बागलुङ, ३१ भाद्र – लुपस रोगबाट पिडित भएर निधन भएकी बिष्णु श्रीष पुनको उपचारका संकलन भएको तथा खर्च रकम सार्वजनिक गरिएको छ । पुनको उपचार सहयोग समितिले पत्रकार सम्मेलन गरेर खर्च जानकारी गरेको हो ।
अनौठो प्रकारको रोग लागेको र उपचारका लागि धेरै खर्च हुने भएपछि अभिभावकले खर्च पु¥याउन नसकेपछि सहयोग समिति मार्फत रकम संकलन भएको थियो । देश र विदेशबाट ५१ लाख ७७ हजार ९ सय ८० रुपैयाँ संकलन भएकोमा उपचारमा ५० लाख ७५ हजार ३ सय ३८ रुपैयाँ खर्च भएको समितिका सचिव जीवन काउचाले बताए ।
बचेको १ लाख ६ हजार रुपैयाँ नविल बैंकको खातामा राखिएको पनि उनले बताए । बचाउन नसकेपनि रकम संकलनमा सहयोग गर्ने सबैलाई समितिले धन्यवाद दिएको छ । लुपस रोगको उपचारको क्रममा श्रीषको गत भदौं ४ गते निधन भएको थियो ।
साथै समितिले बिष्णु पुन स्मृति शान्ति कोष बनाएर निरन्तर रकम संकलन र जम्मा हुने खाता बनाउन लागेको पनि बताइएको छ । उक्त कोषमा सबै जात, क्षेत्र र वर्गको सहभागिताको बनाईने समितिका संयोजक गगनबहादुर पुनले बताए ।
Previous Articleमहासंघ र आश्रमलाई शर्माको सहयोग
Next Article नरेशको पञ्चेबाजामा गाउँको सम्झना(भिडियो सहित)