बागलुङ,३१ असोज–जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय सम्बन्धमा ब्यबस्था गर्न बनेको ऐनका बिषयमा बागलुङमा सरोकारवाला बीच सोमबार छलफल सम्पन्न भएको छ । नेपाल कानुन समाज बागलुङको आयोजनामा भएको छलफल कार्यक्रममा अधिबक्ता मिलन श्रेष्ठ, निवर्तमान सांसद मिना पुनले अहिलेसम्म जातीय भेदभाव गर्ने ब्यक्तिलाई सामान्य सजाय जरिवाना हुने गरेकोले पनि समाजमा यस्तो खालको घटना बढेको हुँदा अहिले नयाँ ऐनमा सजाय र जरिवाना बढाउनु परेको धारणा राखेका थिए ।
अहिले नागरिक भन्दा राज्य कमजोर भएको कारणले पनि ऐन कानुन कार्वान्यन हुन नसकेको हुँदा सर्बप्रथम सरकार बलियो हुन जरुरी रहेको अधिबक्ता श्रेष्ठले बताए । अहिलेसम्म नेपालमा जातीय रूदचस्पमा भेदभाव गर्नेलाई अहिलेसम्म पैसाको भरमा उन्मुक्ति पाइरहेको हुनाले पनि कानुनी रूपमा सजाय भएको नदेखिएको बताउदै अबदेखि सामाजिक रूपमा अपराध गर्नेलाई कानुन अनुसार सजाय दिलाउन सकेमात्र यस्तो खालको घटना न्युनिकरण हुदै जाने श्रेष्ठले धारणा राखेका थिए । कार्यक्रममा समाजसेवी देबबहादुर श्रेष्ठ, विकास पौडेल, मणिभद्र शर्मा, दिलबहादुर कार्की, अधिबक्ता कृष्णप्रसाद शर्मा निउरे, सुजन परियार, लक्ष्मी बोहरा, नवीन किसान लगायतका बक्ताहरूले मन्तब्य राखेका थिए । कार्यक्रम संचालन एडभोकेसी फोरम धौलागिरीका संयोजक अधिबक्ता राम शर्माले गरेका थिए ।