बागलुङ, १२ कार्तिक –बामपन्थी नेतृत्वको स्थिर सरकार बिना मुलुकको समृद्धि असम्भव रहेको भन्दै बागलुङको अमलाचौरमा क्रियाशिल तीन दलहरु एक भएर चुनाव प्रचार प्रसारमा लागेका छन् । बागलुङ नगरपालिका वडा नं. १२ अमलाचौरमा क्रियाशिल नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको संयुक्त भेलाले राष्ट्रिय जनमोर्चाका घनश्याम बिक संयोजक, माओवादी केन्द्रका भोजराज पाध्या सहसंयोजक र एमालेका झलक आचार्य सचिव रहेको ३०१ सदस्यीय बामपन्थी उमेदवार जिताउन निर्वाचन परिचालन कमिटि गठन गरिएको छ ।
तीन दलीय भेलामा बोल्नै नेकपा एमालेका बैकल्पिक केन्द्रीय सदस्य गोविन्द बहादुर नेपालीले नेपालका विभन्न राजनीतिक परिवर्तनहरु संस्थागत हुन नसक्दा मुलुकले ठूलो दुर्गती भोग्नु परेको भन्दै मुलुक समृद्धिको अभिभारा बामपन्थी गठबन्धनले पुरा गर्ने दावी गरे । नेपालमा धेरै सरकारहरु परिवर्तन हुँदा अस्थिरता सिर्जना गर्ने शक्ति हावी भएको उल्लेख गर्दै नेपालीका बाम पार्टीहरुको एकताले अबका दिनमा स्थायी सरकार बनाएर अगाडि बढ्ने वातावरण सिर्जना भएको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता कुमार बिक्रम क्षेत्रीयले दुई–दुई पटक बहुमतको सरकार बनाउने अवसर पाएको नेपाली काँग्रेसले मुलुकलाई कसरी समृद्ध बनाउँने भन्नेतिर ध्यान नदिएको उल्लेख गर्दै नेपाली काँग्रेसलाई मत दिनु मुलुकलाई अझै केही वर्ष अस्थिरतातर्फ लैजानु भएको बताए । राष्ट्रिय जनमोर्चाका नेता तिलक थापा मगरले अबको सरकार बामपन्थी नेतृत्वमा बन्ने दावी गर्दै बाम एकताले देशी, विदेशी प्रतिक्रियावादीहरुको टाउको दुखेको बताए । कार्यक्रममा एमाले नेता धनबहादुर परियार, माओवादी केन्द्रका टिका बिक, बुद्धिजिवी दुमनाथ शर्मा, शिक्षक संगठनका उपाध्यक्ष हरिराम अधिकारी लगायतले बोलेका थिए । राष्ट्रिय जनमोर्चाका घनश्याम बिकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत माओवादी केन्द्रका भोजराज शर्मा र सञ्चालन एमालेका खेमकुमारी राना आचार्यले गरेका थिए ।
यस्तै बापपन्थी उम्मेदवारका पक्षमा मतदातालाई शिक्षित गर्नका लागि अमलाचौरका शिक्षकहरुले मतदाता शिक्षा अभियान सञ्चालन गर्ने भएका छन् । मतदातालाई शिक्षा दिनका लागि बुद्धि चपाई अध्यक्ष, तारा शर्मा र कमल शर्मा सहअध्यक्ष र कमल ढकाल सचिव रहेको २९ सदस्यीय मतदाता शिक्षा परिचालन कमिटि गठन गरिएको नेपाल शिक्षक संगठनका उपाध्यक्ष हरिराम अधिकारीले जानकारी दिए । यसैबिच अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागलुङको जिल्ला भेला सम्पन्न भएको छ । भेलाले शेखर खड्काको संयोजकत्वमा ७ सय १ सदस्यिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । सोही अवसरमा शिव शर्मा संयोजक रहेको क्षेत्र नम्बर १ को प्रतिनिधिसभा निर्वाचन परिचालन समिति गठन गरिएको छ । यस्तै दिनेश थापा संयोजक रहेको क्षेत्र नम्बर २ प्रतिनिधिसभा निर्वाचन परिचालन समिति गठन गरिएको बताइएको छ । यस्तै दिनेश थापा संयोजक रहेको क्षेत्र नम्बर १ अन्तर्गत प्रदेशसभा (क) परिचालन समिति, मिलन पाठक संयोजक रहेको प्रदेशसभा (ख) निर्वाचन परिचालन समिति, सन्दिका घिमिरे संयोजक रहेको क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश (क) समिति र प्रतिक घर्ति संयोजक रहेको प्रदेशसभा (ख) निर्वाचन परिचालन कमिटी गठन गरिएको हो । कार्यक्रममा नेकपा एमालेका पार्टी सचिव लालबहादुर थापाले देश संघियतामा गएकाले संविधानको कार्यान्वयनका लागि बाम उमेदवारलाई विजयी गराउन युवाहरुको भुमिका महत्वपुर्ण हुने बताए । उनले राष्ट्रिय एकता कायम गर्न र सम्पुर्ण जातजाती, भाषाभाषी र संस्कृतिको जगेर्ना गर्नका लागि पनि बाम तालमेल महत्वपुर्ण रहेको बताए । कार्यक्रममा विद्यार्थी इन्चार्ज पुनम शर्मा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष नारायण पौडेलले मन्तव्य राखेका थिए । कायक्रम अनेरास्ववियुका अध्यक्ष शेखर खड्काको अध्यक्षता, प्रतिक घर्तिको स्वागत मन्तव्य र शिव शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । यस्तै संयुत्त बाम गठबन्धन बागलुङको क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उमेदवार डाक्टर सुर्य पाठकले देशको समृद्धि र विकासका लागि सम्पुर्ण बाम गठबन्धनका उमेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । संयुत्त बाम गठबन्धनले सिगानामा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाले गरिबी निवारण र संघियता कार्यान्वयनका लागि अन्तिम विकल्प बाम शक्ति रहेको बताए ।
क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का उमेदवार ईन्द्रलाल सापकोटाले स्थानीय स्तरको विकासका लागि र राजनितिक स्थिरता कायम गर्नका लागि पनि बामपन्थी उमेदवारहरुले जिताउनुपर्ने भनाई राखे । कार्यक्रममा नेकपा एमालेका उर्जा विभाग सदस्य हिरा केसी, माओवादी केन्द्रका केन्द्रिय सदस्य कृष्ण केसी, राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य लक्ष्मी बास्कोटाले मन्तव्य राखेका थिए ।
कार्यक्रम सुरेश मल्लको अध्यक्षता, सिगानाका पुर्व गाविस अध्यक्ष टोपबहादुर खड्काको स्वागत र शिव खड्काको सञ्चालनमा सम्पन्न भएको थियो । सोही अवसरमा राजन जिसीको संयोजकत्वमा १ सय ५ सदस्यिय चुनाव परिचालन समिति, अर्जुन खड्का संयोजक र शिव खड्का उपसंयोजक रहेको युवा परिचालन उपसमिति, पदमकुमारी खड्का संयोजक रहेको महिला परिचालन उपसमिति, रमेश खड्का संयोजक रहेको समन्वय उपसमिति गठन गरिएको छ ।
यसैबीच अनेरास्ववियु बागलुङले शेखर खड्काको संयोजकत्वमा ७ सय १ सदस्यिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । यस्तै जैमिनी बलेवा स्तरीय एमालेको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । भेलाले भुपाल चालिसेको संयोजकत्वमा ५ सय १ सदस्यिय निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
Previous Articleबागलुङ र गल्कोटमा काँग्रेसको निर्वाचन परिचालन समिति
Next Article रक्तअल्पताः यसरी जोखिन सकिन्छ