प्रेमचन्द
हल्कुले आएर मुन्नीसँग भन्यो, ‘सहना आएको छ । हामीले राखेको पैसा उसलाई दिऊँ । जसरी पनि पिछा त छुट्छ ।’
मुन्नी कुच्चो लगाउँदै थिई । पछाडि फर्केर जवाफ दिई, ‘जम्मा तीन रुपैयाँ त छ, यो पनि दिएँ भने कम्बल कहाँबाट आउँछ ? यो झुप्रोमा पुस–माघको जाडो कसरी कट्छ ? उसलाई भन्देऊ– खेती भएपछि पैसा दिन्छु । अहिले छैन ।’
हल्कु एकछिन अनिश्चित ढङ्गले उभिइरह्यो । पुस शिरमै आइसक्यो । कम्बलबिना कठ्याङ्ग्रिँदो जाडोको रातमा ऊ कुनै पनि हालतमा सुत्न सक्दैन । तर, सहनाले मान्दैन । उसले घुर्की देखाउँछ, गाली गर्छ । बरु जाडोले मरे पनि बोझ त टाउकोबाट हट्छ भन्ने सोेचेर उसले आफ्नो भारी ज्यान (जसले उसको नामलाई झुटो प्रमाणित गथ्र्यो) लिएर श्रीमतीको नजिक आयो र विनम्र स्वरमा भन्यो, ‘ल भयो देऊ, कमसेकम पिछा त छुटोस् । कम्बलका लागि अरू कुनै उपाय सोचौंला ।’
मुन्नी टाढा गई र आँखा तरेर भनी, ‘ग¥यौ अर्को उपाय ! म पनि सुनौं त के उपाय रहेछ ? कसले सित्तैमा दिन्छ र कम्बल ? ऋण कति बाँकी छ, त्यो पनि चुक्ता गर्न सकेको छैन । तिमी किन खेती छोड्दैनौ ? मरेर काम गर्रुयो, उब्जनी कहिल्यै हँुदैन । उब्जनी भयो भने बाँकी दिने हो । ऋण चुकाउनकै लागि र पेटका लागि मजदुरी गर्नकै लागि त हाम्रो जन्म भएको हो । यस्तो खेतीदेखि मनै मरिसक्यो मेरो । म पैसा दिँदै दिन्नँ ।’ हल्कुले उदास भएर भन्यो, ‘त्यसो भए म गाली खाऊँ त ?’
मुन्नीले चिच्याई, ‘गाली किन गर्नु ? उसको राज छ र ?’
तर, यति भन्नासाथ उसको तन्किएको आँखीभौं तल झ¥यो । हल्कुको वाक्यमा कठोर सत्य लुकेको थियो, जसले डरलाग्दो पशुझैं उसलाई घुरिरहेको थियो ।
ऊ गोडा बजार्दै भित्र गई र पैसा निकालेर हल्कुको हातमा राखिदिई । भनी, ‘अबदेखि तिमी यो खेती छोड्देऊ । जाबो एउटा सुख्खा रोटी पनि खान नसक्ने खेतीको के काम ? कसैको हैकम त रहँदैन । खेती त अचम्मको– मजदुरी गरेर ल्याऊ, फेरि उसलाई नै देऊ, उसकै वचन पनि सुन ।’
हल्कु पैसा लिएर बाहिर गयो, मानौं ऊ आफ्नो मुटु झिकेर दिनेवाला छ । उसले मजदुरी गरेर आएको एक–एक पैसा गरेर कम्बलका लागि तीन रुपैयाँ जम्मा गरेको थियो । आज ऊ निस्किँदै थियो । हरेक पाइलाको साथमा उसको दिमाग बोझले भरिँदै थियो ।
पुसको अन्धकार रात । आकाशमा तारा कक्रक्क परिरहेका थिए । हल्कु आफ्नो खेतको किनारामा उँखुको पातको छहारीमुनि बाँसको झुलौनामा पुरानो यादको ओढ्ने ओढेर काँपिरहेको थियो । खाटको तल उसको साथी जबरा (कुकुर) उसको पेटमा मुख गाडेर जाडोले कुँकुँ गर्दै बसिरहेको थियो । दुवैलाई निद्रा लागिरहेको थिएन ।
हल्कुले हात निकालेर जबराको शरीरमा मुसार्दै भन्यो, ‘भोलिदेखि मसँग नआइज, नत्र जाडो हुन्छ । उठेर फेरि चिलिम भर्नु प¥यो । जसरी पनि रात त कटाउनै पर्रुयो । आठवटा चिलिम त पिइसकें । कति भाग्यमानीहरू त यसरी बसेका छन् कि उनीहरूको अगाडि जाडो त जान्छ तर गर्मीले डराएर भाग्छ । मोटा मोटा गद्दा, ओढ्ने । खुब रमाइलो छ । मजदुरी हामी गर्ने, रमाइलो अरू गर्छन् ।’ हल्कु उठ्यो र चिलिममा आगो भ¥यो । जबरा पनि उठ्यो । हल्कुले चिलिम पिउँदै भन्यो, ‘तँ पनि चिलिम पिउँछस् ? जाडो त के जान्थ्यो र, मन त भुलिन्छ ।’ जबराले उसको प्रेमले भरिएको मुख हे¥यो । जबराले मानौं भन्दै थियो, ‘हल्कु ! आज खुब जाँड खाऊ, भोलिदेखि म यहाँ पराल बिछ्याइदिन्छु । त्यसैमा बस्नू अनि जाडो लाग्दैन ।’ अचानक जबराले कुनै जनावरको आवाज चाल पायो । हल्कुको विशेष आत्मीयताले उसमा एउटा नयाँ स्फूर्ति जागेको थियो, जसले हावाको सिरेटोलाई पनि सजिलै पन्छाइदिन्थ्यो । जबरा तुरुन्तै उठ्यो र छहारीबाट बाहिर आएर भुक्न थाल्यो । हल्कुले धेरैपटक उसलाई बोलायो, तर जबरा उसको सामु आएन । सबैतिर दौडिँदै भुक्न थाल्यो । जबरा एकछिनका लागि आउँथ्यो तर गइहाल्थ्यो । उसको मनमा शायद कर्तव्यभाव थियो ।
अर्को एक घण्टा बित्यो । रातमा शीतजस्तै चिसो हावा चल्न थाल्यो । हल्कु उठेर टुसुक्क बस्यो, दुइटै घुँडा छोपेर टाउकोलाई लुकायो । तैपनि उसको जाडो कम भएन । उसको शरीरमा रगत जमेझैं हुन थाल्यो । उसलाई रगतको साटो हिउँ बगेजस्तो हुन थाल्यो । उसले आकाशतिर हेर्रुयो । अझ कति रात बाँकी छ । सप्तऋषि आकाशमा आधा पनि छैन । कतिखेर उज्यालो होला ? उसले नजिकै चनाको खेतमा गएर बोट उखेल्यो र त्यसबाट कुचो बनाएर सुकेको गुइँठा लिई बगैंचातिर गयो । जबराले हल्कु आएको देखेर पुच्छर हल्लाउन थाल्यो । एकछिनमै आगो बल्न सुरु भयो । आगोको ज्वाला दन्किन थाल्यो । दन्किएको आगोले पातहरू जलाउन थाल्यो । आगोको ज्वालाले सबैतिर प्रकाश छर्न थाल्यो । उज्यालो प्रकाशले बगैंचाको विशाल वृक्ष यस्तो नरम हुन्थ्यो कि मानौं त्यो अन्धकारलाई उसले आफ्नो शिरमा सम्हालेको होस् । अन्धकारको अनन्त सागरमा त्यो प्रकाश डुङ्गाजस्तै हल्लिन्थ्यो ।
हल्कु आगोनजिकै बसेर ताप्न थाल्यो । एकछिनमै ओढनी निकालेर ओछ्यायो र दुबै खुट्टा फैलाएर राख्यो । मानौं, उसले चिसोलाई चुनौती दिँदै भनिरहेको थियो, ‘तँलाई जे मन लाग्छ त्यही गर्छ ।’ चिसोलाई जित्न पाउँदा ऊ खुसी देखिन्थ्यो । त्यो हर्षित क्षणलाई ऊ हृदयमा लुकाइरहन सक्दैनथ्यो । पातहरू जलिसकेका थिए । बगैंचामा फेरि अन्धकार छायो । खरानी तल अलिअलि आगो बाँकी थियो, जुन हावाको झोकासँगै दन्किन्थ्यो अनि फेरि निभ्थ्यो । हल्कलेु फेरि ओढ्ने ओढ्यो र आफूलाई न्यानो बनाएर गीत गुनगुनाउन थाल्यो । उसको शरीर गर्मी हुन थालिसकेको थियो । जति–जति शीत बढ्थ्यो, त्यति–त्यति उसलाई आलश्य महसुस हुन्थ्यो । जबरा बेस्सरी भुकेर खेततिर भाग्यो । हल्कुलाई आफ्नो खेतमा एक हुल जनावर आएको महसुस भयो । शायद साँढेको हुल थियो । जनावर दौडेको आवाज स्पष्ट कानमा गुञ्जिन्थ्यो । जनावरहरू खेतमा चर्न आएका रहेछन् भन्ने हल्कुले बिस्तारै चाल पायो । जनावरको आवाज सुनेर उसले सोच्यो, ‘जबरा हुँदाहँुदै कोही यहाँ आउन सक्दैन ।’ उसले सोच्यो, शायद मलाई भ्रम भइरहेको छ । खै कता ? अहिले त फेरि केही सुनिँदैन त !
उसले ठूलो स्वरमा जबरालाई बोलाइरह्यो । जबरा भुकिरह्यो तर हल्कुको नजिक आएन ।
फेरि उसलाई खेतमा कोही आइरहेको महसुस भयो । यसपटक उसले आफूलाई रोक्यो र त्यहीँ बसिरह्यो । यस्तो जाडोमा खेतमा जानु, जनावरको पछि दौडिनु उसलाई बेकारजस्तो लाग्यो । उसले फेरि ठूलो आवाजमा बोलायो, ‘होली होली होली ।’ जबरा फेरि भुक्यो । खेतमा जनावरहरू चरिरहेका थिए ।
‘कति राम्रो खेत थियो, तर यी दुष्ट जनावरहरूले सबै सर्वनाश गरे,’ हल्कु फेरि उठेर पाइला चाल्न थाल्यो । दुई तीन पाइला चाल्नासाथै फेरि चिसो हावा चल्न थाल्यो । हल्कु छिटो–छिटो आगोनजिकै आएर शरीर तताउन थाल्यो । आगोको रापनजिकै ऊ ओढ्ने ओढेर सुत्यो ।
जबरा कराउँदै थियो, साँढेको हुलले खेत सखाप पार्दै थियो । हल्कु तातो आगोको रापनजिकै आनन्दले बसिरहेको थियो । डोरीले चारैतिरबाट हल्कुलाई घेरेको थियो । बिहान उसको निद्रा खुल्दा चारैतिर घाम लागिसकेको थियो । मुन्नी भन्दै थिई, ‘तिमी सुतिमात्रै रहन्छौ ? सारा खेत नष्ट भइसक्यो । तिमी यहाँ कुर्न बसेको के अर्थ भयो र ?’
हल्कुले उठेर सोध्यो, ‘तिमी खेत गएर आएकी हौ ?’
‘हो सारा खेत नष्ट भइसक्यो, यसरी पनि कोही सुत्छ ?’ मुन्नीले रिसाउँदै भनी ।
हल्कुले बहाना बनायो, ‘म मरेर बाँचें । मेरो पेट कस्तो दुखेको छ, मलाई मात्रै थाहा छ । तिमीलाई चाहिँ खेतकै पीर छ ।’
दुबैजना खेतको आलीमा गए । सारा खेत कुल्चिएर असरल्ल भएको थियो । जबरा फुसको छानोमुनि लडिरहेको थियो । मानौं उसमा कुनै प्राण नै थिएन । दुबैले खेतको दशा चुपचाप हेरिरहे ।
मुन्नी उदास देखिन्थी, तर हल्कु खुसी देखिन्थ्यो । मुन्नीले चिन्ता गर्दै भनी, ‘अब मजदुरी गरेर ऋण चुक्ता गर्नुपर्छ ।’
हल्कुले खुसी हुँदै भन्यो, ‘अब रातको चिसोमा यहाँ सुत्न त पर्दैन !’ (साभारः प्रेमचन्दकी सर्वश्रेष्ठ कहानियाँ)