बागलुङ,२२ असोज–नेपाल राष्ट्र बैंकका पुर्ब गर्भनर दिपेन्द्रबहादुर क्षेत्रीले समृद्व अर्थतन्त्रको लागि राजनीतिक अबरोध नै सबैभन्दा बढी बाधक भएको बताएका छन् । ‘संघीय संरचनामा आर्थिक समृद्धिका लागि स्वाधिन अर्थतन्त्र’ बिषयक प्रशिक्षण कार्यक्रममा बोल्दै क्षेत्रीले गाउँ तथा जिल्लामा गएको विकास योजना केन्द्रबाट कहिले पनि लागू नभएको कारणले पनि देशमा राम्रो बिकास हुन नसकेको क्षेत्रीले बताए । नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठन बागलुङको आयोजनामा भएको प्रशिक्षण कार्यक्रममा क्षेत्रीले देशको विकासमा अर्थको ठुलो भुमिका भएपनि बजेट समयमा आउन नसक्नु पनि प्रमुख कारण भएको बताए ।
कार्यक्रममा केन्द्रिय बरिष्ठ उपाध्यक्ष डम्बर देब अर्यालले राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने हो भने देशलाई आर्थिक रूपमा मजबुत बनाउन जरुरी रहेको बताए । कार्यक्रममा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका केन्द्रिय कार्यबाहक अध्यक्ष श्याम प्रसाद श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष ईन्दलाल सापकोटा, प्रमुख जिल्ला अधिकारी बिष्णु बहादुर थापा, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष जयराम भारी, बागलुङ नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष जीवन आचार्य, नेपाल राष्ट्रिय बाणिज्य संघका जिल्ला अध्यक्ष पुनमप्रसाद शर्माले बोलेका थिए । कार्यक्रममा स्वागत नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनका जिल्ला उपाध्यक्ष मुकेशचन्द्र राजभण्डारी र अध्यक्षता राजबहादुर थापा र संचालन पत्रकार राम थापाले गरेका थिए ।
Previous Articleढोरपाटन शिकार आरक्षमा वार्षिक करोड बढी राजश्व
Next Article मुत्रथैलीमा पत्थरी र जलन किन हुन्छ ?