बबई म्युजिक प्रालिले नयाँ लोक दोहोरी ‘म मरेर गए नि’ बोलको गित सार्वजनिक गरेको छ । प्रदेशमा रहेर पछिल्लो समय गीत संगीतमा सक्रिय सर्जक दिपक कँडेलको शव्द तथा जापानमै रहेका प्रेम सापकोटा ‘सोनु’को लय सिर्जनामा रहेको गीतमा माया प्रेममा विछोड भए पछिका दुखान्त बिषय प्रस्तुत गरिएको छ । गीतमा प्रकाश खराल र देवी घर्तिको सुमधुवर आवाज छ । पछिल्लो समय अभिनय कलामा लोभलाग्दो उपस्थिति जनाउने क्रममा देखिएका बागलुङका सुवास कँडेल र सारिका केसीको अभिनय रहेको सो गीतको म्युजिक भिडियो निर्देशन कपिल लामाले गरेका छन् ।
Previous Articleबेपत्ता परेका युवकको खोजिको माग गर्दै बागलुङ बजार बन्द
Next Article राराको सौन्दर्यमा हराए प्रदीप र अश्लेषा