जिल्लाकोे अमलाचौरमा जन्मेर युवा कालको आधा समय बिदेशमा बिताएका शिव अखेली पछिल्लो समय नेपाली लोकदोहोरी क्षेत्रका चर्चित शब्द संकलक हुन् । खाडीको तातो घाममा बसेर नेपालीका दुःख कष्ट र प्रेम कहानीका शव्द मालाहरु बुन्न सिपालु अखेलीले हालसम्म एक सयभन्दा धेरै गीतहरुमा शव्द लेखेका छन् । नेपाली लोकसंगीतको क्षेत्रमा प्रबेश गरेका अँखेलीले लेखेका गीतहरुले नेपाली बजारमा राम्रै नाम दाम कमाएको उनले बताए । सानो छँदा बिद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा उनी सहभागी भए । कार्यक्रममा प्रस्तुत गरेको सानो गजलको खोस्टोले उनलाई बिद्यालयको अव्वल शव्द सिर्जना गर्ने बिद्यार्थी बनायो र उनी प्रथम स्थान हाँसिल गर्न सफल भए । त्यहि सफलताले नै उनलाई यहाँसम्म ल्याएको उनी बताउँछन् ।
‘स्कुलमा मैले लेखेको गजल बाचन गरेँ र प्रथम भएँ’ अखेली भन्छन् ‘सिर्जना गर्न सक्ने होभने हामीले गरेको सिर्जनाले पनि ठाउँ पाउँदो रहेछ भन्ने भान भयो ।’ गजलमा प्रथम भएपछि २०६४ सालदेखी उनले गीत संगीतको यात्रा तय गरेका हुन् । हालसम्म एक सयभन्दा धेरै गीतमा शव्द लेखेका अखेलीले चारवटा गीत त आँफैले गाएका समेत छन् । ओवामाको देश, आप्रबासी, गाउँ बागलुङ बलेवा र बाबाले छोड्दाको पिडा नामक गीति संग्रहहरुमा उनले आफ्नो स्वर भरेका छन् । अन्य नयाँ तथा पुराना कलाकारहरुको लागि शव्द लेखिदिने अखेलीले गाएका चारवटै गितमा शव्द भने केशव रिजालले लेखेका छन् । स्वरमा दख्खल नराखे पनि शव्दको चयन र छनौटमा भने उनले निकै मेहनत गर्ने गरेको उनका सहयात्रीहरु बताउँछन् । लामो समय कतारका रेष्टुँराहरुमा काम गरेका अखेलीले आधाभन्दा धेरै गीतका शव्द खाडीको तातो घाममा बसेरनै लेख्ने गरेको सुनाए । कफिसपको काममा छँदा उनले धेरै गीत लेखेको बताए । काम सकिएपछिको बचेको समयमा शव्दहरुको चयनमा लाग्थे उनी । बिदेशमा छँदा हरेक नेपाली भावनामा बग्ने गरेको अनुभव छ उनलाई । सांगीतिक क्षेत्रमा लागेकाले आँफुभने थप भावनामा बगेर गीत लेख्ने गरेको उनले सुनाए ।
‘अतित भन्छ दिलभित्रै बस्छु म, आँसु भन्छ त्यो बसे खस्छु म
लेख्नेले भाग्यमा यस्तै दुख लेखे, जती रुनु रोको छु मै सानु
तिम्ले आँसु नझारे है सानु त्यही आँसुको गितबनाइ गाईदिन्छन कलाकारले देखे ।’
अखेलीले लेखेको कलाकार एल्वमको यो गितले कुनै समय बजार तताएको थियो । समय र परिस्थितिलाई समातेर शव्द लेख्न सिपालु उनले तिज दशैं तिहार जस्ता पर्वहरुलाई आधार बनाएर धेरै गीत लेखेका छन् । मुग्लीनको धुलो, आउने जाने बसैको भाडा तिरम्ला जस्ता तिजका गीत तथा कोदो, धानको बाला, खाडीमुलुक लगायतका दशैंका गीत उनका सफल गीतहरु मध्यमा पर्छन । बिसाल बजार, सेतेदाईसँग पार्सल पठाउँछु, हिमालको काखैमा र बाति बिना दियो बल्दैन लगायतका समसामयिक गीतले पनि नेपाली संगीतको बजारमा राम्रो स्थान पाएको उनी बताउँछन् । बिदेशीएका नेपालीका पिडा, नेपालका सामाजिक बिकृति, बिसंगती र मौसमी गीतहरुमा समेत कलम चलाएका अखेलीले सबैभन्दा धेरै माया प्रेमका प्रसंगमा कलम चलाएका छन् । विद्यालय जीवनदेखी सुरु भएको उनको शव्दलेखन देश बिदेश जहाँ रहेतपनि जारी रहने उनले बताए ।
–तारानाथ आचार्य÷बागलुङ