बागलुङ / जिल्लाको धम्जामा जन्मिएका बहुप्रतिभाका धनी गायक, मोडल एवं सर्जक प्रकाश सपुतको दशैं कोसेली ‘चरर ‘बरर’ धरर’ युट्युवमार्फत हालै सार्वजतिक गरिएको छ ।
प्रकाश र सम्झना लामिछानेले फिचरिङ गरेको गितमा बागलुङ धम्जाकै दाजुभाई कमल विकले सारङ्गी तथा ताराकान्त विकले मादलमा प्रकाशलाई साथ दिइरहेको देख्न सकिन्छ । सपुतको ‘यस्तै छ कहानी’ प्रदेशिने नेपालीहरुको कथालाई समेटेर तयार पारिएको पछिल्लो चर्चित गित हो ।
दर्जनौ गीतमा आवाज, सिर्जना तथा अभिनय समेत गरेका सपुत पछिल्लो समयका चर्चित एवं व्यस्त गायकको सूचीमा गनिन्छन् । प्रकाश सपुत र सम्झना लामिछानको आवाज रहेको गीतमा दिपेन्द्र तिमल्सिनाको निर्देशन छभने लय तथा शव्द समेत सपुत कै छ ।
गीत सार्बजनिक गर्दै सामाजिक सञ्जालमा सपुत लेख्छन्– ‘यो गीत हेरेर एक प्रदेशीले आफ्नो घर सम्झे भने, घर्काले आफ्नो परदेशी सम्झे भने र मानौ कसैले कसैलाई सम्झनु नपरे पनि यो गित हेरिसकेपछि दर्शक स्रोताले बरिष्ठ लोक गायक नारायण रायमाझी र स्व. झलकमान गन्दर्भहरुलाई सम्झे भने पनि म सफल भएको महशुस गर्नेछु ।’ ‘किनकि उहाँहरुको मौलिक गन्दर्भ शैलीमा थोरै आफ्नै ढंगले पछ्याउने प्रयास गरेको छु’ सपुतले भने– ‘म गाली र ताली दुबैका लागि तयार छु । बढ्दै गएको मुटुको ढुकढुकी रोकेर यो गीत तपाईहरुको लागि ।’
Previous Articleनरेशको पञ्चेबाजामा गाउँको सम्झना(भिडियो सहित)
Next Article बचतकर्तालाई वित्तिय शिक्षा