरमा रगतको कमी भएमा हातखुट्टा झमझमाउने, चक्कर लाग्ने, थकान महसुस हुने, एकाग्रता नहुने, अनुहार सेतो हुने, तौल अनुसारको बच्चाको व्यक्तित्व विकास नहुने गर्दछ । नेपालमा कुल जनसंख्याको करिब ६० प्रतिशत मानिस रक्तअल्पत्राबाट ग्रसित छ ।
–रक्तअल्पता भएको कसरी थाहा पाउने ?ः मानिसलाई रक्तअल्पत्रा भए, नभएको विभिन्न तरीकाबाट थाहा पाउन सकिन्छ । यदी कसैलाई माथि उल्लेखित लक्षण देखिएमा, कम्पिलिट व्लड काउन्ट तथा पिसिभी जाँच गर्दा हेमोग्लोविनको मात्रा कम भएमा, हेमोग्लोविन कम भएमा, मायक्रोस्कोपिक जाँचद्धारा पनि हेमोग्लोविन कम भएको थाहा पाउन सकिन्छ । के छ उपचार विधीः यदी कसैलाई रक्तअल्पत्रा भएमा आइरन, फोलिक एसिड तथा भिटामिन बी १२ दिइने गरिन्छ । त्यस्तै, हरियो सागसब्जी, लौका, घिरौला, रातो मासु लगायतका आइरनयुक्त खानेकुरा खाने सल्लाह दिइन्छ । त्यस्तै, फलफूल पनि आइरनको मुख्य स्रोत भएका कारण अत्याधिक मात्रामा फलफूल खाने सल्लाह दिइन्छ । त्यसबाहेक, अत्याधिक मात्रामा चियाको सेवनले पनि रगतमा आइरनको कमी गर्ने हुँदाँ चिकित्सकहरु सकेसम्म चियाको सेवन नगर्न अनुरोध गरिन्छ । त्यस्तै, रक्तअल्पत्रा भएमा जुकाको संक्रमण हुनसक्छ । जुकाले रगत खाने हुदाँ रक्तअल्पत्रा भएका मानिसलाई सबैभन्दा पहिले जुकाको औषधी दिइने गरिन्छ , जुन तीन महिनासम्म खानुपर्छ । यसले शरीरमा रगतलाई पुनः सुचारु गराउँछ । साथै फोलिक एसिड , आइरसन तथा भिटामिन बी ११ दिने गरिन्छ । –एजेन्सीको सहयोगमा
Previous Articleबाम उमेदवारलाई जिताउँन तीन दलीय भेला
Next Article समृद्विका लागि सिक्नुपर्ने कुरा