बेइजिङ,८ कार्तिक–चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना कद उँचो बनाएका छन्, पार्टीमा आफ्नो पकड मजबुत बनाएका छन् । कम्युनिस्ट पार्टीको विधानमा आफ्नो नाम र राजनीतिक विचारधारा संलग्न गराउन उनलाई सफलता मिलेको छ । दुई दशकयताको निर्णायक बैठकको अन्त्यमा ‘चिनियाँ प्रकृतिको समाजवादमा सी जिनपिङको विचारधारा’ एकमतले पारित भएको छ । र, त्यसलाई पार्टीको मार्गदर्शक सिद्धान्त बनाइएको छ । उनी सन् १९४९ मा जनवादी गणतन्त्र चीन स्थापना गर्ने माओत्से तुङ र र सर्वोच्च नेता देङ सियाओ पिङको समकक्षमा उभिएका छन्, अहिले । देङ नै त्यस्ता नेता थिए, जसलाई विश्व रंगमञ्चमा चीनलाई खुला गर्ने नीति लिएका थिए । सीभन्दा अगाडिका दुई राष्ट्रपतिहरु जियाङ जेमिन र हु जिनताओले अहिलेजस्तो आफ्नो विचारधारालाई पार्टी विधानमा उल्लेख गराउने प्रयास गरेका थिएनन् ।
चिनियाँ प्रकृतिको समाजवाद चीनमा ग्रहण गरिएको माक्र्सवादको लामो अभ्यासबारे व्याख्या गर्छ । र, त्यसबाट चीनले माक्र्सवादलाई कसरी उपयोग ग¥यो भन्ने खुलाउँछ । देङ सियाओ पिङले परिकल्पना गरेको ‘आर्थिक विकासको मार्ग’सँग गाँसिन्छ, राष्ट्रपति सीको अवधारणा । तथापि, राष्ट्रपति सीको नयाँ चक्रका पछाडि केही सम्झौता छिपेका छन् । हङकङस्थित चिनियाँ विश्वविद्यालयका प्राध्यापक विल्ली लामको बुझाईमा यो कम्युनिस्ट पार्टीमाथि पूर्ण नियन्त्रण गर्ने कदम हो । र, यसमा चिनियाँ जीवनको इन्टरनेट युग पनि गाँसिन्छ । विश्वव्यापी हिसाबमा चीनलाई महाशक्तिको दिशामा अगाडि बढाउने प्रकृतिका नियम, कानुन निर्माणमा राष्ट्रपति सीको ध्यान केन्द्रित हुने आँकलन गर्न सकिन्छ । ‘राष्ट्रिपति सीले सहायताको संस्थागत ग्यारेन्टी प्राप्त गरेका छन् । स्वास्थ्यले साथ दिएसम्म उनी शक्तिमा रहिरहन सक्षम भएका छन्,’ प्राध्यापक लाम भन्छन् । यस्तो लाग्छ, चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महासभामार्फत् राष्ट्रपति सी घरेलु र अन्तराष्ट्रिय मञ्चमा यसअघिभन्दा शक्तिशाली बनेका छन् ।
घरेलु मुद्दामा राष्ट्रपछि सीले भ्रष्टाचारविरुद्ध अभियानमार्फत् धेरै वरिष्ठ नेताहरुको तेजोबध गरिसकेका छन् । उन्मुक्त वक्तव्यबाजीहरु माथि अभूतपूर्व कारवाही चलाइएको छ । र, २० लाखको नफ्रीमा रहेको जनमुक्ति सेनाको व्यापक पुनर्संरचना गरिएको छ, जो विश्वको सबैभन्दा ठूलो लडाकु दस्ता पनि हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रिक्त छाडेको विश्वव्यापी नेतृत्वको स्थान चिनियाँ समकक्षीले कसरी हासिल गर्छन् भन्ने हेर्न बाँकी छ । ग्रेट हल अफ दी पिपुलमा सम्पन्न पार्टी महासभामा सहभागी २२ सयभन्दा बढी प्रतिनिधिले ताली बजाउँदै राष्ट्रपति सीको अवधारणा विधानमा उल्लेख गर्ने प्रस्तावलाई एकमतले पारित गरे । पार्टी महासभा उद्घाटन क्रममा राष्ट्रपति सीले बारम्बार चिनियाँ प्रकृतिको समाजवादी नयाँ युगको बारम्बार वकालत गरेका थिए । र, मुलुकको व्यापक दृष्टि, जहाँ चीनको विस्तारित पहुँच र महशुस हुनेगरिको उपस्थितिमा जोड दिएका थिए । राष्ट्रपति सीको घोषणा थियो, अब चीन संसारको केन्द्रमा रहनेछ । प्राध्यापक लामको विश्लेषणमा राष्ट्रपति सीको दर्शनले महाशक्ति बन्ने मार्गमा अगाडि बढ्न विश्वव्यापी मामिलामा नियम स्थापित गराउने भूमिका दिलाउन सक्छ । र, घरेलु मुद्दामा पार्टी मात्र होइन, चिनियाँ जीवन नै नियन्त्रणमा राख्ने उद्देश्य उनको देखिन्छ ।
प्राध्यापक लाम भन्छन्, ‘तर, यसले फेरि एक व्यक्तिको शासनको वकालत गर्छ, जुन प्रतिगामी कदम हो ।’ ‘नयाँ युग’ वाक्यांश चिनियाँ युवाबीच लोकप्रिय बनेको छ । तिनैमध्येका एक हुन् २४ वर्षे फोटोग्राफर सन योङकाङ । उनको विश्वास छ, राष्ट्रपति सी विकासको नयाँ मोडेल खोल्दैछन् । केही यस्ता विश्लेषक पनि छन्, जो राष्ट्रपति सीको नजर सन् २०२२ मा केन्द्रित रहेको ठान्छन् । उनका पूर्ववर्ती राष्ट्रपतिद्वयले अनुसरण गरेको पथ राष्ट्रपतिले सीले पहिल्याउलान् कि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शैली अपनाउलान् भन्ने कुरामा ती विश्लेषकको द्विविधा झल्किन्छ ।
–सीएनएन
Previous Articleक्यान्सरका लक्षणहरुक्यान्सरका लक्षणहरु
Next Article चुनाव प्रचार–प्रसार अभियान सञ्चालन