जब गर्भ रहन्छ, खानपान र जीवनशैलीमा सर्तकता अपनाउनै पर्छ । किनभने गर्भवतीले सेवन गर्ने खानेकुरा, गर्ने व्यवहार, भोग्ने दिनचर्या, सोच्ने शैली सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले स्वस्थ्य एवं सन्तुलित खानपान गर्नु, खुसी एवं प्रशन्न रहनु, सक्रिय हुनु, सकारात्मक सोच्नु, सुत्ने–उठ्ने–खाने तालिका नियमित गर्नु अपरिहार्य छ, खासगरी गर्भावस्थामा । गर्भ रहेदेखि महिलाको शरीरमा विभिन्न प्रतिक्रिया देखिन थाल्छ । हर्मोनको असन्तुलनले केहि समस्या पनि निम्त्याउँछ । त्यसैले यी सबै कुराको जानकारी लिएर कुन अवस्थामा के गर्ने भन्ने ज्ञान हुन आवश्यक छ ।
गर्भावस्थाको प्रारम्भिक लक्षणः महिनावरी महिना चक्रक्रम रोकिनु, चक्कर लाग्नु, वान्ता हुनु, कहिले कहिं ज्वरो पनि आउन सक्छ, सुरुवाती दिनमा हर्मोनल परिवर्तनको कारण केहि शारीरिक समस्याहरु देखापर्छ । के गर्ने ?ः कुनैपनि भार उठाउनमा परहेज गरौ, व्यायाम पनि त्यती गरौं, जो चिकित्सकले भनेका छन्, ताजा र पौष्टिक भोजन सेवन गरौ, ताकि बच्चालाई पूर्ण रुपमा पोषण मिलोस्, आफुनो भोजनमा पत्तेदार सब्जी, दुध र दुधजन्य पदार्थ सामेल गरौ, भिटामिन–सिले भरपुर पदार्थ लिनुहोस् । दिनमा कम्तीमा ६(७ गिलास पानी पिउनुहोस् ।
दोस्रो महिनाः सबै गर्भवतीमा एकै किसिमको लक्षण नदेखिन सक्छ । थकान लाग्ने, चक्कर लाग्ने हुन्छ । धेरै पटक पिसाब लाग्न सक्छ । झर्को लाग्न सक्छ । के गर्ने ?ः यस समयमा मदिरा, ड्रग्स वा विषाक्त पदार्थको सम्पर्कमा बस्नुहुन्न । आफ्नो मर्जी अनुसार कुनैपनि औषधी सेवन नगर्ने । आफ्नो खानेकुरामा प्रोटिन, क्याल्शियम, कार्बोहायडे्रट, ताजा फल आदि सामेल गर्नुहोस् । यतिबेला हल्का थकान लाग्नसक्छ, त्यसैले पर्याप्त आराम लिनुहोस् ।
तेस्रो महिनाः यस अवधीसम्म आइपुग्दा तपाईको गर्भ निकै परिपक्क भइसकेको हुन्छ । विगतमा जस्तो समस्या वा खतरा हुँदैन । भु्रण तिब्र रुपले बिकास हुन थाल्छ । योनीश्राव बढ्न सक्छ । कब्जियत हुनसक्छ । यतिबेला तपाईको गर्भवती पेट देखिन थाल्छ । के गर्ने ?ः बच्चाको तौलको बढेकाले कम्मरमा पीडा हुनसक्छ । त्यसैले गह्रौं बस्तु उठाउन हुन्न । फ्ल्याट जुत्ता लगाउनुपर्छ । आरमले बस्नुपर्छ । पर्याप्त मात्रामा क्याल्शियमको सेवन गर्ने, हल्का व्यायम गर्ने ।
चौथो महिनाः यतिबेला गर्भको बच्चा चल्न थालेको महसुष हुन्छ । गर्भाशय बढ्न थाल्छ । थकान लाग्न सक्छ, कब्जियत हुनसक्छ । पेट फुल्ने समस्या पनि देखापर्छ । भोक लाग्छ । सफा योनीश्राव हुन्छ । के गर्ने ?ः तपाईको छाला र मांसपेशी गर्भस्थ शिशुको समायोजित गर्नका लागि फैलन सुरु गर्छ । त्यसैले खुला एवं हल्का पहिरन लगाउने । तरल पदार्थ पिउने । सब्जी र फलफूल सेवन गर्ने । यतिबेला डेढ देखि दुई किलोसम्म तौल बढ्न सक्छ, चिन्ता नगरौ ।
पाँचौ महिनाः तपाईको गर्भमा तिब्र रुपमा शारीरिक परिवर्तन हुन्छ । बच्चा सक्रिय हुन थाल्छन् । बच्चाले खुट्टा चलाएको महसुष गर्न सकिन्छ । यतिबेला थकान लाग्ने, पेट फुल्ने, भोक लाग्ने, सास लिन गाह्रो हुने, कम्मर दुख्ने समस्या हुनसक्छ । के गर्ने ?ः आरमदायक ढंगले बस्ने । सन्तुलित भोजन लिने । मुलायम पहिरन लगाउने । मनलाई प्रशन्न राख्ने । मनमा चिन्ता नलिने । कुनै भय नलिने । किनभने यसको नराम्रो असर गर्भको बच्चामा पर्न सक्छ । विहान–बेलुकी टहल्ने । अचानक उठ्ने वा बस्ने नगरौ । कुनैपनि काम गर्दा विस्तारै गर्ने । भोग लाग्नु स्वभाविक हो, तर जंक फूडको सेवनबाट बचौं ।
छैठौं महिनाः यतिबेला शरीरको तौल तिब्र रुपमा बढ्न थाल्छ । शरीरको तापमान बढ्न सक्छ । स्तनको आकार बढ्छ र निप्पलमा कालो घेरा लाग्न सुरु गर्छ । पेटमा हलका पीडा हुन सक्छ । के गर्ने ?ः यसबेला आरम गर्नु निकै महत्वपूर्ण हुन्छ । सहि मुद्रामा आरम गर्ने । खुट्टा सुन्निने संभावना भएको धेरै समय खुट्टा झुन्ड्याएर नबस्ने । सुतेको बेला खुट्टामा सिरानी राख्ने । गहिरो सास लिने र छाड्ने अभ्यास गर्ने । पौष्टिक आहारा लिने । अधिक मात्रामा पेय पदार्थ लिने ।
सातौ महिनाः भु्रणको विकाससँगै तपाईको शरीरमा रगतको आवश्यक्ता पर्न थाल्छ । त्यसैले रगत बनाउने खाद्य पदार्थ सेवन गर्नुपर्छ । स्तन कोलेस्ट्रम नामक एक सफा तरल पदार्थ चुहिन सक्छ । कम्मर दुख्ने र सास बढ्ने समस्या देखापर्छ । के गर्ने ?ः आफ्नो अन्तिम तेस्रो महिना चिकित्सकको सम्पर्कमा रहने । मनमा भय र चिन्ता नलिने । खानपान र जीवनशैलीमा सन्तुलन ल्याउने । आरम गर्ने ।
आठौं महिनाः गर्भावस्थाको आठौं महिना आफ्नो स्वास्थ्यप्रति एकदमै सर्तक हुनुपर्छ । गर्भ र आफ्नो शारीरिक संरचनामा धेरै परिवर्तन हुन सक्छ । यतिबेला गर्भको बच्चा पनि उर्जावान भइसकेका हुन्छन् । के गर्ने ?ः पानी, फल र रसको सेवन गर्ने । मसलेदार वा एसिडयुक्त भोजना सेवन नगरौ । नकारात्मक बिचार त्याग्नुपर्छ । नकारात्मक स्थानमा बस्नु हुँदैन । जति सकिन्छ, शान्त भएर बस्ने
नवौं महिनाः गर्भावस्थाको यो महिना पूर्ण अवधी मानिन्छ । कुनैपनि समयमा तपाईमा प्रसव पीडा हुन सक्छ । शारीरिक एवं मानसिक रुपले आफुलाई तयार राख्नुपर्छ । के गर्ने ?ः प्रसवको समयमा लगाउनका लागि आरमदायक पहिरन तयार गर्ने । नवजात शिशुको लागि आवश्यक सामग्री खरिद गर्ने । प्रसुती गृह एवं अस्पतालको पायक पर्ने स्थानमा बस्ने । यातयातको व्यवस्था गर्ने । नियमित रुपमा स्वास्थ्य जाँच गराउनुपर्छ । सास लिन गाह्रो भएको वा अन्य कुनै अवरोध छभने चिकित्सकको निगरानीमा बस्नैपर्छ । चुरोट, मदिरा आदिको सेवन नगरौं, जसले गर्भको बच्चालाई सोझो असर पर्छ । मदिराले बच्चाको शरीर एवं मस्तिष्क कमजोर हुन्छ । गर्भधारणपछिको पहिलो वा छ सप्ताहको समय बच्चाको शारीरिक रचनाका लागि एकदमै महत्वपूर्ण हुन्छ । त्यसैले यसबेला त्यस्ता खानेकुरा सेवन नगरौ, जसले गर्भको बच्चामा नराम्रो असर गर्छ । गर्भधारण गर्नअघि नै महिलाले सन्तुलित भोजन गर्नुपर्छ । खानामा अधिक मात्रामा हरियो सब्जी, सलाद, दाल, दुध, पनिर फल लाभदायक हुन्छ । आफ्नो शरीरलाई चुस्त, सुडौल र स्वस्थ्य बनाइराख्न बिहान हल्का व्यायाम गर्नुपर्छ । केहि समय टहल्नु पर्छ । बिहान टहल्नाले दिनभर थकान अनुभव हुँदैन । गर्भधारणपछि मानसिक शान्तिका लागि मनोरञ्जन, ध्यान, धार्मिक कार्यक्रममा सहभागी हुनु राम्रो हो । गर्भधारणका लागि २१ बर्ष उमेर पुगेको राम्रो हो भने ३५ बर्षभन्दा कम उमेरको हुनुपर्छ । –एजेन्सीको सहयोगमा
Previous Articleयसरी ढल्यो एसियाको सान(भिडियो सहित)
Next Article २०७४ साउन ४ गते बुधबारको राशिफल