मोहराज शर्मा
यहि टुनी मुनी बसेर
एलिगरि अफ द केभ पढेथे मैले पनि
क्रिटीकल एन्ड क्रिएटीभ एनालाइसिसका जटील अनुच्छेदहरु
अक्षर–अक्षर फुटालेर मैले आइ. ए. को परिक्षा तयारी गरेथे ।
प्रेम के हो थाहा थिएन ।
यो किन र कसरी हुन्छ त्यो पनि थाहा थिएन
तैपनि
पी. वी. शेल्लीको लभ फिलोसफि
र शेक्सपीयरका सोनेटहरु
यहि टुनीको छाँयामा बसेर घोकेथे मैले ।
सयौ वर्ष पुरानो यो अजङगको वुटा मुनि
कुल देउता मान्नेहरु हर बिहान अर्घ चढाउन आइपुग्थे
र धजा बाँधेर जान्थे
उमेर पुगेकाहरु राम कृतन गर्दै
दिनै पनि फाल्थे ।
वर्खा वरिपरी मकैका पातले झ्याम्म हुँदा
प्रेमिल जोडीहरु
आफैलाई सम्हाल्न खोज्दा–खोज्दै पोखिन्थे पनि
यहि वुटा मुनि ।
बाग्लुङका कैयन पुस्तासँग यसरी नै साइनो जोडेको टुनी
रामरेखाको छहारी थियो ।
यो, वर र पिपल थिएन तैंपनी आस्था जोडेर
मान्छेहरु परिक्रमा गरेर जान्थे ।।
वुटो ढलेको खबरले
टुनी मुनिको समय संझाइरहेछ आज ।।
Previous Article२०७४ साउन ६ गते शुक्रबारको राशिफल
Next Article आइसफल पदमार्गमा पुर्वाधार निर्माण