लमजुङ,७ कार्तिक–नेकपा एमालेका सचिव पृथ्वीसुब्बा गुरुङले आफू प्रदेश नम्बर ४ को मुख्यमन्त्री बन्ने जिकिर गरेका छन् । सदरमुकाम बेंसीशहरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जिल्लाको समृद्धि र उत्थानलाई पहिलो प्राथमिकता राखेर प्रदेशसभा निर्वाचनमा आफू क्षेत्र ‘ख’बाट चुनावी मैदानमा उत्रिएको जानकारी दिए । कार्यक्रममा लमजुङबाट प्रतिनिधिसभा उम्मेदवार नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य देवप्रसाद गुरुङले आफू लमजुङमै हुर्किएको भन्दै पराइ नठान्न आग्रह गरे । नेकपा एमाले लमजुङका अध्यक्ष तथा प्रदेशसभा कका उम्मेदवार धनञ्जय दवाडीले जिल्लाको विकास निर्माणको अभिभारा एमालेले लिएको छ बताए ।
Previous Articleसितेरिया करातेको हल निर्माण
Next Article पुनहिलमा पर्यटकको चहलपहल बढ्यो