क्यान्सर भन्नसाथ हामी ठान्छौ, उपचार नहुने रोग । वा प्राणघातक । तर, यो त्यसबेला मात्र घातक हुन्छ, जब यसको लक्षणलाई बेवास्ता गरिन्छ । र, त्यसले जटिल अवस्थामा प्रवेश गर्छ । क्यान्सरको उपचार संभव छ । यदि सुरुवाती चरणमै त्यसको लक्षण फेला पर्रुयो भने उपचार गर्न सकिन्छ । हामीकहाँ त्यस्ता थुप्रै उदाहरण पनि छ, जसले क्यान्सरको सफलतापूर्वक उपचार गराए । यसका लक्षणहरु थाहा पाएपछि तुरुन्तै उपचार गराउनुपर्छ, क्यान्सरबाट बच्न सकिन्छ । अत यहाँ क्यान्सरका लक्षणबारे जानकारी गराइएको छ । स्तन क्यान्सरले धेरैको ज्यान लिने गरेको छ । अचम्म त के भने, महिला मात्रै होइन, पुरुष पनि यसको चपेटामा पर्छन् । यसका धेरै लक्षण हुन्छन् । जस्तै स्तनमा गाँठो, निप्पलको रंगमा परिवर्तन, निप्पल चिलाउने, रेशा, निप्पलभित्र मोडिनु । तर, यो कुरालाई पनि ध्यानमा राख्नुपर्छ कि यिनीहरु स्तन क्यान्सरका पक्का प्रमाण होइनन् । कहिलेकाहीँ हार्मोनको परिवर्तनले वा स्वास्थ्यसम्वन्धि अन्य कारणले पनि यस्तो हुन सक्छ । त्यसैले डाक्टरको परामर्श लिनु राम्रो हुन्छ । पिसाब वा दिसा गर्दा रगत निस्कियो भने तुरुन्त अस्पताल गएर चेकअप गराइहाल्नुपर्छ । किनकी यो किड्नी वा पिसाबको थैलीमा क्यान्सरको संकेत पनि हुन सक्छ । यसका अलावा पाचन वा शौच सम्वन्धी बानीमा स्थायी परिवर्तन आउनु । जस्तै लामो समयसम्म कब्जियत, डायरिया वा अधिक दिसा हुनु कोलोन क्यान्सरको लक्षण हुन सक्छ ।
खास अरु कारण बिना नै अचानक धेरै तौल कम भयो भने यो चिन्ताको बिषय हुनसक्छ । यसको अन्य कारण पनि हुन सक्छ, तर अन्नाशय, फोक्सोका वा पेटको क्यान्सरको सम्भावनालाई पनि नकार्न सकिँदैन । सामान्यतया दुई हप्तामा कुनै पनि कत्ला ठिक हुन्छ । तर, योभन्दा बढि समय लाग्यो भने चिन्ताको विषय हो । यसको अलावा आवाजमा परिवर्तन, निल्नमा समस्या, मुखभित्र सेतो वा रातो रंगको निसान देखिनु मुखको क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ । लामो समयसम्म ज्वरो ठिक भएन भने ब्लड क्यान्सरको सुरुवाती लक्षण हुन सक्छ । त्यसो त क्यान्सरबाट पिडित सबैजसो बिरामीलाई ज्वरो आउँछ । यो प्रतिरक्षा प्रणाली कमजोर भएको कारणले गर्दा हो । एक महिनाभन्दा लामो समयसम्म लगातार खोकि लाग्यो, खोक्दा रगत आयो, सास फेर्न असुविधा भयो भने पनि क्यान्सरको लक्षण हुन सक्छ । यस्तो अवस्थामा तुरुन्त डाक्टरलाई भेट्नु उचित हुन्छ । दुखाईका कैयन कारण हुन सक्छन् । तर बिना कुनै कारण एक महिना वा सोभन्दा बढि समयसम्म दुखाई जारी रह्यो भने यो हड्डी, ब्रेन वा अन्य क्यान्सरको संकेत हुन सक्छ ।
यसैगरी लगातारको टाउको दुखाइ ब्रेन टय्ूमरको लक्षण हुन्छ । जबकि कोलोन, रेक्टम वा ओवरीमा क्यान्सरका कारण पिठ्यूमा दुखाई हुन्छ । लंग क्यान्सरबाट पिडित केही रोगीमा छातिमा दुखाई हुन्छ । यो सबै क्यान्सर फैलिँदाको पीडा हो । दिनभरको भागदौड र तनावबाट थकान महसुस हुनु सामान्य कुरा हो । तर, बिना कुनै मिहनेत र सही खानपिनका बाबजुद पनि थकाईको महसुस हुन्छ भने ब्लड क्यान्सरको लक्षण हुन सक्छ । यसका अलावा कोलोन वा पेटको क्यान्सर भएमा पनि रगतको कमि हुन्छ र अत्यधिक थकानको महसुस हुन्छ । मासिक धर्मका अलावा अचानक ब्लिडिङ हुनु कार्विनल क्यान्सरको संकेत हुन सक्छ । –एजेन्सीको सहयोगमा
Previous Article७ कार्तिक २०७४, धौलागिरी स्टार साप्ताहिक
Next Article यसरी पारित भयो सिको ‘नयाँ युग’