गर्भको सुरुवात पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित डिम्बको मिलनबाट हुन्छ । सामान्य रूपमा भन्नुपर्दा गर्भधारण हुन मुख्य रूपमा १.डिम्ब निष्कासन, २.यौनसम्पर्क, ३.वीर्य स्खलन, ४.डिम्ब निषेचन तथा ५.डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ । यौनसम्पर्कका बेला पुरुषको वीर्य स्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्बमा ती असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन (ँभ्च्त्क्ष्ीक्ष्श्ब्त्क्ष्इल्) भनिन्छ । यसरी शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (श्थ्न्इत्भ्) भनिन्छ र यही नै पछि विकसित भएर शिशु बन्छ । कतिपय स्थितिमा पहिलो वा एकमात्र यौनसम्पर्कमै गर्भ रहन्छ, तर सधैं त्यस्तो हुँदैन । गर्भ रहन धेरै कुराको तालमेल मिल्नुपर्छ । शुक्रकीट र डिम्बको मिलन हुनुपर्छ । शुक्रकिटसँग मिलन हुन डिम्ब निस्किएको समय हुन जरुरी छ । महिलाको डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुन्छ । डिम्ब निष्कासन हुने समय नजिक गर्भ रहने सम्भावना बढी हुन्छ । डिम्ब निस्किएको यस्तै १४ दिनमा महिनावारी सुरु हुन्छ । यस्तै २८ दिनको महिनावारी भएकी महिलाको १४ औं दिन तिर डिम्ब निस्कने भएकाले उक्त समयमा यौन सम्पर्क गर्दा गर्भ रहने संभावना एकदम धेरै हुन्छ । शुक्रकीट डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन् अङ्गभित्र ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिन पछिको समय लाई गर्भधारणको दृष्टिकोणले असुरक्षित समय मानिन्छ । सामान्यतया महिनावारी सुरु भएको आठौं दिनमा यौन सम्पर्क गर्दा गर्भरहने सम्भावना न्यून हुन्छ ।
कसरी यौनसम्पर्क गर्ने ?
नियमित यौनसम्पर्क गर्दा एक सामान्य दम्पतीको महिनामा यस्तै १५ देखि २५ प्रतिशत गर्भ रहने सम्भावना हुन्छ । चार–पाँच महिनामा यो यस्तै ५० प्रतिशत अनि एक वर्षमा करिब ८० प्रतिशत पुग्छ । यद्यपि महिनावारी ठीक २८ दिनमा नभै ढिलो–चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ किनभने यो भरपर्दो नहुन सक्छ । गर्भ निरोधको कुनै साधन प्रयोग नगरी एक वर्षसम्म नियमित रूपमा यौनसम्पर्क गर्दा पनि गर्भ रहेन भने कतै केही खराबी छ कि भनेर खोजतलास गर्न परीक्षण गराउनुपर्ने हुन्छ । माथि भनिएझैं योनिबाट वीर्य बाहिर निस्कनु सामान्य नै भएकाले कुनै विशेष यौन आसन अपनाउनु पर्दैन । तपाईं माथितिर बसेर गर्दा होस् वा तपाईंका श्रीमान्, राम्रोसँग वीर्य स्खलन भए शुक्रकीट पाठेघर हुँदै डिम्बवाहिनी नलीसम्म पुग्न सक्छ । कति पटक यौनसम्पर्क गर्ने भन्ने कुरा त तपाईंको इच्छामा भर पर्ने कुरा हो । –एजेन्सीको सहयोगमा
Previous Article२०७४ जेठ २३ देखि २९ सम्मको साप्ताहिक राशिफल
Next Article बागलुङ–बेनी घुमेर आउँदा