सेतो कपाल अर्थात कपाल फुल्नु, धेरैको निम्ति टाउको दुखाईको बिषय हो । एउटा निश्चित उमेरपछि कपाल फूल्नु स्वभाविक हो । यद्यपी अहिले कम उमेर वा किशोरवयमै कपाल सेतो हुने समस्या देखिन्छ । कपाल सेतो भएपछि त्यसलाई कालो बनाउन अनेक विधी अपनाइन्छ । धेरैले मेहेन्दी लगाउँछन् । यसले किशोरहरुको व्यक्तित्व विकासमा असर पर्छ नै, आत्माविश्वास पनि कमजोर हुन्छ । हाम्रो शरीरमा मेलानोसाइटिस सेल्स पाइन्छ, जसले कालो वर्ण निर्माण गर्छ र हाम्रो कपाललाई कालो बनाउँछ । अक्सर यो मेलनिनको उत्पादन उमेर बढेसँगै घट्दै जान्छ । त्यही कारण बुढ्यौलीमा कपालको कालोपन हराउँदै जान्छ । अर्को कारण चाहि, जब कुनै कारणवस मेलनिनको उत्पादनमा अवरोध आउँछ, हाम्रो कपाल असमयमै सेतो हुन्छ । एजिङ अर्थात बढ्दो उमेर, पेटको गडबडी, भोजनमा सहि पोषणको कमी, हर्मोनमा परिवर्तन, मदिराको सेवन, धुमपान, जर्दा गुट्खा आदिको सेवन, प्रदूषण, केसको हेरचाह नगर्नु, साइनस, थाइराइडको समस्या, मानसिक तनाव अर्थात डिप्रेसन, जथाभावी हेयर प्रोडक्टको प्रयोग, वंशानुगत कारण । यसमध्ये कुनै कारणले पनि कपाल फूल्न सक्छ । पोषणयुक्त सन्तुलित खाना, घरेलु उपचार आदिको सहयोगले कपाललाई कालो बनाउन सकिन्छ ।
सावधानीः कपाललाई कालो बनाउनका लागि केमिकलयुक्त हेयर कलर खोजिरहनुभएको छ भने त्यो हानिकारक हुनसक्छ । यसले क्षणिक रुपमा त समस्याबाट पार लगाउँछ तर, दीर्घकालिन रुपमा नराम्रो क्षति पुर्रुयाउन सक्छ । त्यसैले यसको उपचार प्राकृतिक विधीबाट नै खोज्नुपर्छ । सेतो कपाललाई कालो बनाउन अमला निकै उपयोगी हुन्छ । यसमा रहेको एन्टि एजिङ गुण र पोषक तत्व जस्तो कि भिटामिन सि मेलनिन कम गर्ने कारकसँग लड्छ र त्यसको निर्माणमा सहयोग गर्छ । फलतः केस कालो र घना हुन्छ । साथै केस झर्ने, रुखो हुने समस्याबाट पनि छुटकारा दिलाउँछ । सुख्खा अमला पिसेर पाउडर बनाउने । त्यसलाई नरिवलको तेलसँग मिसाउने । उक्त मिश्रणले राती सुत्नुअघि कपाल मसाज गर्नुपर्छ । रातभर त्यतीकै छाडेर बिहान सफा पानीले पखाल्नुपर्छ । यदि अमलासँगै मेथी दाना पनि तताएर लगाइयो भने थप प्रभावकारी हुन्छ । नरिवलको तेल कपालको लागि बरदान हो । यसले कपाललाई मोश्चराइज राखेर रुखो हुन नदिने मात्र होइन, कपाल झर्नबाट समेत बचाउँछ । साथै नरिवल तेलले कपाललाई पोषण पनि दिन्छ । त्यतीमात्र होइन, नरिवलको तेलको नियमित प्रयोगले सेतो कपाल कालो हुन्छ । यता कागतीको रसमा भिटामिन बि, भिटामिन सि हुन्छ । दुई चम्चा नरिवल तेलमा कागतीको रस मिसाएर कपालमा मसाज गर्नुपर्छ । एक घण्टापछि कपाल धुनुपर्छ । यसलाई लगाएर घाममा भने बस्नु हुँदैन । नरिवल तेलको ठाउँमा बदामको तेल पनि प्रयोग गर्न सकिन्छ । तोरीको तेलमा यस्तो गुण हुन्छ, जसले मेलनिनको उत्पादन बढाउँछ । यसले कपाललाई कालो बनाउन मद्दत गर्छ । साथै तोरीको तेलको पोषणले केस बलियो पनि हुन्छ । सेतो कपालबाट मुक्ति पाउनका लागि एउटा सहज उपाय हो, प्याजको प्रयोग । –एजेन्सीको सहयोगमा
Previous Articleविश्वकर्मा पुजा धुमधाम मनाईयो
Next Article विद्युत सास्ती र हाम्रा नेता