एजेन्सी, १५ असार – चीनले बुधबार आफ्नो पहिलो गाइडेड मिसाइल युद्धपोतको प्रक्षेपण गरेको छ । विश्वकै ठूलो युद्धपोत ‘टाइप–५५’ लाई बुधबार सांघाईको जिआगनान सिपयार्डमा आयोजित समारोहका बीचमा प्रक्षेपण गरिएको हो ।
योसँगै चिनियाँ जनमुक्ति सेनाको शक्ति थप मजबुत बनेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । चीनको यो युद्धपोतको प्रक्षेपणसँगै भारतका लागि भारतमा चिन्ता बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतसँग यो क्षमताको युद्धपोत छैन । यो युद्धपोतलाई चीनले तयार गरेको हो । यो युद्धपोत आधुनिक एयर डिफेन्स, एन्टी मिसाई, एन्टी सवमरिन हतियारले सुसज्जित रहेको छ ।
चीनले दक्षिण सागर विवाद र भारतीय सेनासँग सीमा क्षेत्रमा बढ्दो तनावबीच यो युद्धपोत प्रक्षेपण गरेको हो । हाल चीनले आफ्नो नौसेनामा धेरै युद्धपोत उपलब्ध गराएको छ।
Previous Articleआज धान दिवस, नेपालमा धान उत्पादन सम्बन्धी जानकारी
Next Article सन्जीब पुडासैनीको मायाको गाँउमैमा