मूत्रथैलीमा पत्थरी हुने संभावना धेरैलाई हुन्छ । यस्तो समस्या महिलाको तुलनामा पुरुषमा बढी हुन्छ । भनिन्छ, पत्थरीको रोगीमा ९५ प्रतिशत पुरुष हुन्छ । मूत्रथैलीको पत्थरी मूत्रथैलीमा मिनरल्स क्रिस्टलीकरण हुने कारणले बन्छ । साथै पिशाबमा पानीको मात्रा कमी हुँदा पनि यस्तो समस्या देखिन्छ । आवश्यक्ताभन्दा बढी मिनरल्सले पनि यस्तो समस्या निम्त्याउँछ । लामो समयसम्म शरीरमा पानीको कमी वा पिसाब वाहिर निस्कन असमर्थ भएपनि पत्थरी हुन्छ । यो समस्या त्यसबेला बढ्छ, जब पानीको कमी, ब्लडरको समस्या, इन्फेक्सन, प्रोस्टेट बढ्छ । यदि समयमा यसको उपचार गरिएन भने त्यसले गंभिर समस्या निम्त्याउन सक्छ । पत्थरी भएको कसरी थाहा पाउने ?ः पटक–पटक पिसाब आउँछ र यो क्रम रातमा बढी हुन्छ ।
पेटको तल्लो भागमा पीडा तथा जलन हुन्छ । पिसाब फेरेको बेला जलन वा पीडा हुन्छ । पिसाब रोक्न गाह्रो हुनु । कसलाई हुनसक्छ ?ः पाको व्यक्तिमा जसलाई प्रोस्टेटको समस्या छ । जसको उमेर ८० बर्षभन्दा बढी भयो । त्यस्तो पुरुष जसले बढी जंक फूड र फास्ट फूड सेवन गर्छ । त्यस्तो व्यक्ति जसले पानी कम पिउँछन् । जसको डाइटमा पोषणको कमी छ । मूत्रथैलीमा पत्थरी किन हुन्छ ? १. मूत्रथैलीमा इन्फेक्सन हुँदाः मूत्रथैलीमा पत्थरी हुने पछिल्लो र मूख्य कारण हो, मूत्र मार्गमा इन्फेक्सन, जो मूख्य रुपले जीवाणुद्वारा हुन्छ । पुरुषको तुलनामा महिलामा यस्तो संक्रमण कम हुनुको कारण हो, महिलाको मूत्रमार्ग छोटो हुन्छ । २. मूत्रनलीको रोग, चोटः मूत्र नलीमा कुनै क्षति पुगेको छ, चोट लागेको छ वा रोग लागेको छ भने त्यसको कारणले पिसाब राम्ररी निस्कन पाउँदैन । यहि कारण पत्थरी निर्माण हुन थाल्छ । ३. प्रोस्टेट बढ्नुः प्रोस्टेट बढेपछि मूत्रको निकासमा रोकावट आउँछ ।
त्यसरी बाहिर आउन नसकेको पिसाबमै रहेको अपशिष्ट पदार्थ पत्थरीको समस्या पैदा गर्छ । ४. मूत्रथैली कमजोर हुनुः मूत्रथैली कमजोर भएपछि त्यसको भित्तामा थैली बन्छ । उक्त थैलीमा पिसाब जम्मा हुन थाल्छ र समस्या निम्त्याउँछ । के छ उपचार ?ः यदि उल्लेखित लक्षण देखिएमा तुरुन्तै युरोलोजिस्टलाई भेट्नुपर्छ । यदि परीक्षणबाट सो कुरा सहि निस्किएमा औषधीको माध्यामबाट पनि यसको उपचार खोजिन्छ । औषधिले पत्थरीलाई टुक्रा टुक्रा बनाएर पिसाबको माध्याबाट बाहिर निकाल्छ । यदि औषधीले संभव भएन भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । घरेलु उपचारः घरेलु उपचार विधी पनि अपनाउन सकिन्छ । यद्यपी चिकित्सकिय उपचार छाड्नु हुँदैन । घरेलु बिधीवाट पनि पत्थरी बाहिर निस्कन सक्छ, यद्यपी सावधानी अपनाउनु पर्छ । थाहा भएकै हो, खराब खानपानको कारण पनि पत्थरी हुन्छ । त्यसैले हल्का, सुपाच्य र पोषणले भरपुर खानेकुरा सेवन गर्नुपर्छ ।
शरीरमा कहिले पनि पानीको अभाव हुन दिनु हुँदैन । दिनभर समय समयमा पानी पिउनुपर्छ । जुस, सुपको सेवन गर्न सकिन्छ । यद्यपी चिया, मदिरा, सोडा, कफीको सेवन हानिकारक हुनसक्छ । मूत्रथैलीको पत्थरीको घरेलु उपचार गर्ने हो भने, रोगीलाई केहि दिनसम्म कागती पानी, सुन्तलाको जुस, अधिक पानी पिउनुपर्छ । रोगीले बिहान टहल्नु पर्छ र दुई हप्तामा एक दिन उपवास गर्नुपर्छ । यसका साथै खानामा दही, सब्जी, सलाद आदि भरपुर लिनुपर्छ । एक सय ग्राम भूँइकटरको जुसमा १० ग्राम मिश्रीको चुर्ण र १० ग्राम गुलाव जल बनाएर राती राख्नुपर्छ । बिहान उठेर यसलाई पिउनुपर्छ । प्याजको रस दिनहुँ पिउने गर्दा पनि पत्थरी बाहिर निस्कन्छ । माछा, मासु, अन्डा, घिउ, मसला सेवनले लाभ मिल्छ । –एजेन्सीको सहयोगमा
Previous Articleराजनीतिक अबरोध नै अर्थतन्त्रको बाधक : क्षेत्री
Next Article दश किलोको घिरौला !