नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २५ औं साधारण सभा शुक्रबारदेखि काठमाडौंमा शुरु भएको छ । साधारणसाभा वैदेशिक रोजगारमा जाने नेपाली कामदारको हितमा कसरी काम गर्न सकिन्छ भन्दा नेतृत्व कस्ले हत्याउने भन्ने विषयमा केन्द्रित भएको छ । राजनीतिक खेमामा विभाजित भएका व्यवसायीहरुले मोर्चाबन्दी गरेर चुनावमा होमिएका छन् । वैदेशिक रोजगार व्यवसायीलाई दलिय संरक्षण हुँदा नेपालबाट विदेशमा रोजगारमा जाने कामदारले धेरै दुःख पाउँदै आएका छन् । सरकारले वैदेशिक रोजगारमा जानको लागि निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरेपनि म्यानपावर कम्पनीहरुले मोटो रकम लिएर नेपाली कामदार विदेश पठाएका छन् । तर, यसको कार्यान्वयनमा सम्बन्धित निकायले केही गर्न नसक्नुको कारण राजनीतिक संरक्षण नै हो । सम्बन्धित निकायको प्रभावकारी अनुगमन नहुँदा फ्रि–भिसा र फ्रि–टिकट केवल हात्तिको देखाउने दाँतमा सिमित हुन पुगेको छ ।
साधारणसभाको उद्घाटन गर्न पुगेका प्रधानमन्त्री शेर बहादुर देउवाले फ्रि–भिसा र फ्रि–टिकटको पुनरावलोकन गर्न सक्ने प्रतिक्रिया दिएर वैदेशिक रोजगार व्यवसायीलाई प्रोत्साहन गर्ने काम गरेका छन् । सस्तो रकममा नेपाली कामदार विदेश जान पाउन भन्ने उदेश्यले फ्रि–टिकट र फ्रि–भिसाको व्यवस्था गरिएको हो । यसलाई पुनरावलोकन होइन, पुर्ण कार्यान्वयन गर्नुपर्छ । म्यानपावर कम्पनीको बेइमानी कै कारण वैदेशिक रोजगारीमा गएका नेपाली कामदारले भनेजस्तो काम र दाम नपाउने लगायतका समस्याहरु भोगिरहेका छन् । हरेक दिन विदेशमा नेपालीको मृत्युदर बढिरहेको छ । देशलाई नै चिन्तित बनाउने यस्ता घटना नदोहोरिउनु भनी सबै पक्ष सचेत हुनुपर्छ । यसमा सबैभन्दा बढी जिम्मेवार वैदेशिक रोजगार व्यवसायी बन्नुपर्छ । यतिमात्रै होइन वैदेशिक रोजगारमा पठाईने दिने बहानामा धेरै म्यानपावर कम्पनीले सर्वसाधाराण जनताको पैसा कुम्ल्याएर फरार भएका घटनामा पनि धेरै छन् । व्यवसायलाई नै बद्नाम गराउने यस्ता हर्कतलाई नियन्त्रण गर्न वैदेशिक रोजगार व्यवसायी संघले जिम्मेवार बन्नुपर्छ ।
संघको काम विदेशमा कामदार पठाउने मात्रै होइन, उनीहरुको आर्थिक, भौतिक सुरक्षामा समेत ध्यान दिनु उनीहरुको कर्तव्य हो । राम्रो काम र आर्कषक तलबको फर्जी एग्रिमेन्ट पेपर देखाएर विदेश पठाउने अनि सस्तो ज्यालामा जोखिमपुर्ण काममा लगाउने जस्ता कामले संघ बद्मान बनेको छ । संघले कामको प्रकार र तलबबारे सही जानकारी दिनुपर्छ । अझ भन्ने होभने वैदेशिक रोजगारमा जाने महिलाहरुले धेरै दुःख पाईरहेका छन् । कोहीले मुदिरको यातना भोगिरहेका छन्भने कसैले यौनदासीको जीवन भोग्न बाध्य छन् । अझ महिलालाई त म्यानपावरहरुले अवैध रुपमा वैदेशिक रोजगारमा पठाईरहेका छन् । अब वैदेशिक रोजगार मर्यादित बुन्नु पर्छ । हो नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारीले नै ठुलो योगदान गरेको छ । योगदान ग¥यो भन्दैमा नेपाली कामदारलाई दुःख दिने काम संघबाट भईरहेका छन् । त्यसलाई रोक्नुपर्छ । र, निःशल्क प्रवेशाज्ञा र टिकटको व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गराउन संघले पनि भुमिका खेल्नुपर्छ ।
Previous Articleपर्यटकीयस्थल रुइसे–भेडिओढारमा भ्यू–टावर बन्ने
Next Article बानपाको नीति, कार्यक्रम र बजेट