म्याग्दी,७ कार्तिक–जिल्लाको प्रमुख पर्यटकीय स्थल पुनहिलमा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । सरद ऋतुको सुरुवात संगै अन्नपूर्ण गाँउपालिका–६ मा पर्ने घोरेपानीमा विभिन्न नाकाबाट पर्यटकहरुको आगमन हुन थालेपछि होटलहरु खचाखच भरिएका छन् । कास्कीको पोखरा–नयाँपुल,घान्दु्रक हुदै घोरेपानी र यता म्याग्दी सदरमुकाम वेनी–तातोपानी,घारा, शिख हुदै घोरेपानी र नागी–महरेडाँडा हुदै पुनहिलमा असोज महिनामा दैनिक ३ सयको हाराहारीमा विदेशी पर्यटक भित्रिएको पर्यटन प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक विरेन्द्र महतोले बताए । ‘धेरैजसो कास्कीको उल्लेरी हुदै आउँछन्, दैनिक पर्यटकको चाप बढ्दै गइरहेको छ’ महतोले भने । उनका अनुसार असोज महिनामा करिव ६ हजारको हाराहारीमा विदेशी पर्यटक भित्रिएको बताए ।
गतबर्षको तुलनामा असोज महिनामा धेरै पर्यटक भित्रिएको पर्यटन प्रहरी कार्यालयले जनाएको छ । इलाका प्रहरी र पर्यटन प्रहरीले पदमार्ग, होटल लगाएत आसपासका क्षेत्रमा पर्यटकलाई सुरक्षा दिन दैनिक गस्तीका साथै समस्याका बारेमा समेत जानकारी लिने गरेको छ । घोरेपानी, पुनहिल भित्रिनेमा अधिकांस चिनियाँ, मलेसिया, वेल्जियम, इटली, जर्मन, इजरायल, फ्रान्स, अमेरिका, कोरिया, जापान लगाएत दक्षिण एसिया र यूरोपका विभिन्न देशहरु रहेका छन् । असोज महिनामा चिनियाँ र मलेसिय पर्यटकको संख्या अन्य देशको तुलनामा धेरै रहेको प्रहरीले जनाएको छ । ‘आन्तरिक पर्यटकको संख्या पनि धेरै छ ।
कात्तिक महिनासम्म चहलपहल हुन्छ’ नाइस भ्यू होटलका ज्ञान बहादुर पुनले भने । उनका अनुसार विदेशी पर्यटक तिन दिनसम्म पुनहिल तथा आसपासका क्षेत्रमा रमाउने गर्दछन् । दसैतिहार विदाको सदुपयोग गदैं भ्रमणमा आएका आन्तरिक पर्यटकले पुनहिल पुगेर गन्तब्य तर्फ लाग्ने गरेको होटल ब्यवसायीको भनाई छ । समुन्दी सतहदेखी ३ हजार २ सय १० मिटरको उचाईमा अवस्थित पुनहिलमा मनोरम हिमश्रृखलाको दृ्श्वालोकन गर्न सकिन्छ ।
Previous Articleप्रदेश ४ को मुख्यमन्त्रिमा गुरुङले गरे दावी
Next Article खाडीमा बसेर नेपालीका दुःख लेख्थे अखेली