सूर्य पौडेल
छन्दः भुजङ्गप्रयात (य, य, य, य)
म चिम्लिन्छु आँखा, तिम्रै रूप नाच्छ ।
कि झिम्किन्छ आँखा, भनी चित्र जाँच्छ ।।
फिका मान्छ त्यो जून्, तिम्रो रूप देख्ने,
ढलाऊँ पहाडै, तिमीलाइ छेक्ने ।।
अघाउँछु सुने, नखाई म बोली,
लगाऊ न मैले, सिएको छु चोली ।।
तिम्रो प्रेम दासी, मलाई बनायौ ।
तिम्रो लागि मर्ने, टुना के खनायौ ।।
म मान्दिन चोखो, छ माया नि अर्को,
छ एक्को त एकै, सधैं भाग्य धर्को ।
तिम्रै लागि मेरो, मुटू हो बनेको ।
झुटो सास फेर्ने, कसैले भनेको ।।
यहाँ छैन केही, मसँगै गुनासो ।
मलाई खुशीको, तिम्रै हो त चासो ।।
म स्वप्ना सुनौला, निदाउँछु देखी,
तिमी जाउ माथी, यही माथ टेकी ।।
तिमी नै त हौ यो, नशामा बगेकी,
अहँ हैन भन्दै, मलाई ठगेकी ।
भयो थाह ऐले, भिझ्यो ती परेली,
पुगेँ दूर जैले, म जीवन् उखेली ।।
बा. न. पा. १३ पैयुँपाटा, बागलुङ ।
(हाल, कीर्तिपुर)