नगर सभाका अध्यक्षज्यू,
नगर सभाका सदस्यहरु, आमन्त्रित अतिथि महानुभावहरु, पत्रकार एवं सञ्चारकर्मिहरु र आम नगरवासीहरु ।
ऐतिहासिक रुपमा स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न, स्वाधिन, भौगोलिक रुपमा अखण्ड मुलुक नेपालको नागरिक हुनुमा गौरव छ । पृथ्वीनारायण शाहद्वारा एकिकृत राष्ट्र निर्माणका लागि राष्ट्रिय स्वाधिनता, अखण्डता र राष्ट्रिय हितका लागि विर नेपालीहरुले ईतिहासका महत्वपुर्ण काल खण्डमा महत्वपुर्ण भुमिका निर्वाह गर्नु भएको छ । महत्वपुर्ण योगदान पु–याउने व्यक्तित्वहरुलाई यस अवसरमा स्मरण गर्न चाहन्छु । राष्ट्रिय हित, स्वतन्त्रता र संघिय लोकतान्त्रिक गणतत्त्र स्थापनाका लागि दिशा निर्देश गर्ने पुष्पलाल श्रेष्ठ, विश्वेश्वर प्रसाद कोइराला, मनमोहन अधिकारी, गणेशमान सिंह श्रेष्ठ, मदन भण्डारी प्रति उच्च सम्मान प्रकट गर्दै सार्वभौमसत्ता, राष्ट्रियता अखण्डताका लागि एवं सामाजिक न्याय,लोकतन्त्र र जनजिविका लागि जिवन उत्सर्ग गर्ने वीर शहिदहरु प्रति हार्दिक श्रद्वाञ्जली अर्पण गर्दछु । नेपालको प्रजातान्त्रिक आन्दोलनका शहिद थिरवम मल्ल, समाज सुधारक भगत सर्वजित विश्वकर्मा र वागलुङ नगरपालिकाका संस्थापक नगर प्रमुख ऋृषिराम शर्मा र यहाहरुको योगदान प्रति सम्मान प्रकट गर्न चाहन्छु ।
समग्र धौलागिरी क्षेत्रको आर्थिक, प्रशासनिक तथा व्यापारिक केन्द्रको रुपमा रहेको र ४ नंं प्रदेशको दोश्रो ठुलो बागलुङ नगरको गरिमामय प्रथम नगर सभा समक्ष आ.व. २०७४÷०७५ को वार्षिक नीति, तथा कार्यक्रम प्रस्तुत गर्न पाँउदा खुसी लागेको छ ।
सात दशकको अथक संघर्षबाट नेपाली जनताले आफ्नो संविधान जारी गर्न सफल भएका छन । ऐतिहाँसिक रुपमा जारी भएको संविधानले नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न, लोकतान्त्रिक मुल्य मान्यता र बहुलवादी खुला समाजको मध्यमबाट सवल, समृद्व, मुलक निर्माणको आधार खडा भएको छ । संविधानले बहुजाती,बहुभाषी, बहुसांस्कृतिक विविधतालाई संम्बोधन गरेको छ । मुलुकका सवै क्षेत्र र भुगोलमा बस्ने आम नागरिकलाई समान हक अधिकार र कर्तव्य प्रत्याभुत गरेको छ । सविंंधानले सामाजिक न्यायमा आधारित लोकतान्त्रीक समाजबादको स्थापना गर्ने परिकल्पना गरेको छ ।
राज्यका संरचना र “राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तह गरि तिन तहको हुनेछ भन्ने संविधानमा किटानी व्यवस्था छ । हाम्रो संविधानले राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले गर्नेछ” भन्ने व्यवस्था गरेको छ । संविधानले गरेका व्यवस्थालाई लागु गर्नु गराउनु हाम्रो जिम्मेवारी र कर्तव्य हो । “संघ, प्रदेश र स्थानीय तहले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वधिनता, राष्ट्रिय हित तथा सर्वागिंण विकास, बहुदलिय प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रात्मक संघीय शासन प्रणाली, मानव अधिकार तथा मौलिक हक, कानुनी राज्य, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलन, बहुलता र समानतामा आधारित समतामुलक समाज, समावेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्ने” व्यवस्था गरेको छ ।
लामो समयको अन्यौलतालाई चिर्दै २०७४ साल बैसाख ३१ मा प्रथम चरणको स्थानीय निर्वाचन सम्पन्न भएको छ । आम नागरिक व्यापक उत्साह र आकाँक्षा सहित निर्वाचनमा सहभागीता भएका छन । जन निर्वाचित संस्थाको माध्यमबाट आम नागरिकले विकास, सुसाशन र समृद्विका चाहना प्रकट गरेका छन । संघिय शासन प्रणालीले स्थानीय श्रोत र साधनको न्यायोचित वितरण र विकासका प्रतिफलको समन्यायिक अवसर सिर्जना गर्ने छ । स्थानीय श्रोत साधनको समुचित प्रयोग गरी सुखी नेपाली समृद्व नेपाल निमार्ण गर्ने मार्ग प्रशस्त गरेको छ । स्थानीय तहको निर्वाचन पश्चात राजनैतिक शुन्यता अन्त्य भएको छ । संबैधानिक व्यवस्था अनुरुप संस्थागत संरचनाहरु स्थापित भएका छन । संविधानले व्यवस्था गरे अनुरुप आवश्यक कानुन निर्माण भएका छैनन् । कानुनको अभावमा जिम्मेवारी र दायित्वमा स्पष्टता आईसकेको छैन । संविधानले प्रदान गरेका दायित्व र जिम्मेवारी कार्यान्यन गर्ने कानुनको अभाव छ । संविधानले प्रदान गरेका अधिकारलाई लागु गर्नु हामी सबैको कर्तव्य हो । राजनैतिक नेतृत्व र प्रशासनिक संगठन रुपान्तरणको दिशाबाट अगाडी बढ्दै छ । हामी नयाँ अभ्यास र प्रयोगमा छौ । हामी सवैको सामुहिक प्रयास द्वारा परिवर्तित अवस्था र भुमिकालाई कुशलता पुर्वक सम्पन्न गर्न सक्दछौं । हाम्रो चिन्तन, दृष्ट्रिकोण र व्यवहारमा अन्यौलता छ । आम नागरिकको सर्वोतम हितलाई केन्द्र भागमा राख्नुको विकल्प छैन । जिम्मेवारी, जवाफदेहिता र पारदर्शितामा कुनै सम्झौता हुदैन । हामी शासक होइनौं हामी जनताका सेवक हौं । आम नागरिकको हित, चाहना र अवश्यकता नै हाम्रा प्राथमिक जिम्मेवारी र दायित्व हुन । सुखि नेपाली समृद्व नेपालको मागचित्र नै हाम्रा कदम हुन् । संघ, प्रदेश तहको निर्वाचन सम्पन्न भए पश्चात क्रमशः अन्यौलताहरु हट्ने छन् । संविधानले परिकल्पना र व्यवस्था गरेका संस्थागत संरचना परिचालन पश्चात हाम्रो भुमिका स्पष्ट हुदै जानेछ । हाम्रा जिम्वेवारी र कर्तव्य स्पष्ट हुने छन । सिकाई, अभ्यास र व्यवहारबाट हामीले सम्पादन गर्ने जिम्मेवारी र दायित्वहरु स्पष्ट हुनेछन । सिमित श्रोत र साधनद्वारा असिमित आवश्यकताको परिपुर्ति गर्ने भावनालाई आत्मसात गर्दै नगरका आधारभुत आवश्यकता सम्बोधन गर्ने दिशामा हाम्रो ध्यान केन्द्रित हुने छ । नगरवासीको आधारभुत आवश्यकता पुुर्ति गर्दै सेवा सुविधालाई सहज सरल तुल्याइने छ । पारदर्शिता, जवाफदेहिता जिम्वेवारी बोध हाम्रो सामुहिक प्रतिबद्वता हो । नगरका आधारभुत विशेषता र पहिचानलाई विश्लेषण गरी श्रोत र साधनको न्यायोचित वितरण गरिनेछ ।
राष्ट्रिय विकासका दृष्टिले बागलुङ नगर क्षेत्र नेपालको पूर्व पश्चिम जोड्ने पुष्पलाल लोकमार्ग तथा उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको त्चबलकष्त उयष्लत मा पर्ने भएकोले यसको व्यापार तथा पर्यटनको क्षेत्रमा महत्वपुर्ण स्थान छ । प्रसिद्व कालिका मन्दिर, पंचकोट, भैरवस्थान , नेपालकै प्रसिद्व कालीगण्डकी नदि यस नगरका विशेष पहिचान हुन । वागलुङ नगरको आर्थिक, सामाजिक, जातिय, धार्मिक तथा सांस्कृतिक विविधता, कला, साहित्य एवं भौगोलिक अवस्थितिका आधारमा विकासका पूर्वाधारहरु तय गर्दै जानु पर्ने विद्यमान अवस्थालाई मध्यनजर गर्दै “मध्यपहाडि व्यापारिक तथा पर्यटकीय शहर, सुन्दर, समृद्ध, सांस्कृतिक बागलुङ नगर” को दीर्घकालिन लक्ष्य प्राप्तीका लागि “पर्याप्त पूर्बाधार सहितको कृृषि व्यापार पर्यटन र रोजगार, समृद्ध बागलुङ नगर निर्माणको आधार” भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै समृद्ध वागलुङ नगर निर्माणको लागि सार्वजनिक, नीजि तथा सहकारीको माध्यमवाट उपलव्ध श्रोत र साधनको समुचित प्रयोग गरी सुखि नेपाली समृद्ध नेपालको परिकल्पनालाई साकार पार्न नीति तथा कार्यक्रमहरुलाई संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
बागलुङ नगर क्षेत्रमा अवस्थित महत्वपुर्ण धार्मिक पर्यटकीय गन्तव्यहरु प्रशिद्ध कालिका भगवती मन्दिर, पञ्चकोट, भैरवस्थान, भकुण्डे, संसारकोट, वौंडाईचौर, रंगवेंकटेश्वर मन्दिर, निरयघाट जस्ता क्षेत्रको समग्र विकास योजना निर्माण गरी वागलुङ नगर क्षेत्रलाई महत्वपुर्ण पर्यटकीय गन्तव्य स्थलको रुपमा विकास गर्ने दिर्घकालिन नीति लिईने छ । बागलुङ नगरका सास्ँकृतिक तथा धार्मिक महत्वका स्थानहरुको वृहत्तर अध्ययन गरी गुरु योजना तयार गरी गुरु योजनाले निर्देशित गरे वमोजिम लगानी केन्द्रित गर्दै लगिनेछ । बागलुङ बजार क्षेत्रदेखि बलेवा पैंयुपाटा नारायणस्थान र अमलाचौर भैरवस्थान, भकुण्डे रायडाँडा, तित्याङ, सिगाना वौंडाईचौर, कालिमाटी तितौरे र मालिकासम्म नियमित नगर वस सेवा सञ्चालन गरिने छ । भरपर्दो वस सेवाका लागि सडकको स्तरवृद्धि गर्ने योजनालाई तिव्रता दिईने छ । शहरी वस्तीलाई व्यवस्थित गर्न घर नक्शा स्वीकृतिलाई दुई चरणमा गर्र्ने साविकको ब्यवस्थालाई यथाबत कार्यान्वयन गरिने छ । वस्ति बिकास शहरी योजना तथा भवन निर्माण मापदण्ड २०७२ लाई कार्यान्वयनमा ल्याउंदै नक्शापास नगरी वा गरेर पनि प्रचलित मापदण्ड बिपरित निर्माण भएका घरहरु सम्बन्धि हाल बिद्यमान समस्यालाई कानून सम्मत रुपमा समाधान गरिने छ ।
५. शहरको महत्वपुर्ण पुर्वाधारको रुपमा रहेको सिटि हलको लागि जग्गाको उचित व्यवस्थापन गरी सिटी हल निर्माण कार्यको आवश्यक ब्यवस्था मिलाइने छ । उत्पादन र उत्पादकत्वका आधारमा खास खास स्थान बिशेषलाई कृषिका पकेट क्षेत्रको रुपमा बिकास गरी कृषिको ब्यवसायिकरण र ब्यापारिकण गर्दै नगरमा कृषि उपज संकलन केन्द्र तथा हाट बजार सञ्चालनमा ल्याईने छ । कृषि तथा पशुपालन र घरेलु उद्यमसंग सम्बन्धित व्यवशायमा संलग्न उद्यमिहरुलाई उत्पादन लक्षका आधारमा अनुदान सहयोग कार्यक्रम सञ्चालन गरी कृषि व्यवशायमा युवा एवं उद्यमीहरुलाई आकार्षित गरिने छ । सहकारी क्षेत्रलाई नगरको आर्थिक बिकासको एक आधार स्तम्भको रुपमा बिकास गर्न उत्पादन मुखी सहकारीमा जोड दिने नीति लिईनेछ । सहकारी उत्पादनको ब्यवसायिकरण र बजारीकरणको लागि आबश्यक ब्यवस्था मिलाइने छ । नगरमा साना तथा ठुला सिंचाईका लागि आवश्यक सिंचाई योजनाको ब्यवस्था गरी कृषिको उत्पादन र उत्पादकत्व बृद्धि गर्दै लगिनेछ । यसका लागि लिफ्ट सिष्टमका योजनाहरु समेत कार्यान्वयनमा ल्याइने छ । स्वस्थ र ताजा तरकारी स्वस्थ जीवनको आधार भएकोले “गाँउ घरमा करेसा वारी, शहरमा कैशि तरकारी” को अभियान सञ्चालन गरिने छ । शिक्षालाई प्रतिष्पर्धी पहुँचयोग्य र जीवनोपयोगी बनाउनमा जोड दिइनेछ । सामुदायिक र संस्थागत बिद्यालयको गुणस्तर अभिबृद्धिका लागि आवश्यक जनशक्ति तथा भौतिक पुर्वाधारको ब्यवस्था गरिनेछ । स्वास्थ्य सेवालाई नगरबासीको मौलिक हकको रुपमा प्रत्याभूत गर्न आवश्यक ब्यवस्था गरिनेछ । प्रत्येक नागरिकको पहुंचमा गुणस्तरीय र सर्बसुलभ स्वास्थ्य उपचारको सुनिश्चिततामा जोड दिइने छ । स्वास्थ्य बिमामा पहूँच पुग्न नसकेका अति बिपन्न परिवारका सदस्यहरुको सेवा प्राप्तिलाई प्रभाबकारी बनाउन आवश्यक पहल गरिनेछ । नगरका स्वास्थ्य संस्थाहरुमा दक्ष जनशक्तिको व्यवस्था गरी स्वास्थ्य सेवालाई सहज र सरल वनाउन विशेष पहल गरिने छ । सामाजिक उत्तरदाहित्वको जिम्मेवारीको कार्यन्वयन गर्न जेष्ठ नागरिकहरुका लागी विशेष कार्यक्रमहरु संचालन गरिने छ । “स्वच्छ खानेपानीको अधिकार, स्वस्थ जीवनको आधार” भन्ने तथ्यलाई आत्मसात गरी नगरका सवै वस्तीमा एक घर एक धारा निर्माणको अभियान सञ्चालन गरिने छ । पुष्पलाल लोकमार्ग र कालिगण्डकी करिडोरको संगम स्थलमा रहेको वागलुङ नगरमा मुक्तिनाथ र लुम्विनीका दर्शनार्थिहरु आउने वातावरण श्रृजना गर्नका लागि पर्यटन मैत्रि आधारभुत संरचनाहरु निर्माण गर्न निजि क्षेत्रलाई प्रोत्साहित गरिनेछ । संघ तथा प्रदेश सरकारसंग आवश्यक समन्वय गरी स्थानीय छिमेकी सरकारहरुको सहकार्यमा बागलुङ नगरमा रहेको वलेवा हवाई मैदानलाई व्यवस्थित गरी हवाई सेवा संचालन गर्न पहल गरिनेछ । बागलुङको समृद्धिका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुको सहभागितामा लगानी सम्मेलन गरी वागलुङ नगरमा लगानी मैत्री वातावरणको सुनिश्चितता गरिनेछ । नगरका सम्भाव्य स्थलमा पर्यटन प्रवद्र्वन गर्नका लागि सूचना केन्द्रको स्थापना स्थापना गरिने छ । कालिका भगवती गुठिको सहकार्यमा कालिका मन्दिर परिसरमा “कालिका वन्यजन्तु संरक्षण उद्यान” सञ्चालन गरिने छ । यस नगरपालिका क्षेत्रभित्र रहेका मनोरञ्जन पार्क,शहिद पार्क, वस पार्क सार्वजनिक शौचालय, सामूदायिक सेवा केन्द्र, पुस्तकालय, आदिको निर्माण एवं संचालन गर्न साझेदारी मोडेल तय गरी आवश्यक प्रक्रिया अगाडि बढाईने छ । नगरक्षेत्रको व्यापार र पर्यटन प्रर्वधनका लागी अग्ला र लामा पुलहरुको निर्माणमा जोड दिईने छ । चालु आ.व. मा आधुनिक वसपार्क निर्माण कार्य प्रारम्भ गरी यातायातलाई ब्यवस्थित रुपमा संचालन गरिनेछ । साथै संपूर्ण नगर क्षेत्रलाई समेट्ने गरी सहज यातायात सुबिधाको सुनिश्चितता तर्फ जोड दिइने छ । सांघुरा सडक, जनसंख्या तथा सवारी साधनहरुको चापका कारण सवारी तथा पैदल आवागमनमा देखिएको समस्यालाई कम गर्न नगरको वजार क्षेत्रमा सवारी पार्किङ स्थलको व्यवस्था गरिने छ । स्थानीय श्रव्य दृश्य सञ्चार माध्यमहरुको संस्थागत विकासका लागि संचारकर्मि एवं पत्रकारिताको क्षमता विकास अभिवृद्धि गर्न आवश्यक कार्यहरु अगाडि बढाईने छ । साथै नगरका गतिविधिहरुको प्रकाशन तथा प्रसारणका लागि “हाम्रो बागलुङ नगर रेडियो तथा टेलिभिजन” कार्यक्रम सञ्चालन गरी संस्थागत पारदर्शिता प्रवद्र्धन गरिनेछ । जनसहभागितामा आधारित सौर्य सडक वत्ति जडान योजना मार्फत नगरलाई उज्यालो नगरको रुपमा बिकास गर्दै लगिनेछ । बजार क्षेत्रमा ढल निकास तथा वर्षतको पानी निकासको उचित ब्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक ब्यवस्था गरिनेछ ।
२६. केन्द्र सरकार, प्रदेश सरकार र छिमेकि स्थानीय सरकारसंगको अन्तर सम्बन्धलाई सुमधुर वनाउदै लैजान आवश्यक समन्वयमा जोड दिईनेछ । विकास निर्माणमा युवाहरुको महत्तम भुमिकालाई मध्य नजर गर्दै युवाहरुको जोश जाँगर र अन्तरनिहित क्षमताको उपयोग गरी युवाहरुलाई आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन र बिकासको संवाहकको रुपमा परिचालन गर्ने नीति अवलम्वन गरिने छ । बागलुङ नगर क्षेत्रमा रहेको रामरेखा खेल मैदानलाई व्यवस्थित गरिनुका साथै सम्भाव्य स्थानमा खेलमैदान निर्माण गर्दै खेलकुदलाई “स्वस्थ नगरको लागि खेलकूद” को रुपमा अगाडि बढाइने छ । लैंगिक विकासमा समतामूलक पहुंचका लागि क्षमता बिकास र सहभागितामूलक कार्यक्रमहरुमा जोड दिईनेछ । सामाजिक समावेशिकरणलाई प्राथमिकतामा राखि महिला दलित, आदीवासी, जनजाती, मुश्लिम, अल्पसंख्यक, अपांग जेष्ठ नागरिक तथा सिमान्तकृत वर्गको हकहितको प्रवद्र्धनमा जोड दिंदै नगर बिकासको मूल प्रबाहमा समेटिने छ । दलित, आदिवासी, जनजाति वर्गहरुको परम्परागत सीप विकास, भाषा संस्कृतिको संरक्षण, सम्वद्र्धन गर्दै सामाजिक विकासमा सहयोग पु¥याउने नीति अख्तियार गरिनेछ । नगरको सौन्दर्यता र स्वच्छतालाई अभिवृद्धि गर्न फोहरमैला ब्यवस्थापनलाई थप प्रभाबकारी बनाउंदै लगिने छ । निजि क्षेत्रको सहकार्यमा मालढुंगा देखि कुंडुलेसम्मको राजमार्ग क्षेत्रमा विभिन्न प्रजातीका फुल तथा विरुवाहरु रोपण गरी उक्त क्षेत्रलाई ग्रिनवेल्टको रुपमा विकास गर्दै नगरको हरियाली प्रवर्धनमा जोड दिईने छ । नगर क्षेत्रभित्र रहेका संपूर्ण सार्वजनिक जग्गाहरुको लगत तयार गरी अद्यावधिक गर्दै जाने र त्यस्ता सार्वजनिक जग्गाको समुचित संरक्षण एवं उपयोग गर्दै लगिने छ । नगर क्षेत्रभित्र रहेका विभिन्न जात जाति र समुदायको कला संस्कृतिलाई संरक्षण, सम्वर्धन र दाहासंस्कार स्थललाई व्यवस्थित गरिदै लगिने छ । बातावराणीय तथा पर्यावरणीय सन्तुलनका लागी जल भण्डार गृह निमार्ण गरिने छ । अति विपन्न र सुकुम्वासीहरुलाई रोजगारी श्रृजना गर्ने नीति लिईने छ । स्थानीय श्रोत साधनको सिपको प्रयोग गरी घरेलु उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गरिने छ । जोखिमपुर्ण श्रममा आश्रीत श्रमिकहरुका लागि राहत र सहयोग उपलव्ध गराईने छ । बाढी, पहिरो, आगजनी जस्ता प्राकृतिक घटनाहरुको व्यवस्थापनका लागि विपद व्यवस्थापन कोष खडा गरी परिचालन गरिने छ । नगरपालिका तथा वडा कार्यालयबाट प्रवाह गरिने दैनिक सेवालाई छिटो, छरितो, सरल, जनमुखि, पारदर्शि बनाईने छ ।
आदरणीय सभाध्यक्षज्यू
संघिय लोकतान्त्रीक गणतन्तको कार्यान्वयको लागी स्थानीय सरकार मार्फत विकास शुसासन र समृष्द्धि प्राप्त गर्ने हाम्रो लक्ष्य हो । राजनैतिक परिवर्ततलाई संस्ंथागत गर्न शुसासन र समृद्धि प्रत्याभुति गर्नु पर्दछ । समृद्धि विनाको राजनीतिले नागरिकका आकांक्षाहरुलाई सम्वोधन गर्न सक्दैन । समृद्धिको अभावमा राष्ट्रियता कमजोर वन्ने छ । राष्ट्रिय हितालाई संरक्षण गर्न चुतौती खडा हुने छ । सवल र समृद्धि निर्माण आम नेपालीको लक्ष्य हो । तसर्थ आम नगरबासीको सर्बोतम हितलाई केन्द्रमा राखेर नगर सरकारले नीति तथा कार्यक्रम लागु गर्ने छ । राजनैतिक दल जनप्रतिनिधिहरु नागरिक समाज र विकास प्रशासनको समन्वयात्मक प्रयासद्धारा विकास र समृद्धि हासिल हुने छ । हामी जुनसुकै भूमिकामा रहेतापनि नागरिकको सर्वोत्तम हित नै हाम्रो लक्ष्य हो । हामी सवै एकाकार भएर मात्र यो लक्ष्य प्राप्त गर्न सक्दछौ । तसर्थ सवैको सामुहिक प्रयाशद्धारा विकास सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न समर्थ हुनेछौ । वागलुङ नगरलाई समृद्ध नगरको रुपमा विकास गर्ने अभियानमा समाजका सवै वर्ग र क्षेत्रका आम नागरिकको सहयोग एवं सहभागीताको लागी हार्दिक अपिल गर्न चाहन्छु ।
धन्यवाद
जनकराज पौडेल
नगर प्रमुख
बागलुङ नगरपालिका