कृष्ण प्रसाद शर्मा
सरकारमा जो प्रधानमन्त्री भए पनि पहिलो भ्रमण भारत नै हुनुपर्छ भन्ने सल्लाह दिने कच्चा परराष्ट्रका जानकार र सत्तामा भएका प्रधानमन्त्री दुवै एक पटक दिल्ली पुगेकै हुन्छन् । पत्रकार एवं लेखक आश्वीनी कोईराला जीले एउटा फोटो पोष्ट गर्नु भएको थियो जसमा भारतका प्र.म मोदीले सुशिल कोईराला, प्रचण्ड, के.पी ओली र शेर बहादुर देउवासंग हात मिलाएको फोटो थियो जसमा क्याप्सनमा थियो “एउटा मोदीले कति प्रमलाई स्वागत गर्ने’’ लेखिएको थियो । यो फोटोले सिङगो नेपाली राजनितिको चरित्र र अस्थिरता देखाउँछ । बिकास हुन स्थाई सरकार आवश्यक पक्कै हुन्छ । यसले हाम्रो अस्थिरता प्रष्टाएको छ ।
जनताले अहिलेसम्म किताब पढेको आधारमा नेपालको परराष्ट्र निती भनेको त्यही पन्चशीलको बाहेक केही थाहा छैन त्यो बाहेक अरू कहीँकतै कसैले प्रभावकारी रुपमा आफ्नो मत जाहेर गरेको देखिएको पनि छैन । भारतको लगाएत बिश्वका धेरै देशको एक ठोस परराष्ट्र नीति छ जसको आधारमा जो सत्तामा आए पनि केही नरम देखिए जस्तो भए पनि अन्ततः उनीहरू त्यसरी नै प्रस्तुत हुन्छन् जसरी ईन्दिरा गान्धीका पालामा नेपाललाई लगाईएको नाकाबन्दी मोदीका पालासम्म आईपुग्यो । यसको अर्थ भारतले चाहे अनुसार नेपालले नगरे के गर्ने उनीहरूको एउटा पुर्व तयारीको योजना छँदैछ । कुटनैतिक हिसाबले देश सानो हुँदैमा कुटनिती सानो वा कमजोर भन्ने हुँदैन त्यसो हुन्थ्यो भने क्युवा भन्ने देश यो पृथ्वीमा आजसम्म रहने पनि थिएन ।
बिदेशमा रहेका कुटनिति नियोगका मान्छेहरूलाई समेत थाहा छ कुनै देशको प्रतिनिधिलाई भेट्न कति गाह्रो मात्रै होईन कति संवेदनशील रुपमा लिन्छन् । हामी कहाँ परराष्ट्र भनेको मियो बिनाको दाँई जस्तै भएकोछ । जसका कारण कुनै पनि प्र.म भारत पुगेर आउँदा कुनै न कुनै बिवाद हुने गर्छ । हालै देउवा भारत गएको बेला समेत टिकाटिप्पणी भएका छन् जुन हरेक पटक हुने गर्छन । के बोल्ने के नबोल्ने सम्मको हेक्का छैन प्र.ममा । संसदले टुङगाएका कुरा बिदेशी सामु राख्नु ठीक थिएन जसको बिरोध सत्ता गठबन्धनका एक नेता नारायणकाजीले समेत जनाएका थिए । बिना तयारी जाने अनि उता बोलेको कुरामा हँ मा हँ मिलाउने काम गर्नु राष्ट्रविपरित हुन्छ । बाबुराम भट्टराईको पालामा समेत बिबाद भयो ।
देश भित्रै पनि परराष्ट्र मन्त्रालयमा खबर समेत नगरे बिदेशी कुटनितिक नियोगका मान्छेले प्रम एवं मन्त्रीहरूलाई भेट्छन् । सामान्य जानकारी समेत दिँदैनन भने हाम्रा उच्च तहका नेताहरू दूतावासका एउटा अधिकृतले बोलाएका रात्री भोजमा प्रोटोकलको सामान्य याद नगरी जान्छन् । लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री र नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा यी दुबैलाई भेट्न परराष्ट्र मार्फत भेट्न गएका बाहेक अरू बोले कोही कसैले परराष्ट्रमा सोध्दैनन् पनि । यी दुईले परराष्ट्र मार्फत आउन भन्थे र त्यसैले बाध्य भएर जानकारी गराएर भेट्थे । गर्न खोजे हुन्छ भन्ने यी दुईको उदाहरण काफी छ । दुई देशबीच सन्धी सम्झौता गर्दा देशभित्र गहन छलफल र यसको अल्पकालिन र दीर्घकालिन फाईदा बेफाईदाबारे कुनै बहस समेत हुँदैन अनि व्यक्तिको लहडले गरेका सन्धीका हस्ताक्षरलाई सिङगो राष्ट्रले मुल्य चुकाउनु पर्ने देखिन्छ । चाहे गण्डकी, कोशी महाकालीका सम्झौता हुन बा कुनै बाँधका सम्झौता सबैमा राष्ट्र हारेको छ । हामीले आफ्नो एउटा स्पष्ट परराष्ट्र नीति बनाउन नसक्दा बेला बेला चर्चा र सम्झौता हुन्छन् जसको मुल्य एक दुई पुस्ताले समेत तिरेर नसक्ने हुन्छ । राष्ट्रियताका सवालमा सत्ता पक्ष र बिपक्ष भन्ने हुनु हुँदैन । बेलायतको संसदमा सत्तापक्ष र विपक्ष पार्टिका तर्क बितर्क निकै गर्दछन् तर जब राष्ट्रियताको प्रश्न आउँछ त्यो बेला एक स्वर हुन्छ । भलै अहिले ब्रेक्सिटमा त्यस्तो देखिएन यो केवल अपबाद मात्रै हो ।
आज शेरबाहदुरले गलत बोले भनिंरहँदा हिजो को कसले कस्तो बोले त्यो ख्याल गर्नुपर्छ । एकजुट भएर एक मुख भएर स्वीकार र अस्वीकार गर्न सके आन्तरिक एकता र बाह्य रुपमा समेत मजबुद पक्कै हुन्छ । संविधान जारी गर्दा प्रमुख पार्टिहरू एकजुट भए जसले पार्टिले चाहे गर्न सक्छन् भन्ने देखियो । यसरी नै परराष्ट्र मामिलामा एउटा गहन छलफल र स्पष्ट निति चाहिन्छ । नेपाल भारत सम्बन्धमा भएका सन्धी पुनरावलोकन गर्न जुन गठित एउटा प्रवुद्ध समिति छ जसमा रहेका सदस्य एक सय एक व्यवसायीक छन् । उनीहरूको कार्यदक्षता निकै भरपर्दा छ त्यसैका कारण पनि यो टीमलाई भारतले हटाएर अर्को बनाएर ल्याउन दबाब दिईरहेको छ । यसको अर्थ नेपालमा देशको भलो चाहने र बुझेका राम्रा मान्छे पनि छन् । तिनै मान्छेहरूलाई समेटेर परराष्ट्रको एउटा स्पष्ट निति नबनाए हस्ताक्षर गरे बिबादमा परिने नगरे काम नहुने डर बढेर जानेछ । अन्तराष्ट्रिय कानुन एबं दस्तावेजमा बिना सोच बिचार हस्ताक्षर गरि हाल्ने तर त्यसको कार्यान्यवनमा आउने जटिलताबारे भने कहिलै नसोच्ने हाम्रो काँचोपनले के गर्दा के असर हुन्छ भन्ने सामान्य हेक्का समेत गुमेर । जहिले पनि भारतलाई गाली गरेर बस्ने आँफुलाई कहिलै नसुधार्ने भयौं हामीहरु ।
Previous Articleस्थानिय निर्वाचन र साझा एजेण्डा
Next Article १३ भाद्र २०७४, धौलागिरी स्टार साप्ताहिक