काठमाडौं – भारतीय टेलिभिजन च्यानल एम टिभीबाट प्रशारण हुँदै आएको रियालिटी शो ‘स्प्लिटस्भिल्ला–१०’ मा नेपाली मोडल इशा खड्का चौधरी चयन भएकी छिन् । देश बिदेशबाट हजारौँ सहभागी अडिसनमा उनी उत्कृष्ट १५ भित्र परेकी हुन् । स्प्लिटस्भिल्लाको श्रृङ्खलामा नेपालबाट छनौटमा परेकी इशा पहिलो हुन् ।
अभिनेत्री सन्नी लियोन र रणविजयले सञ्चालन गर्दै आएको स्प्लिटस्भिल्ला एम टिभीकै लोकप्रिय रियालिटी शो हो । एमटिभीको रोडिज र स्प्लिटस्भिल्ला सर्वाधिक लोकप्रिय रियालिटी शो हो । जसमा आफू पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै अघि बढी रहेको मोडल इशाले जानकारी दिइन् ।हरेक आईतबार बेलुका ७ः१५ एम टिभीमा यो कार्यक्रम प्रशारण हुन्छ ।
ललितपुरको भैंसेपटी निवासी ईशाले नेपालका विभिन्न फेशन शोमा भाग लिईसकेकी उनले ललितपुरको सेन्ट मेरी र भारतको देहरादुनबाट प्लस टु पुरा गरेकी छन् । त्यसपछि भारतकै नयाँ दिल्लीबाट मिडियामा डिप्लोमा गरेकी उनी केही समयदेखि मुम्बईमा अभिनय सिकिरहेकी छिन् ।