बागलुङ/बिद्यामन्दिर पुस्तकालय बागलुङको साहित्य उपसमितिको आयोजनामा शनिबार बिजया दशमीको शुभकामना आदन–प्रदान तथा साहित्य गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा युक्त प्रसाद सुवेदी, राजेशचन्द्र राजभण्डारी, दिल शिरीष, धनराज सापकोटा, गोबिन्द सुवेदी, मन्जु केसी, सिजना कार्की, मनिषा सापकोटा, सुप्रिया सापकोटा, संगम घर्ती र मनिषा पुनले आआफ्नो कबिता, गजल र मुक्तक बाचन गरेका थिए । साहित्यलाई जगाउने उद्देश्यले बिद्यामन्दिर पुस्तकालयले प्रत्येक महिनाको एक पटक नियमित साहित्य गोष्ठी आयोजना गरेको यसलाई छिटोछरिटो बनाउन भाषण रहित साहित्य बनाउन शुरूवात गरेको पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीले बताए । गोष्ठीको संचालन राजेशचन्द्र राजभण्डारी र स्वागत पुस्तकाध्यक्ष मञ्जु के.सी.ले गरेकी थिइन ।
Previous Articleसेतो गुराँसको साधारणसभा
Next Article हुग्दिशिरमा गाडी दुर्घटना दुईको मृत्यु