बागलुङ, ३१ भाद्र – राष्ट्रिय बाल दिवस २०७४ को अवसर पारेर आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले संस्थामा रहेका बाल वचतकर्ताहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बालबालिकाहरुलाई वित्तीय रुपमा सचेत बनाउने, खानपानमा हुने लार्पवाही रोकेर बचत गर्ने बानीको विकास गर्ने, रचनात्मक क्रियाकलापमा अग्रसर गराउने उदेश्यका साथ बाल वचतकर्ताहरुको भेला तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरिएको संस्थाले जनाएको छ । कार्यक्रमको उद्घाटन गर्दै बागलुङका प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले बालबालिकाको हक अधिकार सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने बताए । उनले बालबालिका भबिष्यका कर्णधार भएकाले सानै उमेरबाट सकरात्मक बाटो तर्फ अगाडी बढाउनुपर्ने बताए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष तथा नेपाल सूचना तथा सञ्चार सहकारी केन्द्रीय संघका उपाध्यक्ष मना केसीले बालअधिकारलाई स्थापित गर्न आधारभुत आवश्यकताको परिपुर्ति गर्नुपर्ने बताउदैँ यसलाई स्थापित गर्न सम्पुर्ण बयस्क तथा सरोकारवालाको जिम्मेवारी रहेको बताएकी थिइन् । कार्यक्रममा बाल अधिकार, बाल वचतकर्ताको भूमिका, आदर्श सञ्चार सहकारी संस्थाले सञ्चालन गरेको दीर्घकालिन बाल वचत र यसको अवस्थाका बारेमा संस्थाका सम्पादक रामबहादुर जिसीले जानकारी दिएका थिए । आदर्श सञ्चार सहकारी संस्थाले शेयर सदस्य र उनीहरुका छोराछोरीका लागि सञ्चालन गरेको दीर्घकालिन खातामा करिब ६० लाख रुपैया जम्मा भएको उनले बताए । प्रत्येक शेयर सदस्य र छोरा छोरीले मासिक न्यूनतम १ सय रुपैयाँ जम्मा गर्ने अभियान संस्थाले बनाएको छ । उनीहरुले जम्मा गरेको मासिक वचतमा संस्थाले वार्षिक रुपमा १२ प्रतिशत ब्याज दिदै आएको छ । एक जना व्यक्तिले मासिक १ सयका दरले वचत जम्मा ग¥यो र उसको खातामा वार्षिक १२ प्रतिशत व्याज थपिदै गयो भने ५० वर्षमा २८ लाख ७९ हजार १ सय ५९ रुपैया जम्मा हुन्छ । दीर्घकालका लागि मासिक १ सय रुपैया वचत गर्ने अभियानलाई व्यापक बनाउदै जान सकेमा बुढेसकालको साहराका रुपमा रहने समेत उनको भनाई छ । कार्यक्रम संस्थाका अध्यक्ष अमर थापाको अध्यक्षता, उपाध्यक्ष हुमाकुमारी जिसी अन्जुको स्वागत र सचिव प्रेम लामिछानेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा संस्थाले भदौं १७ गते सम्पन्न गरेको एघारांैं साधारणसभाको अवसरमा सम्मान गर्न बाँकी रहेका संस्थामा नियमित कारोबार गर्ने र उत्कृष्ट कारोबार गर्ने सेयर सदस्यहलाई प्रमाण पत्रले सम्मान गरेको थियो ।
Previous Articleसपुतको दशै कोसेली ‘चरर’ ‘बरर’ ‘धरर’
Next Article फुटसलको फाइनलमा विएससि र नयाँ जिवन भिड्ने