बागलुङ, १५ असार – लामो समय देखि सांगीतिक क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउदै अघि बढिरहेका गायक तथा संगीतकार सन्जीब पुडासैनीले हालसालै मायाको गाँउमैमा बोलको गीत बजारमा लिएर आएका छन् । नबराज बस्नेतको शब्द सिलेंद्रबाबु प्रधानको संगीतमा आफ्नो भिन्दै गला र कला प्रस्तुत गरेका छन् ।
पछिल्लो समय निकै ब्यस्त निर्देशक बिवोर पोख्रेल भन्छन भिडियोमा हामीले धेरै मेहेनेत गरेका छौ । नेपाली संगीतिक बजारमा एउटा पृथक भिडियो तयार पारेका छौ। आशा छ दर्शक स्रोताहरुले मन पराई दिनु हुनेछ ।
देव र एलिशा राईको अभिनय रहेको म्युजिक भिडियोलाई रोशन श्रेष्ठले छायाकन गर्नु भएको छ भने शतिश श्रेष्ठले सम्पादन गरेका छन ।उक्त म्युजिक भिडियोलाई एसियन म्युजिक कम्पनीले बजार ब्यबस्थापन गरेको छ ।
हेर्नुहोस् भिडियो : https://www.youtube.com/watch?
Previous Articleभारतलाई तनाव हुने गरि चीनद्वारा शक्तिशाली मिसाइल प्रक्षेपण
Next Article सहकारी लेखा तथा व्यवस्थापन तालिम सकियो