नगर सभाका अध्यक्षज्यू तथा सभामा सहभागि सदस्यज्यूहरु ।
आगामी आ.व. २०७४।०७५ का लागि स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश २०७४ र नेपाल सरकार संघीय मामिला स्थानीय विकास मन्त्रालयबाट प्राप्त अन्य विभिन्न निर्देशिका तथा कार्यविधि बमोजिमका प्रकृयालाई अवलम्बन गरी सहभागिता मुलक ढंगले तर्जुमा गरिएको छ । यस गरिमामय सभामा नगर प्रमुखज्यूद्धारा प्रस्तुत नीति तथा कार्यक्रमहरुको निर्दिष्ट गरेको लक्ष र उद्धेश्यबाट प्राप्त मार्ग दर्शन, सहस्रब्दी र दीगो विकास लक्ष्य, क्षेत्रगत राष्ट्रिय नीतिहरु एवं योजना तर्जुमाका कक्रममा विभिन्न तहबाट प्राप्त हुन आएका सुझावहरु, विगत तथा चालु आ.व.का नीति तथा कार्यक्रम ककार्यान्वयनबाट प्राप्त उपलब्धीहरु समेतका आधारमा आगामी आ.व. का नीति तथा कार्यक्रम कार्यान्वयनबाट प्राप्त उपलब्धीहरु समेतका आधारमा आगामी आ.व.का लागि प्रस्तुत बजेट तथा कार्यक्रम तयार गरिएको छ । यस नीति, कार्यक्रम तथा बजेटको कार्यान्वयनबाट नगरपालिकाले लक्षित गरेको उद्धेश्यहरु हासिल गर्नका साथै राष्ट्रिय लक्ष्य हासिल गर्न समेत टेवा पुग्न जाने विश्वास लिईएको छ ।
राजश्व परिचालनलाई प्रभावकारी बनाउन करको दायरा फराकिलो पार्ने, एकीकत सम्पत्ति करलाई प्रमुख आधारको रुपमा लिदै अन्य करहरुलाई बस्तुगत विश्लेषणका आधारमा समेटदै र परिमाजन गर्दै जाने, कर प्रशासनलाई सूचना प्रविधिमा आधारित र करदाता मैत्री बनाउँदै लगिनेछ र यसको लागि आवश्यक व्यवस्था मिलाइने छ ।
बिकासले बिनास निम्त्याउनु हुँदैन र बिकासमा नगरबासीको अपनत्व कायम हुनु पर्दछ भन्ने मान्यताका साथ नगरबासीको उच्च र सार्थक सहभागितामा आधारित स्थानीय सीप साधन स्रोत तथा प्रबिधिको भरपूर उपयोग मा आधारित बिकास योजनामा जोड दिँदै सम्पन्न योजनाको मर्मत सम्भारको जिम्मा स्थानीय उपभोक्तालाई दिने व्यवस्थालाई संस्थागत गर्दैै सक्षम बनाउन आवश्यक सहयोगको व्यवस्था मिलाइनेछ ।
ठूला र एकै प्रकृतिका योजनाहरुलाई स्थान विशेषको आधारमा क्लस्टरिङ गरी फरक–फरक निर्माण व्यवसायी मार्फत निर्माण कार्य गराउँदा समयमै योजना सम्पन्न गर्न सहयोग पुग्ने देखिएमा त्यसको लागि आवश्यक व्यवस्था मिलाईने छ । आ.ब.को अन्त्यतिर आएर हतारमा काम गर्ने र कामको गुणस्तर पनि न्यून हुने साथै नगरका लागि आएको रकम पनि फ्रिज हुने कार्य संस्कृतिमा ब्यापक रुपमा परिबर्तन गर्दै सबै योजनाहरुको कार्यान्वयनको कार्ययोजना बनाइ समयमै योजना सम्पन्न गर्ने व्यवस्था मिलाइने छ ।
श्रद्धेय नगर सभाका अध्यक्ष महोदय
आगामी आ.व. २०७।०७५ को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्नु भन्दा पहिले गत आ.व. २०७२÷०७३ को यथार्थ आय व्यय एवं चालु आ.व. २०७३÷०७४ को संशोधित आय व्यय सम्बन्धी संक्षिप्त विवरण प्रस्तुत गर्न चाहन्छु ।
आ.व. २०७२।०७३ को संक्षिप्त आय तथा व्यय विवरण
गत आ.व. २०७२÷०७३ का लागि केन्द्रीय अनुदान, केन्द्रीय स्तरका कार्यक्रमहरु सामाजिक सुरक्षा कार्यक्रम, उदियमान नगरपरियोजना, आन्तरिक आय राजश्व बाँडफाँड, सामाजिक परिचालन, शहरी गरिवी न्यूनिकरण कोष लगायतका कोष व्यवस्थापन, शहरी स्वास्थ्य केन्द्र सञ्चालन लगायतका शीर्षकहरुबाट कुल १६,५६,६२,६७८।६८ (पन्ध्र करोड छपन्न लाख बैसठ्ठी हजार छ सय अठहत्तर रुपैयाँ) संशोधित आय अनुमान गरिएकोमा स्थानीय कर दस्तुर राजश्व बाँडफाँड न.पा. अनुदान पुंजिगत, स्थानीय निकाय अनुदान चालु तथा पुंजि, शहरी शासकीय तथा क्षमता विकास कार्यक्रम, सामाजिक परिचालन, जगेडा कोष कार्यक्रम र साडक बोर्ड कार्यक्रम समेतको केन्द्रीय अनुदान, सौर्य सडक बत्ति, उदीयमान नगर परियोजना (शहरी शासकीय क्षमता विकास कार्यक्रम) ऋण तथा अनुदान राजश्व सुधार, फोहोरमैला व्यवस्थापन, शहरी स्वास्थ्य केन्द्र सञ्चालन लगायतका विभिन्न श्रोत र आन्तरिक कोष तथा जिम्मेवारी सरेको समेतबाट गरी जम्मा रु.१५,३६,९२,३३२।३६ (पन्ध्र करोड छत्तिस लाख बयानब्बे हजार दुई सय बत्तिस रुपैयाँ) यथार्थ आय प्राप्ती भएको छ ।
श्रद्धेय सभाका अध्यक्ष महोदय
आ.व. २०७२।०७३ मा भएको यथार्थ प्राप्ती मापनका आधारमा नगरका योजना तथा कार्यक्रमहरुलाई शहरी विकास तथा भौतिक पूर्वाधार विकास, आर्थिक तथा सामाजिक विकास, स्वास्थ्य सरसफाई तथा वातावरण, प्रशासन संगठन तथा संस्थागत विकास र राजश्व परिचालन तथा व्यवस्थापन, सामाजिक सुरक्षा बृत्ति समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा क्षेत्रगत विनियोजनको व्यवस्था मिलाईए अनुसार गत आ.व. ०७२।०७३ को कुल यथार्थ आय रु.१५,३६,९२,३३२।३६ (पन्ध्र करोड छपन्न लाख बैसठ्ठी हजार छ सय अठहत्तर रुपैयाँ) मध्ये उपभोग, कार्यालय सञ्चालन, सेवा अनुदान तथा पुँजि निर्माण तर्फको चालु तर्फ रु. १,७७,१५,१७१।८३।– सडक, खानेपानी, भवन निर्माण लगायतको पूर्वाधार विकास तर्फ रु. ५,१३,४८,६७५।६६, पार्क उद्यान, खेलकुद, लक्षित वर्ग सशक्तिकरण तथा सामाजिक परिचालन समेतको आर्थिक तथा सामाजिक विकास तर्फ रु. ३,५६,१०,६८७।५८ स्वास्थ्य सरसफाई वातावरण संरक्षण तथा ल्याण्डफिल साईट निर्माण तर्फ १,०४,१३,१७१।– सामाजिक परिचालन तथा संस्थागत क्षमता विकास तर्फ रु. ८१,७६,२७७।८३ सवारी साधन खरिद तर्फ रु. ३३,३४,३४५।– संस्थागत विकास तथा राजश्व सुधार तर्फ १५,७०,८९०।– सामाजिक सुरक्षा तर्फ रु.१,५३,२५,५००।– गरी जम्मा रु. १४,३५,९४,७१८।९० (चौध करोड पैतिस लाख चौरानब्वे हजार सात सय अठार रुपैयाँ) यथार्थ खर्च भै भुक्तानी दायित्व सहित विभिन्न कोष तर्फ मौज्दात रु. १,००,९७,६१३।४६ चालु आ.व. २०७३।०७४ का लागि जिम्मेवारी सरी आएको व्यहोरा प्रस्तुत गर्न चाहन्छु ।
श्रद्धेय सभाका अध्यक्ष ज्यू
अब म चालु आ.व. २०७३÷०७४ का लागि संशोधित आय व्यय विवरण तथा कार्यक्रमहरु संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
आ.व. २०७३।०७४ को संक्षिप्त आय तथा व्यय विवरण
स्थानीय कर दस्तुर तर्फ रु. १,५०,०००००।–, राजश्व बाँडफाँड तर्फ रु. ७६,५०,०००।– केन्द्रिय अनुदान तर्फ न.पा. अनुदान चालु तथा पुँजिगत अनुदान तर्फ रु. ४,६४,८५,०००।–, शहरी शासकीय क्षमता तथा विकास कार्यक्रम तर्फ रु. ५९,३७,०००।– स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम तर्फ रु. ३८,६६,०००।– पूर्वाधार विकास कार्यक्रम तर्फ रु. १,१९,७४,०००।– सडक बोर्ड कार्यक्रम तर्फ रु. ६२,००,०००।–, शहरी स्वास्थ्य केन्द्र सञ्चालन तर्फ रु. १६,४८,०००।– सामाजिक सुरक्षा तर्फ रु. ३,२०,९९,०००।–, सौर्य सडक बत्ति जडान तर्फ रु. ४१,२८,०००।– फोहोरमैला व्यवस्थापन तर्फ रु. ३०,००,०००।– उदियमान नगर परियोजना अन्तर्गत नगर विकास कोषबाट प्राप्त हुने ऋण तर्फ रु. १,४५,०७,११७।– र अनुदान तर्फ रु. ३,०९,७६,८५४।४५ जनसहभागिता ठूला तथा पूर्वाधार विकास कार्यक्रम, सडक बोर्ड कार्यक्रम र सौर्य सडक बत्ति जडान कार्यक्रम समेत तर्फ रु. १,५४,६३,०००।–, शहरी गरिवि न्यूनिकरण कोष तर्फ रु. ४१,००,०००।– नगरपालिका कोष तथा विभिन्न कोष तर्फबाट जिम्मेबारी सरी आएको रु ९६,५२,३०९।४६ अन्य शिर्षक तर्फ रु. ८,००,०००।– र संघीय संरचना निर्माण अनुदान रु. १,०००००००।– गरी जम्मा रु. २२,३४,८६,२८०।९२ (बाईस करोड चौतिस लाख छयासी हजार दुई सय असि रुपैयाँ) आयको संशोधित आय अनुमान गरिएको छ ।
श्रद्धेय सभाका अध्यक्ष ज्यू
आ.व. २०७३।०७४ का लागि गरिएको संशोधित अनुमानका आधारमा नगरको समग्र लगानीलाई प्रशासन संगठन तथा संस्थागत विकास, शहरी विकास तथा भौतिक पूर्वाधार विकास, आर्थिक तथा सामाजिक विकास, स्वास्थ्य सरसफाई तथा वातावरण, र राजश्व परिचालन तथा व्यवस्थापन, सामाजिक सुरक्षा वृत्ति समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा क्षेत्रगत विनियोजनको व्यवस्था मिलाईएको छ । चालु आ.व. २०७३।०७४ को कुल अनुमानीत आय रु. २१,३४,८६,२८०।९२ मध्ये उपभोग, कार्यालय सञ्चालन, सेवा, अनुदान तथा पुँजि निर्माण तर्फको चालु खर्च रु. २,३८,०४,०००।–, भवन निर्माण तथा मर्मत सुधार तर्फ रु. १,०५,६२,०००।– नगर चक्रपथ स्तरोन्नती सहित सडक तथा नाली निर्माण जनसहभागिता समेत रु. १०,३६,३६,९७१।४६, पैदल मार्ग निर्माण सुधार तर्फ रु. २६,४८,०००।– गरी सौर्य सडक बत्ति जडान तर्फ रु. १,०००,२५००।– अन्य योजना तथा कार्यक्रम तर्फ रु. १,४१,५४,३०९।४६, पुर्वाधार विकास तर्फ रु. १४,३६,१७,८०६।९२ कुल बजेटको ६३.५३ प्रतिशत, शहरी स्वास्थ्य तर्फ रु. ४३,१६,०००।– स्वास्थ्य सरसफाई तथा वातावरण संरक्षण तर्फ रु. ७८,७५,०००।–, गरी १,२१,९१,०००।– खानेपानी तर्फ २६,१४,०००।– पार्क उद्यान निर्माण तथा सञ्चालन जस्ता आर्थिक तथा सामाजिक विकास रु. ३१,२८,५००।– शहरी गरिवि न्युनिकरण कोष परिचालन तर्फ रु. ४१,००,०००।–, सामाजिक सुरक्षा तर्फ ३,२०,९९,०००।–, सामाजिक परिचालन तर्फ रु. ४१,४६,०००।– लक्षित वर्ग महिला बालबालिका, दलित जनजाति जेष्ठ नागरिक फरक क्षमता भएका तथा पिछडिएका वर्ग सशक्तिकरण तर्फ महिला, बालबालिका, जेष्ठ नागरिक दलित जनजाति मुस्लीम फरक अपांगता भएकाहरुलाई प्रत्यक्ष लाभ हुने आयोजना तर्फ रु. ७७,४२,०००।– र क्षमता विकास तथा आयआर्जन कार्यक्रम तर्फ रु. ३३,१५,०००।– अन्य विभिन्न कार्यक्रम तर्फ रु. १३,००,०००।– गरी २२,३४,८६,२८०।९२ बाँडफाँडको संशोधित व्यय अनुमान गरिएको छ ।
श्रद्धेय साभ अध्यक्ष ज्यू
अब म आगामी आ.व. २०७४÷०७५ लागि अनुमानीत आय, व्यय विवरण र योजना तथा कार्यक्रमहरु संक्षेपमा प्रस्तुत गर्न चाहन्छु ।
आ.व. २०७४।०७५ को संक्षिप्त आय तथा व्यय विवरण
स्थानीय कर दस्तुर तथा सेवा शुल्क तर्फ रु. २,००,७७,०००।– दुई करोड सतहत्तर हजार रुपैयाँ, राजश्व बाँडफाँड तर्फ १,६५,००, ०००।– एक करोड पैसठ्ठी लाख रुपैयाँ, केन्द्रीय अनुदान तर्फ निःशर्त अनुदान २५,२६,९६,०००।– पच्चिस करोड छब्बिस लाख छ्यानब्बे हजार रुपैयाँ वित्तिय समानीकरण तर्फ रु. २४,८९,१७,०००।– चौविस करोड उनानव्वे लाख सत्र हजार रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त अनुदान ३,५६,१७,००० दुई करोड छपन्न लाख सत्र हजार रुपैयाँ, सडक बोर्ड कार्यक्रम तर्फ रु. ३९,००,०००।– उनन्चालिस लाख रुपैयाँ, शहरी स्वास्थ्य केन्द्र सञ्चालन तर्फ रु. १२,४८,०००।– बाह्र लाख अठचालिस हजार रुपैयाँ, सामाजिक सुरक्षा तर्फ रु. १,००,००० दश करोड रुपैयाँ, सौर्य सडक बत्ति जडान तर्फ १०,००० एक करोड रुपैयाँ, शहरी गरिवि न्युनिकरण कोष लगायतका आन्तरिक कोष परिचालन तर्फ ४६,०० छयालिस लाख रुपैयाँ, गरि रु ६९,२३,१७, उनान्सत्तरी करोड तेईस लाख सत्र हजार रुपैयाँ मात्र आय हुने अनुमान प्रस्ताव गरिएको छ ।
श्रद्धेय सभाका अध्यक्ष ज्यू
आ.व. २०७४।०७५ का लागि गरिएको अनुमानित आयका आधारमा नगरको समग्र लगानीलाई प्रशासन संगठन तथा संस्थागत विकास, शहरी पूर्वाधार विकास, आर्थिक तथा सामाजिक विकास, स्वास्थ्य सरसफाई तथा वातावरण र राजश्व परिचालन तथा व्यवस्थापन, सामाजिक सुरक्षा वृत्ति समेतका क्षेत्रमा विभाजन गरी क्षेत्रगत नीति तथा कार्यक्रमका आधारमा क्षेत्रगत विनियोजनको व्यवस्था मिलाईएको छ । चालु आ.व. २०७४।०७५ को कुल अनुमानीत आय रु. ६९,२३,१७, उनान्सत्तरी करोड तेईस लाख सत्र हजार मध्ये नगर कार्यपालिका र वडा कार्यालय सञ्चालन सेवा, तथा अनुदान समेतको उपभोग खर्चमा रु. ६,६९,००,०००।– छ करोड उनसत्तरी लाख रुपैयाँ, संस्थागत पुँजि निर्माणमा रु. ७५,००,०००।– पचहत्तर लाख रुपैयाँ विनियोजन गरिएको छ । नगरका मुख्य मुख्य सडक स्तरोन्नती तर्फ रु. १४,५०,००,०००।– चौध करोड पचास लाख रुपैयाँ, सडक बोर्ड तर्फ रु. ३९,००,०००।– उन्चालिस लाख रुपैयाँ, गरि सडक तर्फ कुल रु. १५,८९,००,०००।– पन्ध्र करोड उनानव्ये लाख रुपैयाँ, खानेपानी आयोजना तर्फ रु. १,७५,००,०००।– एक करोड पचहत्तर लाख रुपैयाँ, वडा नं. ४ दावगहमा बसपार्क निर्माणका लागि रु. ४०,००,०००।– चालिस लाख रुपैयाँ, वडा स्तरिय भौतिक पूर्वाधार योजना तर्फका योजना सञ्चालन गर्ने गरी रु. ५,००,००,०००।– पाँच करोड रुपैयाँ वडा नं. १,२,३,४ समेतको शहरी सडक तथा नाली निर्माणमा ३,००,००,०००।– तिन करोड रुपैयाँ समेत शहरी पूर्वाधार विकास तर्फ रु. २६,०४,००,०००।– छव्विस करोड चार लाख रुपैयाँ, खर्च हुने गरी विनियोजनको व्यवस्था मिलाईएको छ । आर्थिक सामाजिक विकास तर्फका रोजगारी प्रवर्धनका लागि रु. २०,००,०००।– बिस लाख रुपैयाँ, कृषि हाट बजारका लागि रु. १०,००,०००।– दश लाख रुपैयाँ, गरिविसँग बागलुङ नगरपालिकामा रु. २५,००,०००।– पच्चिस लाख रुपैयाँ, घरेलु तथा साना उद्योग विकास कार्यक्रम तर्फ रु. १५,००,०००।– पन्ध्र लाख रुपैयाँ, गरिवि न्यूनिकरण अन्य कोष परिचालन तर्फ रु. ४६,००,०००।– छयालिस लाख रुपैयाँ, लक्षित वर्ग मुल प्रवाहिकरण कार्यक्रम तर्फ रु. ५०,००,०००।– पचास लाख रुपैयाँ, विपद व्यवस्थापन कोष कार्यक्रम तर्फ रु. १०,००,०००।– दश लाख रुपैयाँ, जोखिमपूर्ण श्रम राहत कोष तर्फ रु. ५,००,०००।– पाँच लाख रुपैयाँ, वैकल्पिक उर्जा सौर्य सडक बत्ति तर्फ रु. १,२५,००,०००।– एक करोड पच्चिस लाख रुपैयाँ, युवा तथा खेलकुद विकास तर्फ रु. १,६५,००,०००।– एक करोड पैसठ्ठी लाख रुपैयाँ, कला संस्कृति तथा साहित्य तर्फ रु. ५,००,०००।– पाँच लाख रुपैयाँ, पञ्चकोट, भैरवस्थान, मालिका र रगंवैकटेश्वर, निरयघाट क्षेत्र विकास कार्यक्रम तर्फ रु. १,००,००,०००।– एक करोड रुपैयाँ, पर्यटन पूर्वाधार, पार्क पोखरी प्राकृतिक सौन्दर्यता निर्माण, संरक्षण तथा होमस्टे संचालन तर्फ रु. ५०,००,०००।– पचास लाख रुपैयाँ, पर्यटन सूचना केन्द्र सञ्चालन तर्फ रु. १०,००,०००।– दश लाख रुपैयाँ, कालिका वन्यजन्तु संरक्षण उद्यान कार्यक्रम सञ्चालन तर्फ रु. १५,००,०००।– पन्ध्र लाख रुपैयाँ, भैपरी कोष रु. ३५,००,०००।– पैतिस लाख रुपैयाँ, विभिन्न क्षेत्रगत अनुसन्धानात्मक कार्यक्रम तर्फ १०,००,०००।– दश लाख रुपैयाँ, सवारी पाकिङ्ग स्थल निर्माण व्यवस्थापन तर्फ ३०,००,०००।– तिस लाख रुपैयाँ, मर्मत सम्भार कोष तर्फ १५,००,०००।– पन्ध्र लाख रुपैयाँ, पत्रकार महासंघ भवन निर्माण रु. १०,००,०००।– दश लाख रुपैयाँ गरी आर्थिक तथा सामाजिक विकास तर्फ रु. ७,५१,००,०००।– सात करोड एकाउन्न लाख रुपैयाँ विनियोजन गरिएको छ ।
श्रद्धेय सभाका अध्यक्षज्यू
शहरी स्वास्थ्य केन्द्र सञ्चालन तर्फ रु. ८,००,०००।– आठ लाख रुपैयाँ, नियमित नाली सरसफाई कार्यक्रम तर्फ रु. १२,००,०००।– बाह्र लाख रुपैयाँ, मालढुंगा देखि कुँडुलेसम्म विभिन्न प्रजातिका फुल तथा विरुवा रोपण तर्फ २०,००,०००।– विस लाख रुपैयाँ गरी जनस्वास्थ्य तथा सरसफाई तर्फ रु. ४०,००,०००।– चालिस लाख रुपैयाँ विनियोजन गरिएको छ । पुजि निर्माण (डोजर ट्रिपर) खरिद तर्फ रु. ५०,००,०००।– पचास लाख रुपैयाँ, विद्युतीय शासन प्रणाली तर्फ रु. १०,००,०००।– दश लाख रुपैयाँ, नगरको आवधिक योजना निर्माण रु. १०,००,०००।– दश लाख रुपैयाँ, राजश्व सुधार कार्ययोजना रु. ५,००,०००।– पाँच लाख रुपैयाँ समेत गरि संस्थागत क्षमता विकास तर्फ रु. ७५,००,०००।– पचहत्तर लाख रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण तर्फ १०,००,००,०००।– दश करोड रुपैयाँ, विषयगत शाखाहरुको कार्यक्रम सञ्चालन तर्फ रु. २४,८९,१७,०००र– चौविस करोड उनानव्ये लाख सत्र हजार रुपैयाँ र नगर विकास कोषलाई ऋण साँवाको व्याज फिर्ता रु. २०,००,०००।– विस लाख रुपैयाँ समेत गरी कुल रु. ६९,२३,१७,०००।– उनान्सत्तरी करोड तेईस लाख सत्र हजार रुपैयाँ खर्च हुने गरि क्षेत्रगत बाँडफाँडको व्यवस्था मिलाईएको छ । आय तथा व्ययको विस्तृत विवरण विभिन्न अनुसूचीहरुमा उल्लेख गरिएको छ ।
श्रद्धेय सभाध्यक्ष महोदय
चालु आ.व. २०७३÷०७४ मा संघिय संरचना निर्माण तर्फबाटछ संचालन हुने गरि स्विकृत भै सञ्चालन रहेका (रु.८०,००,०००।– असि लाख रुपैयाँ) तर काम बाँकी रहेका पूर्वाधार तर्फका आयोजनाहरु यथावत रुपमा संचालन हुने व्यहोरा समेत सम्मानित सभा समक्ष प्रस्तुत गर्न चाहन्छु ।
श्रद्धेय सभाका अध्यक्षज्यू
नगरमा सञ्चालित सवै प्रकारका योजना तथा कार्यक्रमहरुको कार्यान्वयन गर्दा पूर्व सम्भाव्यता अध्ययन संझौता अनुगमन सार्वजनिक परिक्षण र अनुगमन मुल्यांकन गरी अन्तमा फरफारक गर्ने प्रकृया अवलम्वन गरी योजना कार्यान्वयन तथा अनुगमन प्रकृयालाई प्रभावकाी बनाईने छ । नगरको गरिविलाई न्यूनिकरण गर्दै लैजाने हेतुले स्थापना गरिएको शहरी गरिवि न्युनिकरण कोषको रकमलाई आर्थिक विकासको दृष्टिले पछि रहेका नगरवासीहरुको अधिकतम हितमा परिचालन गरी नगरको गरिविलाई क्रमशः घटाउँदै लैजाने गरी ठोस उपलब्धीमुलक कार्ययोजनाका आधारमा कोष परिचालन गरिने छ ।
श्रद्धेय अध्यक्षज्यू
कुनै एक क्षेत्रको विकासले मात्र समग्र नगरपालिकाको विकास हुन नसकन्े वस्तुगत यथार्थतालाई मनन गर्दै योजना तथा कार्यक्रम तयार गर्दा सवै क्षेत्रलाई समेट्ने प्रयास गरिएको छ । यसबाट सवै क्षेत्रको सन्तुलित विकासमा टेवा पुग्नजाने विश्वास लिईएको छ । अर्को तर्फ सीमित श्रोत र साधनलाई प्राथमिकताको आधारमा बाँडफाँड गर्दा श्रोत छिरोलिन गएको भन्ने आलोचनाबाट मुक्त हुन र दिगो र ठोस उपलब्धी हासिल होस् भन्ने उद्देश्यले आवश्यकताका आधारमा रकम विनियोजन गर्ने प्रयास छ । योजना तर्जुमा गर्नु मात्र महत्वूर्ण विषय होईन यसको लक्ष्य एवं उद्देश्य प्राप्तीका लागि प्रभावकारी कार्यान्वयन एवं अनुगमन, मुल्याकंन जरुरी हुन्छ । उपरोक्त बजेट नीति, तथा कार्यmम कार्यान्वयनमा सम्पूर्ण नगरवासीहरु एवं सम्बद्ध सवै पक्षहरुबाट सहयोग, सल्लाह, सुझाव एवं सिर्जनात्मक आलोचना र पृष्ठपोषण प्राप्त हुने विश्वास लिएको छु ।
अन्त्यमा प्रस्तुत नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने चरणमा प्रत्यक्ष वा परोक्ष सहयोग पु¥याउनु हुने सम्पूर्ण नगरवासीहरुमा धन्यवाद दिन चाहन्छु ।
धन्यवाद
मिति २०७४ साल आषाढ ३१ गते
सुरेन्द्र खड्का
नगर उप प्रमुख
बागलुङ नगरपालिका बागलुङ