काठमाडौं, जेठ २५ – छायाँकन समय देखिनै चर्चामा रहेको चलचित्र ‘प्रेमगीत २’ अर्काे उत्कृष्ट गीत रिलिज गरेको छ । बर्ष २०७४ को प्रतीक्षित सुचिमा रहेको यो चलचित्रको रोमान्टिक ड्रामा रहेको ‘बिस्तारै बिस्तारै’ गति रिलिज गरिएको हो ।
रक गायक रोहितजोन क्षेत्रीको स्वर, कम्पोज र शब्द रहेको गीत प्रदीप खड्का र अश्लेषा ठकुरी माथी फिचरिङ गरिएको छ । गीतमा रारा तालको सौन्दर्य, ल्यान्डस्केप निकै आकर्षक तवरले देखाइएको छ । साउन १३ बाट प्रदर्शनमा आउने चलचित्र रामशरण पाठकले निर्देशन र सन्तोष सेनले निर्माण गरेका हुन् । ओम गुरुङ सहनिर्माता रहेको चलचित्र आशुसेन फिल्मसको ब्यानरमा निर्माण भएको हो ।
https://youtu.be/ylf6Tx7sI8I