फ्रान्स, जेठ २५ – फ्रान्सको राजधानी पेरिसमा सांस्कृतिक कार्यक्रमसहित नेपाल फेस्टिभल सम्पन्न भएको छ । शनिबार र आईतबार सम्पन्न मेलामा २५०० भन्दा बढी नेपाली तथा बिदेशीहरुले अबलोकन गरेका थिए । फ्रान्समा रहेर नेपाली कला र संस्कृति प्रवर्द्धनका लागि लामो समयदेखि कृयाशील रहेको संस्था ‘नेपाल सांस्कृतिक गृहको आयोजनामा गैर आवासीय नेपाली संघ फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्यालको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो । मेलामा अघिल्ला वर्षहरुमा जस्तै लाखे, मैथिली, नेवारी, कुमारी, भैलिनी लगायतका पुराना नेपाली नृत्यहरुका साथमा जीवित देवीको रुपमा मानिदै आएको कुमारीको रथयात्रा बनाई प्रदर्शन गरिएको थियो ।
Previous Articleराराको सौन्दर्यमा हराए प्रदीप र अश्लेषा
Next Article राजपालाई भाग लिन सहज हुने गरी निर्वाचन ऐन संशोधन