पर्वत, २० भाद्र – जिल्ला अदालत बार एकाईको अध्यक्षमा भोलानाथ शर्मा निर्विरोध निर्वाचित भएका छन् । बार एकाई कुश्मा पर्वतको दुई दिनसम्म सञ्चालित १६ औं जिल्ला अधिवेशनबाट शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसअघि दुई पटकसम्म अध्यक्षको जिम्मेवारी सफलतापुर्वक सम्पन्न गरेका शर्मा तेश्रोपटक पर्वत जिल्ला अदालत बार एकाईको अध्यक्षमा चयन भएका हुन् । ४४ जनाभन्दा बढी कानुनी व्यवसायीहरुको छाता संगठन बार एकाईको अधिवेशनबाट उपाध्यक्षमा राजेन्द्र भूसाल, सचिवमा पुण्यप्रसाद सुवेदी र कोषाध्यक्षमा तेजराज चापागाई चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा क्रमशः यज्ञबहादुर थापा, भिमराज सापकोटा, तुलसीप्रसाद सुवेदी, देवीप्रसाद शर्मा, जगदिश शर्मा पौडेल, दिलिप शर्मा पौडेल र लिलाधर सुवेदी रहेका छन् ।
अधिवेशनले हरिनारायण रेग्मी, चन्द्रबहादुर क्षेत्री, डम्मरु शर्मा, उदय सुवेदी र विश्वराज पाण्डेयलाई केन्द्रिय पार्षद चयन गरेको छ । अधिवेशनले केन्द्रिय र प्रादेशिक निर्वाचन निष्पक्ष सम्पन्न गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने प्रस्ताव पास गरेको छ ।