बागलुङ,२३ असोज–राष्ट्रिय जनमोर्चा बागलुङले आगामी मंसीरमा हुने संघ तथा प्रदेशसभा निर्वाचनको लागि बृहत निर्वाचन परिचालन समिती गठन गरेको छ । शनिबार बसेको जिल्ला कार्यसमितीको बैठकले निर्वाचनलाई लक्षित गरेर परिचालन समिती गठन गरेको हो । निर्वाचन परिचालन समितीको जिल्ला संयोजकको जिम्मेबारी राजेन्द्र ढुङ्गानालाई दिइएको छ ।
समितीको सदस्यहरुमा अमर थापा, धर्म कुँवर, कृष्ण थापा, लक्ष्मी बास्कोटा, कृष्ण पौडेल, नरबहादुर पुन र खिमबिक्रम शाही रहेका छन् । बैठकले जिल्लाका सबै निर्वाचन क्षेत्रहरुमा समेत अलग–अलग निर्वाचन परिचालन समिती गठन गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बागलुङको निर्वाचन परिचालन समितीको संयोजकमा कृष्ण पौडेल तोकिएका छन् । त्यस्तै सदस्यहरुमा राजेन्द्र ढुंगाना, अमर थापा, कृष्ण थापा, नरबहादुर पुन, तिलक थापा र लक्ष्मी बास्कोटा रहेका छन् । प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर १ (क) (काठेखोला बानपा कलस्टर) बागलुङको निर्वाचन परिचालन समिती संयोजकको जिम्मेवारी लक्ष्मी बास्कोटाले पाएकी छन् । समितीको सदस्यहरुमा तिलक थापा, लक्ष्मण पुन, अर्जुन केसी, टिका संगम बिक, प्रेमप्रसाद गौतम, थानेस्वर सुबेदी, चित्रबहादुर कार्की, गंगा थापा, पुर्णबहादुर थपा र ओम पुन रहेका छन् ।
प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर १ (ख) (वरेङ जैमुनी बलेवा कलस्टर) बागलुङको निर्वाचन परिचालन समितीको संयोजकमा नरबहादुर पुन रहेका छन् । सदस्यहरुमा डिलबहादुर दर्जी, कृष्ण थापा, बिरेन्द्र थापा, कृष्ण पौडेल, हिरा बहादुर थापा, ठाकुर शर्मा, लोकनाथ शर्मा, होमबहादुर पुन, डिलबहादुर श्रीस, श्रीप्रसाद थापा, प्रेम रोका, हिराबहादुर पुन रहेका छन् । त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बागलुङको निर्वाचन परिचालन समितीको संयोजकमा बेदिलाल सापकोटा चयन गरिएको छ । सदस्यहरुमा धर्म कुँबर, भिमसेन वन, खिमबिक्रम शाही, भीमलाल पोखरेल, मेकबहादुर पाइजा, टेकबहादुर घर्ति, नेत्र बुढाथोकी र लालबहादुर राना रहेका छन् । प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर २ (क) (गल्कोट तारा बडिगाड कलस्टर) बागलुङको निर्वाचन परिचालन समितीको संयोजकमा भिमलाल पोखरेललाई जिम्मेबारी दिईएको राजमोले जनाएको छ । सदस्यहरुमा सागर कुँवर, मेकबहादुर पाइजा, नेत्र बुढाथोकी, बोमबहादुर थापा, तिर्थसिंह थापा, भिमसेन वन, अमरबहादुर खत्री, टंकबहादुर केसी, पदम श्रेष्ठ र लालबहादुर राना रहेका छन् । प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर २ (ख) (ढोरपाटन निशीखोला तमानखोला कलस्टर) बागलुङको निर्वाचन परिचालन समितीको संयोजकमा धर्म कुँबर चयन भएका छन् ।
समितीको सदस्यहरुमा धनवहादुर अदै, प्रगती बुढा, शिबलाल चालिसे, टेकबहादुर घर्ती, दुर्गादेवी घर्ती, खिमबिक्रम शाही, थम्मन घर्ती, तिलक पुन, डोरबहादुर क्षेत्री र चन्द्र बहादुर घर्ती रहेको राजमोले जनाएको छ ।