बागलुङ, १८ भाद्र – सिवाईसी बचत तथा ऋण सहकारी संस्थाले मजदुर सँग सिवाईसी अभियान संचालन गर्ने भएको छ ।
शनिवार भएको आठौं बार्षिक साधारणसभाले उक्त एजेण्डा पास गर्दै अािर्थक रुपमा विपन्नको घर दैलोमा पुगेर उनीहरुलाई पनि समृद्धिको बाटोमा हिडाउने निर्णय गरेको हो । साधारणसभाले सहकारीको माध्यमबाट आर्थिक समृद्धिको ढोका खोल्ने अभियानमा ढुंगा, गिटी, टायल, मार्वलको क्षेत्रमा काम गर्ने मदजुरलाई पनि हुने खानेसँगै हिडाउने निर्णय गरेको अध्यक्ष चण्डीप्रसाद शर्माले बताए ।
चालु आर्थिक बर्ष भित्र कम्तिमा १ सय जना मजदुरलाई बचतको विकास गराउने, कुनै न कुनै व्यवसायमा संलग्न गराउने अभियान संचालन गर्ने भएको शर्माले जानकारी दिए । साधारणसभाको उद्घाटन गर्दै सांसद रत्ना शेरचनले गाउँ र झुपडीमा पुगेर गरिवी निवारणको काम गर्न सहकारीलाई आग्रह गरेकी थिइन् ।
सहकारीले सामुहिक निर्णय र सामुहिक लाभमा सहभागि हुने अवसर दिएको भन्दै उनले महिला शसक्तिकरण, सामाजिक क्षेत्रमा रहेका असमानताको अन्त्यमा पनि भूमिका खेल्नुपर्ने धारणा राखिन् ।
Previous Articleयसकारण हानी पु¥याउँछ सिन्दुरले
Next Article ‘अनुदान वास्तविक कृषकले पाउनुपर्छ’