बागलुङ, २४ भदौ – बागलुङको भीमापोखरा स्थित जनकल्याण उच्च माविमा स्थापित विभिन्न स्मृतिकोषबाट बिहिबार छात्रवृति वितरण गरिएको छ । ३७ औ शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरपारी विद्यालयमा अध्ययरत गरिव, जहेन्दार र तथा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
सो अवसरमा स्वर्गीय कुलप्रसाद निउरे स्मृतिकोष र जगबहादुर केसी स्मृतिकोष मार्फत निमावि तहमा अध्ययरत गरिव तथा जेृहेन्दरा ५ जना विद्यार्थी कक्षा ६ का आशिस पौडले, सपना किसान, मनिका किसान, कक्षा ७ का अमलु थापा र कक्षा ८ दिपीका थापालाई जनही ४ सय ५० रुपैया छात्रवृति प्रदान गरिएको शिक्षक विक्रम शर्माले जानकारी दिए ।
स्वर्गीय देवीदक्त रेग्मी र जमुनादेवी रेग्मी कोषबाट प्रति व्यक्ति ४ सय ७० का दरले प्रावि तहका कक्षामा २ की सरस्वती पौडेल, कक्षा ३ को रुपा विक, गणेश किसान, आशिष विक, कक्षा ४ को सुरेन्द्र विक कक्षा ५ का सुनिता विक, आसा किसान । शिला नेपालीलाई छात्रवृति रकम प्रदान गरिएको थियो ।
यस्तै, स्वर्गीय झकबहादुर केसी स्मृति कोषबाट गत वर्षको एसएलसी परिक्षा– २०७२ मा उत्कृष्ट अंक ल्याउने तीन जनालाई जनही एक हजारको दरले रुपा नेपाली, पोष थापा र दिनेश केसीलाई छात्रवृति प्रदान गरिएको थियो । स्वर्गीय ददिलाल खत्री स्मृतकोषबाट कक्षा ११ र १२ का ६ जनालाई जनही ८ सय ३५ का दरले कक्षा ११ का सरीता केसी, प्रविणा थापा, शर्मिला गौतम, विष्णु विक र कक्षा १२ का सरिता बस्याल र मनदिप किसानलाई छात्रवृति प्रदान गरिएको शिक्षक चन्द्रमणी उपाध्ययले बताए ।
कार्यक्रममा शिक्षा दिवसको र शिक्षाको महत्व, आवश्यकताको विषयका प्रधानध्यापक लिलाराम सापकोटाले प्रस्ट पारेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य भीमप्रसाद गौतमको अध्यक्षता, सहायक प्रधानध्यापक भूमिश्वर रेग्मीको स्वागत र शिक्षक चन्द्रमणी उपाध्ययको संचालनमा सम्पन्न भएको थियो ।
Previous Articleयसरी मनाईयो बागलुङमा शिक्षा दिवस
Next Article प्रदेशभित्रको खाकामा बागलुङ