म्याग्दी, ८ कार्तिक–आसन्न प्रतिनिधि र प्रदेशसभा चुनावका लागि तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने भएका छन् । नेकपा एमालेको हाँडेभिर स्थित पार्टी कार्यालयमा सोमबार बसेको २ पार्टीका सचिवालय सदस्यहरुको बैठकले संयुक्त चुनाव प्रचार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । कात्तिक ८ गते बेनीमा २ वटै पार्टीका कार्यकर्ताहरुको संयुक्त प्रशिक्षण र वाम तालमेल तथा पार्टी एकिकरण गर्ने सहमतीको स्वागतमा जलपान कार्यक्रम आयोजना गरी चुनावी प्रसार अभियान सुरु गर्ने निर्णय भएको एमालेका सचिवालय सदस्य सुरत केसीले जानकारी दिए ।
९ गते बेनी नगरपालीका र ५ वटै गाउँपालीकामा दुवै पार्टीका कार्यकर्ताहरुको प्रशिक्षण तथा १० गते बरंजाको आरबाङबाट चुनाव प्रचार अभियान सुरु गर्ने निर्णय भएको छ । बैठकले एमालेका अध्यक्ष हरिकृष्ण श्रेष्ठको संयोजकत्वमा देवेन्द्र केसी, बालकृष्ण सुवेदी, देवबहादुर घले, माओवादीका गोविन्द पौडेल, शेरबहादुर केसी र चन्द्रबहादुर घिमीरे सदस्य रहेको उच्च स्तरीय चुनाव प्रचारप्रसार संयोजक कार्यदल गठन गरेको छ । बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका साझा उमेद्वार सहित चुनाव प्रचार अभियान सञ्चालन गर्न कार्य तालीका समेत तय गरेको छ ।
कार्यकर्ता तहमा बाम तालमेल र पार्टी एकिकरणको सहमतीको विषयमा जानकारी गराउदै भावनात्मक एकतामा जोड दिई चुनाव प्रचारलाई प्रभावकारी बनाउने दुवै पार्टीका नेताहरुले प्रतिवद्धता जनाएका छन् । स्थानीय तह निर्वाचनको मतपरिणाम, बलीयो संगठन र बामपन्थी सरकारले गरेका कामका कारण गठबन्धनको जित सुनिश्चित भएको दाबी गरेका छन् ।
Previous Articleयसरी पारित भयो सिको ‘नयाँ युग’
Next Article २०७४ कार्तिक ८ गते बुधबारको राशिफल