बागलुङ/शनिवार अपरान्ह ३ बजेको समयमा बरेङ गाउँपालीका वडा नम्वर ३ बाटाकाचौर नयाँवजारका लागि छुटेको पिकअप जिप हुग्दिशिरको खाल्टाखर्क भन्ने स्थानम दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्युभएको छभने १२ जना घाइते भएका छन् । १४ जना सवार उक्त जीप सडक बाट करीव २ सय मिटर तल खसेको प्रहरीको भनाई छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङबाट प्राप्त जानकारी अनुसार बागलुङ सदरमुकाम देखी बरेङ गाउपालिकाको बरेङ तर्फ प्रहरीलाई लिएर गएको ध १ ज १३४ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार प्रहरी हवल्दार खिमबहादुर विष्ट र प्रहरी जवान ढालबहादुर श्रीसको घटनास्थलमै मृत्यु भएको हो । प्रदेश नं २ मा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा खटिएर कर्तव्य निर्वाह गरी आफ्नो कार्यस्थल बरेङ इलाका प्रहरी कार्यालय फर्किरहेको बेला यो दुखद दुर्घटना भएको हो । जिप दुर्घटनामा गम्भीर घाईते बरेङ बजारमा व्यवसाय गरि बस्ने समिर मिया, मञ्जी खातुन, जिप चालक साधन श्रीष, सबिना खातुनको थप उपचारको लागि लागि धौलागिरी अञ्चल अस्पताल बागलुङ तर्फ ल्याईएको छभने अन्य घाइतेहरु प्रहरी जवान गुञ्जबहादुर राना, रिना लामिछाने, सत्कार लामिछाने, तमबहादुर खत्री, जितु लामिछानेलाई थप उपचारको लागि पाल्पा तर्फ लगिएको छ । सामान्य घाइेत प्रहरी जवान शेरबहादुर नेपाली भने इलाका प्रहरी कार्यालय बरेङमा फर्किएका छन् ।