बागलुङ/ सेतो गुराँस बालविकास सेवा बागलुङको १८ औँ बार्षिक साधारणसभा तथा छैँठौँ अधिवेशन बागलुङमा सम्पन्न भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलले पछिल्लो समय शैक्षिक गुणस्तर विस्तारै कम हुँदैँ गएको भन्दै बालबालिकाहरुलाई शैक्षिक गुणस्तर प्रदान गर्न सबैको सहकार्य आवश्यक रहेको बताएका थिए । उनले बालबालिकाहरुको हक हित संरक्षणका लागि अनुभवी विज्ञहरु मार्फत योजना निर्माणका तहदेखि कार्यान्वयन सम्मका काम गर्ने बताए । पौडेलले आयातका कारण जनतासंग भएको पूँजि बाहिर गैरहेको भन्दै जनप्रतिनिधिहरुले आयात प्रतिस्थापन गरी निर्यात प्रवद्र्धनका लागि स्थानीय स्रोत र साधनको अधिकतम उपयोगमा जोड दिने बताएका छन् ।
कार्यक्रममा जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेल, राजनीतिक दलका तर्फबाट नेकपा मालेका मञ्जु क्षेत्री, ज्येष्ठ आजिवन सदस्य देबबहादुर श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल श्रीष लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभाका अवसरमा संस्थाले पत्रकार प्रकाश बराल र संस्थामा पुर्व अनुगमन तथा मुल्याङकन अधिकृत पदमा कार्यरत कालिका सापकोटालाई सम्मान गरेको छ । सो अवसरमा सचिव बिना कार्कीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सिर्जु राजभण्डारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बागलुङ नगरपालिकामा संचालित २६ वटा बालबिकास केन्द्रको अबस्था यसले समाजमा पारेको प्रभाव, तालिम पछि बाल शिक्षकले राम्रो भुमिका खेलेको हँुदा बालबालिकाले राम्रो क्रियाकलाप सिकेको धारणा सरोकारवालाले राखेका थिए ।
नयाँ संरचना अनुसार काम गर्नुपर्ने भएको हुदा अझै चुनौती रहेको हुँदा सरोकारवालाले सजग भएर काम गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष महेशचन्द्र राजभण्डारीको अध्यक्षता, उपाध्यक्ष केवी राना मगरको स्वागत मन्तव्य र सचिव बिना कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । अधिवेशनले महेशचन्द्र प्रधानको अध्यक्षतामा ११ सदस्यिय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा केवि राना मगर, सचिवमा बिना कार्की, कोषाध्यक्षमा सिर्जु राजभण्डारी चयन भएका छन् । यस्तैगरी सदस्यहरुमा मनोजकुमार बिक, अशोकगोविन्द राजभण्डारी, शकुन्तला शर्मा, पार्वती सापकोटा, अगम पालिखे, गंगाप्रसाद कँडेल रहेका छन् । निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था रहेको बताइएको छ ।