अक्सर बिवाहित दुलहीले सिउँदोमा सिन्दुर लगाउने परम्परा छ । तर, यसरी प्रयोग गरिने सिन्दुर हानिकारक हुने तथ्य सार्वजनिक भएको छ । हालै प्रकासित एक अध्ययनले खुलासा गरेको छ, ‘सिन्दुरमा लिड अर्थात सिसाको अधिक प्रयोग हुने गरेको छ ।’ खासगरी सिन्दुरको रंगलाई गाढा बनाउन टेट्रोक्साइड नामक सिसाको प्रयोग गरिएको पाइन्छ ।
न्युजर्सीस्थित रच्गर स्कुल अफ पव्लिक हेल्थ, पिस्काटावेका शोधकर्ताहरुले गरेको नमुना परिक्षणमा कुल ११८ वटा सिन्दुरको नमुना परीक्षण गरिएको थियो । त्यसमध्ये ९५ वटा नमुना न्यूजर्सीस्थित साउन एशियन स्टोरबाट लिइएको थियो । बाँकी २३ वटा भारतको मुम्बई तथा दिल्लीका शहरबाट मगाइएको थियो । संकलित सिन्दुरमध्ये ८० प्रतिशतमा न्यूतमम मात्रामा लिडको प्रयोग भएको पाइएको थियो ।
त्यस्तै बाँकीमा अमेरिकन फुड तथा ड्रग एडमिनिस्ट्रेसनले तोकेको मापदण्ड भन्दा अधिक मात्रामा सिसाको प्रयोग भएको पाइएको थियो ।
किन हानिकारक ?ः सिउँदोमा प्रयोग गर्ने सिन्दुर हावाको माध्यामबाट हाम्रो फोक्सोमा पुग्छ । त्यस्तै, खानाको माध्यामबाट पेटमा पुग्छ । यतिबेला त्यसमा रहेको सिसाको सोझो असर शरीरमा पर्ने नै भयो । अझ यसको जोखिम बर्ग, नवजात शिशु हुन् ।
आमाको सिन्दुरले उनीहरुको स्वास्थ्यमा एकदमै प्रतिकुल असर पार्न सक्छ । अध्ययनमा भनिएको छ, ‘६ बर्षभन्दा कम उमेरका बच्चाका लागि यो थप हानिकारक छ ।’ यस्तो थियो नतिजाः नमुना परिक्षणका क्रममा ८३ प्रतिशत अमेरिकी सिन्दुर तथा ७८ प्रतिशत भारतीय सिन्दुरमध्ये दुवैमा सिसाको मात्रा कम्तीमा एक माइक्रोग्राम पाइएको थियो । ‘सिसामा निश्चित मात्रा भन्ने हुँदैन, त्यसैले यो कसैको लागि पनि सुरक्षित छैन ।’ सोधमा उल्लेख छ । अझ ६ बर्षभन्दा कम उमेरका बालबालिका त यसको जोखिम बर्गमा छन् ।
रङ, धुलो आदिमा सिसाको प्रयोगले स्वास्थ्यलाई त खराब गर्छ नै, बौद्धिक क्षमतामा समेत ह्रास आउने बताइन्छ । अमेरिकन फुड तथा ड्रग एडमिनिस्ट्रेसनले कस्मेटिक्समा सामानमा लिडको मात्रा प्रतिग्राम २० माइक्रोग्राम भन्दा बढी हुन नहुने जनाएको छ ।
जबकी १९ प्रतिशत अमेरिकी नमुना तथा ४३ प्रतिशत भारतीय नमुनाले उक्त मापदण्ड पार गरेको थियो । त्यस्तै, अमेरिकाको तीनवटा नमुना तथा भारतका दुई वटा नमुनामा लिडको मात्रा दश हजार माइक्रो ग्राम भन्दा अधिक रहेको पाइएको थियो ।
–एजेन्सीको सहयोगमा