बागलुङ,२३ असोज–सदरमुकामका सञ्चारमाध्यामको पातलो उपस्थिति रहेको जैमिनी नगरपालिकामा एफएम रेडियो सञ्चालन हुने भएको छ । सुवेक्षा मिडिया प्रा.लि.ले एफएम रेडियो सञ्चालनको तयारी थालेको छ ।
प्रा.लि.ले रेडियो दर्ता लगायतका सबै कानुनी प्रकृया पुरा भइसकेकाले आगामी मंसिर महिना सम्ममा रेडियो परिक्षण प्रसारणमा आउने सुवेक्षा मिडिया प्रा.लि.का निर्देशक गुमा आचार्यले बताइन् । जैमिनी नगरपालिकामा कुनैपनि सञ्चारमाध्याम सञ्चालनमा नरहेकाले एफएम रेडियो सञ्चालन गर्न लागिएको आचार्यले बताइन् । ग्रामिण क्षेत्रका सर्वसाधारणलाई सूचनाको हक दिलाउनको लागि निजी क्षेत्रको लगानीमा रेडियो सञ्चालन गर्न लागिएको उनले बताइन् ।
रेडियो सञ्चालनको लागि अहिले प्राबिधिक तथा पुर्वाधार निर्माणको काम चलिरहेको आचार्यको भनाई छ । जैमिनी नगरपालिका–१ कुश्मीशेरामा स्टेसन राखेर रेडियो सञ्चालन हुने कम्पनीले जनाएको छ । एक सय वाट क्षमताको रेडियो फ्रिक्वायन्सी मोडुलेसन व्याण्डको ९६ दशमलव ६ मेगाहर्जमा प्रशारण हुनेगरी अनुमति लिएको छ । रिब २५ लाखको लगानीमा सञ्चालन हुन लागेको रेडियो जैमिनी नगरपालिका लगायत बागलुङ, पर्वत र गुल्मीका बिभिन्न क्षेत्रमा सुन्न सकिने सञ्चालकले बताएका छन् ।
बागलुङको दक्षिण क्षेत्रमा पर्ने जैमिनी नगरपालिकामा हालसम्म जिल्लाका सञ्चारमाध्यामको सामान्य पहुँच रहेपनि पर्वतका सञ्चारमाध्यामको भने राम्रो पहुँच छ । केही बर्ष पहिले साप्ताहिक पत्रिका प्रकाशन भएको भएपनि हाल सो पत्रिका बन्द छ । जिल्लाको पश्चिम क्षेत्रमा रेडियो तथा पत्रिकाहरु प्रसारण र प्रकाशन हुदै आएको भएपनि जिल्लाको दोस्रो सदरमुकामको रुपमा विकास भइरहेको कुश्मीशेरामा भने यो पहिलो रेडीयो स्टेशन हो । यो रेडियो नीजि लगानीको जिल्लाको तेस्रो र धौलागिरी अञ्चलमा चौथो व्यवसायिक रेडियो स्टेशन भएको निर्देशक आचार्यले दाबी गरिन् ।
Previous Article९ लाख रुपैयाँ ठगिएको दाबी
Next Article राजमोले बनायो निर्वाचन परिचालन समिती