शरीरमा म्याग्नेसियम जरुरी छ भन्ने त धेरैलाई थाहा छ । तर यसको महत्वबारे कमैलाई जानकारी हुनसक्छ । म्याग्नेसियम एक प्रकारको खनिज पदार्थ हो, जो स्वस्थ शरीरका लागि निकै आवश्यक छ । म्याग्नेसियम मानव शरीरमा पाइने पाँच प्रमुख तत्वमध्ये एक हो । जसरी हाम्रो शरीरलाई स्वस्थ राख्न प्रोटिन, भिटामिन, मिनरल्स र कार्बोहाइड्रेडको आवश्यता पर्छ, त्यही मात्रामा मिनरल्सको पनि जरुरत पर्छ । म्याग्नेसियम भनेको त्यही मिनरल्स हो । म्याग्नेसियमले हाम्रो शरीरमा गरिने जैविक क्रिया तथा जरुरी काममा सहायकको भूमिका निर्वाह गर्छ ।
–यसकारण आवश्यकः शरीरका हरेक कोषिकामा केही मात्रामा म्याग्नेसियम अनिवार्य हुन्छ । स्वस्थ मानिसको शरीरमा ५० ग्रामभन्दा कम म्याग्नेसियम हुन्छ । करिब ५०–६० प्रतिशत म्याग्नेसियम शरीरका हड्डीमा संग्रह हुन्छ भने केही मात्रामा म्याग्नेसियम रगतमा पाइन्छ ।
–कमिका कारणः गलत खानपान, अव्यवस्थित जीवनशैली, अधिक मात्रामा मदिरा सेवन, मधुमेहको समस्या, तारन्तार वान्ता तथा निरन्तर झाडापखालाका कारण पनि शरीरमा म्याग्नेसियमको कमि हुन्छ ।
–यस्ता छन् लक्षणः टाउको दुख्ने, हातखुट्टा कक्रिने, कमजोरी महशुस हुने, काम गर्न मन नलाग्ने, रिंगटा लाग्ने, कमजोरी, खान मन नलाग्ने, हातखुट्टा झम्झमाउने, मांसपेशी तानिएझैं हुने तथा मांसपेशीमा दुःखाइ महशुस हुने लक्षण देखिन्छन् । म्याग्नेसियमको कमिले लाग्ने रोगहरुः हृदयलाई स्वस्थ राख्न म्याग्नेसियम जरुरी छ । यसले रक्त धमनीमा हुनसक्ने अवरोधलाई रोक्ने गर्छ । मांशपेशी लचिलो बनाउँछ । शरीरमा अक्सिजनको आपुर्ति सुन्तुलित गर्छ । यस्तै, मुटुको चाल अनियन्त्रित हुने भएकाले यसको नियन्त्रणका लागि पनि म्याग्नेसियमको सेवन जरुरी छ । रक्तसञ्चारलाई नियमित राख्न पनि सोही तत्वको आवश्यकता हुन्छ । म्याग्नेसियमका कारण रक्त धमनी लचिलो हुने गर्छ, जसका कारण रक्त प्रवाह नियन्त्रित हुन्छ । विभिन्न शोधमा उल्लेख भएअनुसार नियमित मात्रामा म्याग्नेसियमको सेवनले रक्तचापलाई नियन्त्रणमा राख्न सकिन्छ । त्यसैले त, गर्भावस्थामा रक्तचाप अनियन्त्रित भएमा म्याग्नेसियम लिने सल्लाह दिइन्छ । म्याग्नेसियमको कमि भएमा शरीरमा रक्तचाप अनियन्त्रित गतिमा बढ्ने गर्छ, जसलाई सामान्य भाषामा ‘हाइपर टेन्सन’ पनि भन्ने गरिन्छ । शरीरमा म्याग्नेसियमको कमि भएमा पोटासियममा समेत कमि आउँछ, जुन रक्तचापलाई नियन्त्रणमा राख्ने अर्को महत्वपूर्ण तत्व हो । विश्वमा मधुमेहका रोगीको संख्या तीव्र गतिमा बढिरहेको छ । इन्सुलिनको कमिका कारण मधुमेहको समस्या बढ्ने गर्छ । सन्तुलित मात्रामा मधुमेहको सेवनले शरीरमा इन्सुलिन निर्माणको प्रक्रिया बराबर रहन्छ । हाम्रो शरीरमा कैयौं इन्जाइम म्याग्नेसियमसित मिलेर ग्लुकोज बनाउने काम गर्छ । पर्याप्त मात्रामा म्याग्नेसियमको सेवनले मधुमेहको जोखिम झण्डै २० प्रतिशतले घट्ने गर्छ । कैयौं अध्ययनबाट पत्ता लागेको छ, म्याग्नेसियमको सन्तुलित मात्राको सेवनले टाउको दुःखाइ माइग्रेनको समस्या र अनिद्रामा कमि आउँछ । शरीरका हरेक मांसपेशी तथा स्नायुलाई म्याग्नेसियमको जरुरत पर्छ । यदि तपाईंलाई बारम्बार मांशपेशी दुख्ने, बाउँडिने वा कमजोरी महशुुुुुस हुन्छ । क्याल्सियमको साथमा म्याग्नेसियमको पूर्ति जरुरी छ । –एजेन्सीको सहयोगमा
Previous Article‘महिला, बालबालिका र जेष्ठलाई सम्मान गरौं’
Next Article विश्व खाद्य दिवस र नेपाल