काठमाडौं –चलचित्र ‘रोमियो एण्ड मुना’ले नजिकिदै गरेको महिलाको महान चाड तीजलाई लक्षित गर्दै ‘कसको डान्समा ए नम्बर’ बोलको गीत सार्वजनिक गरेको छ । कोशिस क्षेत्रीको संगीत, दिनेश राउत र संगीतकार क्षेत्रीकै शब्द र मिना निरौला, झुमा निरौला र दीपा लामाको स्वर रहेको गीतमा गोविन्द राईको कोरियोग्राफी छ ।
भेडेटारको नाम्चे गाउँमा छायाँकन गरिएको भिडियोमा बसुन्धरा भूषाल, सुस्मा कार्की, सृष्टि श्रेष्ठ र मेनुका प्रधान लगायत कलाकारहरुको अभिनय देख्न सकिन्छ । नरेश कुमार केसीको निर्देशन रहेको चलचित्र ‘रोमियो एण्ड मुना’मा विनय श्रेष्ठ र सुष्टि श्रेष्ठ मुख्य भुमिकामा छन् ।
पि एमजी पिक्चर्स र भी मोसन पिक्चर्सको संयुक्त प्रस्तुति रहेको चलचित्रको प्रशन्न गोपाली, कविन शाक्य, विनय श्रेष्ठ निर्माता हुन् ।
नब्बे प्रतिशत छायाँकन सकिएको रोमियो एण्ड मुनाको दुई गीत र केही दृश्यहरु खिच्न बाँकी छ । चलचित्र २६ माघबाट प्रदर्शनमा आउनेछ ।