माटोको माया देशमा भन्दा प्रदेशमा रहँदा बढि हुन्छ भन्ने कुरालाई सावित गर्दै यहाँका एक सर्जकले आफ्नो जन्मभुमीको बयानलाई गीतमा उतारेका छन् । जिल्लाको रायडाँडामा जन्मेका नरेश बोहोराले शव्द संगीतमार्फत जन्मभुमीको चर्चा गरेका हुन् । रोजगारीको शिलशिलामा भारतिय सेनामा कार्यरत बोहोराले जन्मभुमीको चर्चा गर्दै गीत बजारमा ल्याएका हुन् । पञ्चेबाजामा आधारित गीतमा बोहोराले आफ्ना शब्दसँगै अभिनय गरेका छन् ।
ज्यान भन्दानि प्यारो गाउँ जन्मेको जहाँ भएनि छु मैले सम्झेको
बागलुङ बजार छेक्दियो फलाटेको डाँडै अल्कोले
जन्मे हुर्कें रायडाँडा मरण मेरो कहाँ होला जहाँ गएनि छोडेन गाउँकै झल्कोले’
निकै कारुणिक शव्द चयन गरेका बोहोराको गीतमा स्वर भने बसन्त थापा र जुना श्रीषले भरेका छन् । बोहोराले ‘गिरें तिम्रो नजरबाट’ भन्ने गीतबाट नेपाली लोक संगीतको क्षेत्रमा प्रबेश गरेका थिए । समसामयिक बिषयबस्तुलाई शब्दमार्फत पस्कन निकै सिपालु बोहोराले दुई दर्जन बढि गीतहरुमा शब्द लेखेका छन् । भारतिय सेनाको जम्मुकाश्मिर पल्टनमा कार्यरत बोहोरा फुर्सदको समयलाई गीत संगीतमा खर्चने गरेको बताए । पल्टनमा रहँदा आफुले भोगेको भोगाइलाई पनि गीतमार्फत प्रस्तुत गर्ने उनको भनाई थियो । छोटो समयको छुट्टीमा नेपाल आउँदा पनि उनले गायन तथा मोडलिङमा आफ्नो समय खर्चिने गरेको उनका साथीभाइ बताउँछन् । मोडलिङमा समेत निकै दख्खल राख्ने उनले दर्जन बढि भिडियोहरुमा अभिनय गरेको बताए । धेरै माया गर्छिन, लैजाउ मुटु झिके, जानी–जानी धोका दिएकी हौ, खुशी छैन ओठमा, गयौ तिमी खुसी लिएर, मनको धनी छु सानु, जन्मे हुर्के रायडाँडा जस्ता उनका सफल गीत हुन् ।
Previous Articleश्रीषको उपचार खर्च सार्वजनिक
Next Article सपुतको दशै कोसेली ‘चरर’ ‘बरर’ ‘धरर’