मन पोख्रेल
गुम्सिएका मनका भाव पोखेर यो गजल लेखे
तिम्रो माया यो छातिमा रोपेर यो गजल लेखे
चाह छैन मन्दिर मस्जिद चहारेर बस्ने मलाई
मेरि आमा तिम्रै पाऊ ढोगेर यो गजल लेखे
मेरो लागि कति दुःख सहेकी छौ मलाई थाहा छ
के सकुला रिण तिर्न सोचेर यो गजल लेखे
सम्झन्छु म पुराना दिन, रसाउँछन यि आँखाहरू
परेलिको डिलमा यो बाँध बाधेर गजल लेखे
तिमी छैनौ व्यर्थ छन् यि दुनियाँका खुसिहरू
तिम्रै नाम तिम्रै मन्त्र जपेर यो गजल लेखे