बाहुबली–२ मा प्रभास र अनुष्का शेट्टीको जोडी देखेर दर्शकमात्र हैरान थिएनन् । आलोचकले पनि दुबैको जाडीको तारिफ गरेका थिए । फिल्म रिलिज भएपछि जति चर्चा यो फिल्मको भयो त्यति नै यी दुई पात्रको पनि भएको थियो । बक्स अफिसमा कमाइ धेरै गर्दै धमाका पिटेको बाहुबली–२ का हिरो हिराइन डेटमा गएको चर्चापनि कम चलेको थिएन ।
भारतीय सञ्चारमाध्यममा आएका समाचारहरुका अनुसार प्रभासले बाहुबलीको सफलतासँगै करिब ६ हजार विवाह प्रस्तावलाई अस्विकार गरेका थिए । आधिकारिक रुपमा त प्रभासले यस विषयमा मुख खोलेका छैनन् । तर उनको सम्बन्धका विषयमा बेलाबखतमा चर्चा हुने गरेको छ । पछिल्ला दिनमा अनुष्कासँग प्रभावसको विवाहको तयारी भएको चर्चा चलेको छ ।
प्रभास र अनुष्का यस वर्षको अन्तिमतिर विवाहको तयारीमा रहेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ । तर यसबारे प्रभास र अनुष्का दुवैले केही बताएका छैनन् । फिल्म प्रोजेक्टमा व्यस्त रहेका उनीहरुले केही समयमै मुख खोल्ने अनुमान गरिएको छ । एक रिपोर्टका अनुसार स्वयं प्रभास चाढैं नै आफ्नो अनुष्काको सम्बन्धमा आधिकारिक भनाइ सार्वजनिक गर्न सक्छन् । यसपछि डिसेम्बरमा दुवैको विवाह हुने तयारी छ ।
प्रभासलाई र अनुष्का विभिन्न पार्टी र डेटहरुमा गएका तस्वीरहरु सार्वजनिक भएको छ । प्रभास र अनुष्काले बिल्ला तथा मिर्ची फिल्ममा पनि काम गरिसकेका छन् । प्रभास पछिल्ला दिन आफ्नो नयाँ फिल्मको शूटिंगमा व्यस्त छन् । अनुष्का पनि नयाँ प्रोजेक्टमा व्यस्त छन् ।
Previous Articleविश्वकप छनोटको सम्भावना र चुनौती
Next Article लोकतान्त्रिक गठबन्धन बनाउन कांग्रेससहित ६ दल सहमत